प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ११/१ p. ३१
  • पाठकहरूका प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • आफ्नो परिश्रमको फलस्वरूप आनन्द उपभोग गर्नुहोस्‌
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • के तपाईंको अन्तस्करणलाई राम्ररी सिकाइएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ११/१ p. ३१

पाठकहरूका प्रश्‍न

यहोवाको साक्षीले हातहतियार बोक्नुपर्ने जागिर खाएमा के उसले आफ्नो अन्तस्करणलाई सफा राख्न सक्ला?

आफ्नो परिवारको पालनपोषण गर्नू भनी यहोवा परमेश्‍वरले दिनुभएको जिम्मेवारीलाई विश्‍वभरका यहोवाका साक्षीहरू गम्भीरतापूर्वक लिन्छन्‌। (१ तिमोथी ५:८) तर बाइबल सिद्धान्तहरू उल्लङ्‌घन गर्ने खालका जागिरहरू पनि हुन्छन्‌ र मसीहीहरूले यस्ता जागिर खानु हुँदैन। यस्ता जागिर जूवातास, रगतको दुरुपयोग र सुर्तीजन्य वस्तु सेवन गर्न प्रोत्साहित गर्ने कामसित सम्बन्धित हुन सक्छन्‌। (यशैया ६५:११; प्रेरित १५:२९; २ कोरिन्थी ७:१; कलस्सी ३:५) बाइबलमा तोकेरै निषेध नगरिएको अरू किसिमका कामहरूले पनि मसीहीको अथवा अरू कसैको अन्तस्करणलाई ठेस पुऱ्‍याउन सक्छ।

बन्दुक अथवा अरू हातहतियार बोक्नुपर्ने जागिर खाने कि नखाने भन्‍ने कुरा व्यक्‍तिगत निर्णयको कुरा हो। तरैपनि, हातहतियार बोक्नुपर्ने जागिर खाएका छौं र हतियार चलाउनुपर्ने अवस्था आइपऱ्‍यो भने हामी रक्‍तदोषी हुने सम्भावना हुन्छ। तसर्थ, बन्दुक अथवा हातहतियार चलाउने कि नचलाउने भनेर तुरुन्तै निर्णय गर्नुपर्ने खालको जागिर खानुअघि मसीहीले यसबारे प्रार्थनापूर्वक विचार गर्नुपर्छ। कसैले आक्रमण गर्दा अथवा प्रतिकार गर्दा हातहतियार बोक्ने मानिस घाइते हुन सक्छ वा उसको ज्यानसमेत जान सक्छ।

एक जना मसीहीको निर्णयले अरूलाई पनि असर गर्न सक्छ। उदाहरणको लागि, मसीहीको मुख्य जिम्मेवारी परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नु हो। (मत्ती २४:१४) एकातिर हातहतियार बोक्नुपर्ने जागिर खाइरहेको छ र अर्कोतिर चाहिं अरूलाई “सबै मानिसहरूसँग शान्तिमा” रहन सिकाउनु कत्तिको उचित होला? (रोमी १२:१८) छोराछोरी अथवा परिवारका अरू सदस्यहरूलाई नि कस्तो असर पर्ला? घरमा बन्दुक राख्दा कतै उनीहरूको ज्यान खतरामा त पर्दैन? त्यति मात्र होइन, हातहतियार बोक्नुपर्ने जागिर खाँदा के अरूलाई ठोकर पुग्दैन र?—फिलिप्पी १:१०.

यस “आखिरी दिन[का]” मानिसहरू “निष्ठुर” छन्‌, ‘असल रूचाउँदैनन्‌।’ (२ तिमोथी ३:१, ३) यस्ता मानिसहरूले जे पनि गर्न सक्छन्‌। यस्तो जमानामा हातहतियार बोक्नुपर्ने जागिर खाने मसीहीले के आफूलाई “निष्कलङ्‌क” राख्न सक्ला? (१ तिमोथी ३:१०) गाह्रै पर्छ। त्यसैकारण, बाइबलबाट मायालुपूर्वक सल्लाह दिएपछि पनि यदि कुनै मसीहीले हातहतियार बोक्नुपर्ने जागिर खाइरह्‍यो भने मण्डलीले उसलाई “निर्दोष” ठान्‍नेछैन। (१ तिमोथी ३:२; तीतस १:५, ६) त्यसैले, यस्तो जागिर खाने भाइ वा बहिनीले मण्डलीमा विशेष सुअवसरहरू पाउनेछैनन्‌।

जीवनमा परमेश्‍वरको राज्यलाई प्राथमिकता दिएको खण्डमा आधारभूत आवश्‍यकताहरूबारे अचाक्ली चिन्ता गर्नु पर्दैन भनेर येशूले आफ्ना चेलाहरूलाई आश्‍वासन दिनुभयो। (मत्ती ६:२५, ३३) वास्तवमा, यहोवामाथि पूर्ण भरोसा राख्यौं भने “उहाँले [हामीलाई] सँभाल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनुहुनेछैन।”—भजन ५५:२२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने