प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ४/१ p. ३
  • “मेरो दिन आएको रहेनछ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मेरो दिन आएको रहेनछ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • मिल्दोजुल्दो सामग्री
  • मानिसको भाग्यको खोजीमा
    ब्यूँझनुहोस्‌!—१९९९
  • भाग्य वा संयोग?
    ब्यूँझनुहोस्‌!—१९९९
  • सबै कुराको समय छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • के हाम्रो भविष्य पहिल्यै लेखिसकिएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ४/१ p. ३

“मेरो दिन आएको रहेनछ”

फोहोरमैलाको ठूलो ट्रक चलाइरहेको एक जना ड्राइभरले ट्रकको नियन्त्रण गुमायो। ट्रक पेटीमाथि चढ्यो। अनि त्यहाँ हिंडिरहेको एक दम्पती र २३ वर्षको ठिटोलाई ड्याम्म हिर्कायो। न्यू योर्कबाट प्रकाशित हुने एउटा पत्रिकाले दिएको रिपोर्टअनुसार उक्‍त दम्पतीको घटनास्थलमै मृत्यु भयो र ठिटो चाहिं अचेत भयो। पछि उसको होश खुल्यो र के भएको थाह पायो। त्यतिबेला सुरुमा उसको दिमागमा यस्तो विचार आएको थियो: ‘हे भगवान्‌ यस्तो के आइलाग्यो, ममाथि कृपा गर्नुहोस्‌।’ उसले भन्यो, “मेरो दिन आएको रहेनछ।”

सायद तपाईंले पनि यस्तै समाचार सुन्‍नुभएको होला। कुनै व्यक्‍ति मृत्युको मुखमै पर्नुबाट बचेपछि मानिसहरू यसो भन्‍ने गर्छन्‌, ‘उसको दिन आएको रहेनछ।’ तर कसैको अप्रत्याशित घटनाले गर्दा मृत्यु भयो भने चाहिं तिनीहरू यसो भन्‍ने गर्छन्‌, ‘उसको दिन आइपुगेछ’ अथवा ‘यो ईश्‍वरकै लीला हो।’ यो सब भाग्य, तकदिर, कर्म वा विधाताको खेल हो भनी तिनीहरू भन्छन्‌। तर जे नै भने पनि यस्तो तर्कमा केही भिन्‍नता छैन। थुप्रै मानिस जीवनमा आइपर्ने घटना अनि त्यसको परिणाम पहिल्यै निधारमा कोरिसकेको हुन्छ, त्यसैले त्यसको मूकदर्शक हुनु सिवाय अरू केही गर्न सकिंदैन भनी विश्‍वास गर्छन्‌। अनि यस्तो प्रतिक्रिया, मृत्यु हुँदा वा दुर्घटना हुँदा मात्र देखाइँदैन; न त हिजोआज मात्र देखाउन थालिएको हो।

उदाहरणको लागि, प्राचीन बेबिलोनीहरूलाई लिनुहोस्‌। उनीहरू नक्षत्रहरू अनि त्यसको स्थानले मानव क्रियाकलापलाई असर गर्छ भनी विश्‍वास गर्थे। त्यसैले उनीहरू आकाशमा हेरेर साइत जुराउँथे। ग्रीक र रोमीहरू भाग्यकी देवीलाई पुज्थे। तिनमा मानिसको भाग्य र दुर्भाग्य कोर्न सक्ने शक्‍ति छ भन्ठानेकोले कहिलेकाहीं ग्रीक र रोमीहरूले आफ्नो प्रमुख देवता ज्यूस र जुपिटरको इच्छालाई भन्दा पनि तिनलाई बढी महत्त्व दिइएको जस्तो देखियो।

पूर्वीय देशका हिन्दू र बुद्ध धर्म मान्‍नेहरू, वर्तमान जीवन पूर्ववर्ती जीवनको कर्मको फल हो अनि वर्तमान जीवनको कर्मफल अर्को जुनीमा पाइन्छ भनेर विश्‍वास गर्छन्‌। अरू धर्म—जसमा थुप्रै चर्चहरू पर्छन्‌—तिनीहरूले पनि पूर्वनिर्धारित गन्तव्यको सिद्धान्त सिकाउने भएकोले भाग्यको शिक्षालाई समर्थन गर्छन्‌।

त्यसैले, सबै कुरा तथ्यमा आधारित हुनुपर्छ भन्‍ने धारणा राख्ने युगमा समेत थुप्रैले तिनीहरूको जीवनमा आइपर्ने परिस्थिति, दैनिक क्रियाकलापको परिणाम र अन्तिम गन्तव्य सबै पुर्पुरोमै लेखिएको हुन्छ र यसलाई खासै बदल्न सकिंदैन भनेर विश्‍वास गर्छन्‌। जीवनबारे के तपाईंलाई पनि यस्तै लाग्छ? जीवनमा हुने घटना-दुर्घटना, सफलता-असफलता अझ भनौं भने जन्म र मृत्यु के साँच्चै पूर्वनिर्धारित हुन्छ? के तपाईंको जीवन नियतिको खेल हो? आउनुहोस्‌, बाइबलले यी प्रश्‍नहरूको जवाफ पाउन कसरी मदत गर्छ, हेरौं। (w 09 3/1)

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Ken Murray/New York Daily News

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने