प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 ८/१ pp. २-३
  • आध्यात्मिकताको खोजीमा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आध्यात्मिकताको खोजीमा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँ शारीरिक सोचाइ राख्ने मानिस हुनुहुन्छ कि आध्यात्मिक मानिस हुनुहुन्छ?
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मसीही परिवारले आध्यात्मिक कुराहरूलाई प्रथम स्थान दिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • साँचो आध्यात्मिकता कसरी प्राप्त गर्न सकिन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • आध्यात्मिक व्यक्‍तिको रूपमा अघि बढ्‌नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 ८/१ pp. २-३

आध्यात्मिकताको खोजीमा

प्रसिद्ध कहलिएको डाँडाको उपदेशमा येशूले यसो भन्‍नुभयो: “धन्य आध्यात्मिक आवश्‍यकताप्रति सजग हुनेहरू।” (मत्ती ५:३, NW) सायद तपाईं पनि यस कथनसँग सहमत हुनुहोला। चाहे जहाँसुकैका मानिसहरू होउन्‌, उनीहरू जीवनमा आध्यात्मिकताको खाँचो महसुस गर्छन्‌ र यसलाई प्राप्त गर्दा आनन्दित हुन सकिने धारणा राख्छन्‌। त्यसोभए, “आध्यात्मिकता” भनेको के हो?

एउटा शब्दकोशले आध्यात्मिकतालाई “धार्मिक मूल्य-मान्यताप्रतिको सजगता अथवा मोह” र “आध्यात्मिक बनिएको अवस्था” भनी परिभाषित गरेको छ। तसर्थ, “आध्यात्मिकता,” “आध्यात्मिक बनिनु,” वा “आध्यात्मिक झुकाव हुनु” भन्‍ने पदावलीहरूको अर्थ एउटै हो। यो विषयमा अझ स्पष्ट हुनको लागि यस तुलनालाई विचार गर्नुहोस्‌: व्यापारिक कारोबारमा सिपालु व्यक्‍तिलाई व्यापारिक झुकाव भएको व्यक्‍ति भनिन्छ। त्यसैगरी, यदि कसैले आध्यात्मिक अर्थात्‌ धार्मिक विषयलाई असाध्यै मोल गर्छ भने उसलाई आध्यात्मिक झुकाव भएको व्यक्‍ति भनिन्छ।

त्यसोभए, साँचो आध्यात्मिकता कसरी प्राप्त गर्न सकिन्छ? हुन त सबै धर्मले नै मानिसको आध्यात्मिक आवश्‍यकता पूरा गरिरहेको दाबी गर्छन्‌, तर धर्महरूले सिकाउने कुरा भने धर्मैपिच्छे फरक-फरक छन्‌—मतलब, धर्म जति छन्‌ शिक्षा पनि त्यति नै। एक प्रोटेस्टेन्ट, धर्मजागरण गर्ने उद्देश्‍यले आयोजना गरिएको धार्मिक सभामा उद्धार पाउने दाबी गर्छन्‌। एक क्याथोलिक, मासमा उपस्थित हुँदा ईश्‍वरसँग नजिक हुन खोज्छन्‌। एक बौद्ध मार्गी, ध्यान गरेर आध्यात्मिक ज्योति प्राप्त गर्ने प्रयास गर्छन्‌। एक हिन्दू, त्यागी जीवन बिताएर पुनर्जन्मको चक्रबाट मोक्ष पाउने प्रयत्न गर्छन्‌। के यी सबै नै साँचो आध्यात्मिकतातर्फ डोऱ्‍याउने मार्ग हुन्‌? अथवा यीमध्ये कुनै एउटा मात्र पो हो कि?

धेरैले यी प्रश्‍नको जवाफमा कुनै पनि होइन भन्छन्‌। तिनीहरूको विचारमा आध्यात्मिकता भनेको “केहीको भागै नभई विश्‍वास गर्नु,” मतलब, कुनै पनि धर्ममा नलागीकन ईश्‍वरमा विश्‍वास गर्नु हो। अरू कतिपयको विचारमा भने आध्यात्मिकता भनेको कुनै धर्मसँग संलग्न नभई आत्म-शान्ति र जीवनको अर्थ खोज्ने कुरा मात्रै हो। तिनीहरू ठोकेरै भन्छन्‌, आध्यात्मिकताको खोजी गरिरहेकाहरूले कुनै पनि धर्मको मुख ताक्नु पर्दैन। बरु, आफैभित्र झाँकेर हेर्नुपर्छ। एक लेखक भन्छन्‌: “साँचो आध्यात्मिकता भनेको आफैभित्र पाइने कुरा हो। यो, तपाईंले यस संसार र यहाँका मानिसहरूलाई गर्नुहुने माया र उनीहरूसँग गर्नुहुने व्यवहार हो। कुनै पनि चर्च वा अन्य धार्मिक समूहमा गएर अथवा कुनै धार्मिक शिक्षामा विश्‍वास गरेर यसलाई पाउन सकिंदैन।”

कुरो स्पष्ट छ, आध्यात्मिकताको सन्दर्भमा मानिसहरूको धारणा बेग्ला-बेग्लै छ। मानिसलाई आध्यात्मिकतातर्फ डोऱ्‍याउन सक्ने दाबी गर्दै हजारौं-हजार किताबहरू छापिएका छन्‌। तर ती किताब पढ्‌दा पनि प्रायः मानिसहरू खोक्रो महसुस गर्छन्‌, उल्टो झनै अलमल्लमा पो परेका छन्‌। तर एउटा किताबले भने आध्यात्मिकताको सन्दर्भमा भरपर्दो शिक्षा दिन्छ। परमेश्‍वरद्वारा प्रेरित भएको प्रमाण दिन सफल भएको किताब हो यो। (२ तिमोथी ३:१६) आध्यात्मिकता र यसको महत्त्वबारे यो किताब, बाइबल के भन्छ, आउनुहोस्‌ जाँचेर हेरौं। (w 07 8/1)

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

COVER: Background: © Mark Hamblin/age fotostock

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने