प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ५/१ pp. ४-५
  • नयाँ जन्म—कत्तिको महत्त्वपूर्ण?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ जन्म—कत्तिको महत्त्वपूर्ण?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ गरी जन्मनु—मुक्‍तिको बाटो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • नयाँ जन्म—व्यक्‍तिगत निर्णय?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • फेरि जन्मनु भनेको के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • येसु निकोदेमसलाई राती शिक्षा दिनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ५/१ pp. ४-५

नयाँ जन्म—कत्तिको महत्त्वपूर्ण?

निकोदेमससित गरेको कुराकानीभरि नै येशूले नयाँ जन्म अर्थात्‌ नयाँ गरी जन्मनु एकदमै महत्त्वपूर्ण छ भनेर जोड दिनुभयो। उहाँले यो कसरी स्पष्ट पार्नुभयो?

निकोदेमससित कुरा गर्दा येशूले नयाँ जन्मको महत्त्वलाई कसरी जोड दिनुभयो याद गर्नुहोस्‌। उहाँले भन्‍नुभयो: “कोही नयाँ गरी जन्मेन भने उसले परमेश्‍वरको राज्य देख्नसक्‍तैन।” (यूहन्‍ना ३:३) “जन्मेन भने” र “देख्नसक्‍तैन” भन्‍ने पदावलीहरूले नयाँ जन्मको आवश्‍यकतालाई जोड दिन्छ। उदाहरणको लागि: यदि कसैले, “घाम लागेन भने उज्यालो हुन सक्‍तैन” भनेमा उज्यालो हुनको लागि घाम नभई हुँदैन भनेको हो। त्यसैगरि, येशूले परमेश्‍वरको राज्य देख्नको लागि नयाँ गरी जन्मनै पर्छ भन्दै हुनुहुन्थ्यो।

अन्ततः मानौं यस विषयको कुनै रहलपहल शंकालाई हटाउन येशूले भन्‍नुभयो: “तिमीहरूलाई नयाँ गरी जन्मनु आवश्‍यक छ।” (यूहन्‍ना ३:७) स्पष्ट छ, येशूको भनाइअनुसार “परमेश्‍वरको राज्यमा पस्न” नयाँ जन्म नलिई हुँदैन।—यूहन्‍ना ३:५.

नयाँ जन्मलाई येशूले एकदमै महत्त्व दिनुभएकोले खीष्टियानहरूले यसलाई सही तरिकामा बुझेका छन्‌ कि छैनन्‌ पक्का गर्नु आवश्‍यक छ। उदाहरणको लागि, नयाँ गरी जन्मने कुरा ख्रीष्टियानले छनौट गर्न सक्छ जस्तो के तपाईंलाई लाग्छ? (w 09 4/1)

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

“घाम लागेन भने उज्यालो हुन सक्‍तैन”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने