पत्रिकाबारे के भन्ने?
प्रहरीधरहरा अप्रि. १
“हालैका वर्षहरूमा थुप्रैले स्वर्गदूतहरूबारे निकै जान्न खोजेका छन्। स्वर्गदूतहरू को हुन् र तिनीहरूले हामीमाथि कस्तो असर पार्छन्, के तपाईंले कहिल्यै विचार गर्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि भजन ३४:७ पढ्नुहोस्।] यस पत्रिकाले स्वर्गदूतहरूले उहिले के गरे, अहिले के गर्दैछन् र भविष्यमा के गर्नेछन् भन्नेबारे बाइबलको भनाइ छलफल गरेको छ।” पृष्ठ १२ को लेख देखाउनुहोस्।
ब्यूँझनुहोस्! अप्रि. – जून
“रोग निको पार्ने सम्बन्धमा चिकित्सा विज्ञानमा एकदमै उन्नति भएको छ। तर यो संसारमा कुनै पनि रोग नभएको समय आउला?” [जवाफ दिने मौका दिनुहोस्।] एकदिन पृथ्वीमा सबैको स्वास्थ्य एकदमै राम्रो हुनेछ भनेर यस पत्रिकामा व्याख्या गरिएको छ।” यशैया ३३:२४ पढ्नुहोस्।
प्रहरीधरहरा मे १
“जताततै क्रूरता बढ्दै गइरहेछ जस्तो देखिन्छ। [आफ्नो इलाकाको अथवा पत्रिकाबाटै एउटा उदाहरण दिनुहोस्।] मानिसहरू यत्तिविघ्न क्रूर कसरी हुन सकेका होलान्, तपाईंले कहिल्यै विचार गर्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्।] क्रूरता बढ्नेछ भनेर बाइबलमा पहिल्यै भविष्यवाणी गरिएको थियो। [२ तिमोथी ३:१-५ पढ्नुहोस्।] ‘क्रूरताको कहिल्यै अन्त होला?’ भन्ने प्रश्नको जवाफ यस पत्रिकाले दिएको छ।”
ब्यूँझनुहोस्! अप्रि. – जून
“नम्र हुनु त कमजोरी हो नि भनेर मानिसहरू भन्छन्। तपाईंलाई पनि त्यस्तै लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि हितोपदेश २२:४ पढ्नुहोस्।] नम्रताबारे बाइबलले के भन्छ भनेर यस पत्रिकाले बताउँछ।” पृष्ठ २० मा भएको लेख देखाउनुहोस्।