प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 ५/१ p. ३
  • आजको क्रूर संसार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आजको क्रूर संसार
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • मिल्दोजुल्दो सामग्री
  • मानिसहरू भगवान्‌लाई किन निर्दयी भन्छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • क्रूरताको कहिल्यै अन्त होला?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • भगवान्‌ले दिएका सजाय अत्याचारपूर्ण थिए?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 ५/१ p. ३

आजको क्रूर संसार

एक्लै बस्ने ६४ वर्षीया मारिया आफ्नो घरभित्र मृत अवस्थामा फेला परिन्‌। उनलाई कुटेर र तारले घाँटी बाँधेर मारिएको थियो।

दुई जना बच्चालाई अपहरण गरेको आरोपमा, आक्रोशित भीडले तीन प्रहरीलाई चुट्‌नुसम्म चुटे। त्यति मात्र कहाँ हो र, त्यो भीडले दुई प्रहरीमाथि पेट्रोल खन्याएर आगो लगाइदिए र तिनीहरू डढेर मरे। एक जना मात्र बच्न सफल भए।

अपरिचित व्यक्‍तिबाट आएको एक कल फोनले, स्तब्ध पार्ने एउटा घटनालाई उदाङ्‌ग पारिदियो। बिदामा घुम्न भनेर निस्केका चार मानिसहरूको लास एउटा बगैंचामा गाडिएको अवस्थामा भेट्टाइयो। तिनीहरूको आँखामा पट्टी लगाइएको र हात बाँधिएको थियो। तिनीहरूको लास परीक्षण गरेर हेर्दा जिउँदै गाडिएको तथ्य पत्ता लाग्यो।

आङै सिरिङ्‌ङ पार्ने यी बीभत्स घटनाहरू भूतको फिल्मका कुनै क्रूर र हिंसात्मक दृश्‍यहरू होइनन्‌। यी केही समयअघि मात्र एक ल्याटिन अमेरिकी देशमा घटेका साँचो घटना हुन्‌। यी घटनाहरू त्यहाँको मुख्य समाचार बनेको थियो। तर यस्ता घटनाहरू निश्‍चय पनि त्यहाँ मात्र हुने त होइन।

आजको दुनियाँमा क्रूर कामहरू सामान्य भइसक्यो। बमबारी, आतङ्‌ककारी हमला, हत्या, मारपिट, गोली हानाहान, बलात्कारजस्ता घटनाहरू त केही उदाहरण मात्र हुन्‌। अत्याचारका यस्ता घटनाहरू खबरपत्रिका तथा समाचारहरूमा बारम्बार आइरहन्छन्‌। त्यसैले, अब त यस्ता घटनाहरू हेर्दा र सुन्दा धेरै मानिसलाई छक्क लाग्नै छोडिसक्यो।

तपाईंलाई लाग्ला: ‘संसारमा आज यस्तो के भइरहेको? अरूको भावनाको ख्याल राख्ने र जीवनप्रति आदर देखाउने कुरा के हराइ नै सकेको हो?’ हामी किन यस्तो संसारमा बाँच्नु परेको?

अब ६९ वर्षीय ह्‍यारीलाई विचार गर्नुहोस्‌ जो क्यान्सरबाट पीडित छन्‌। उनकी पत्नी भने मल्टिपल स्क्लेरोसिस भनिने केन्द्रिय स्नायु प्रणालीमा हुने एक किसिमको गम्भीर विकारबाट ग्रसित छिन्‌। तर छिमेकी र साथीभाइबाट उनीहरूले भरपूर मदत पाएका छन्‌। ह्‍यारी भन्छन्‌, “यदि उहाँहरू नभएको भए हाम्रो के गति हुन्थ्यो होला, कल्पनै गर्न सक्दिनँ।” एउटा अध्ययनअनुसार उनी बसोबास गर्ने देश क्यानाडामा ५० प्रतिशतभन्दा बढी अनुभवी सुसारेहरूले आफ्नो नाता नपर्ने बूढाबूढीहरूको हेरचाह गर्दैछन्‌। सायद तपाईं पनि त्यस्तो व्यक्‍तिलाई चिन्‍नुहुन्छ जो सधैं अरूलाई दया देखाउँछन्‌ र असल छिमेकीको भूमिका निर्वाह गर्छन्‌। हो, मानिसमा क्रूर हुनुको सट्टा सहानुभूतिशील र दयालु हुन सक्ने क्षमता छ।

त्यसोभए क्रूर कामहरू किन यति बिघ्न भइरहेको? केले मानिसलाई क्रूर बनाउँछ? अरूसित क्रूर व्यवहार गर्नेहरू के कहिल्यै परिवर्तन होलान्‌? क्रूरताको कहिल्यै अन्त होला? यदि हुन्छ भने कहिले र कसरी? (w07 4/15)

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Train: CORDON PRESS

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने