प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ५/१ pp. ५-६
  • नयाँ जन्म—व्यक्‍तिगत निर्णय?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ जन्म—व्यक्‍तिगत निर्णय?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के यो आज्ञा हो?
  • नयाँ गरी जन्मनु—मुक्‍तिको बाटो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • नयाँ जन्म—कत्तिको महत्त्वपूर्ण?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • फेरि जन्मनु भनेको के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • नयाँ जन्म—यसको उद्देश्‍य?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ५/१ pp. ५-६

नयाँ जन्म—व्यक्‍तिगत निर्णय?

नयाँ जन्म गराउने को हो? केही प्रचारकले आफ्ना स्रोताहरूलाई नयाँ गरी जन्मेका ख्रीष्टियान हुन आग्रह गर्दा येशूका यी शब्दहरू उद्धरण गर्छन्‌: “तिमीहरूलाई नयाँ गरी जन्मनु आवश्‍यक छ।” (यूहन्‍ना ३:७) यस्ता प्रचारकहरूले यी शब्दहरूलाई आज्ञाको रूपमा चलाउँछन्‌ र भन्छन्‌: “नयाँ गरी जन्मनू!” यसरी तिनीहरूले येशूको आज्ञा पालन गरेर नयाँ जन्मको लागि आवश्‍यक कदम चाल्नु व्यक्‍तिविशेषको कुरा हो भनेर प्रचार गर्छन्‌। यस्तो तर्कअनुसार नयाँ जन्म व्यक्‍तिगत छनौटको कुरा हो। तर के यो, येशूले निकोदेमसलाई भनेको कुरासित मेल खान्छ?

येशूका शब्दहरू ध्यान दिएर पढ्यौं भने नयाँ जन्म लिने या नलिने त्यो मानिसको छनौटको कुरा होइन भनेर सिकाउनुभएको पाउँछौं। हामी किन यसो भन्‍न सक्छौं? “नयाँ गरी जन्मनु” भनी अनुवाद गरिएको ग्रीक अभिव्यक्‍तिलाई “माथिबाट जन्मेको हुनुपर्छ” भनेर पनि अनुवाद गर्न सकिन्छ।a त्यसैले, यो वैकल्पिक अनुवादअनुसार नयाँ जन्मको स्रोत ‘माथिबाटको’ हो। अर्थात्‌ “स्वर्गबाट” या “पिताबाट”। (यूहन्‍ना १९:११; याकूब १:१७) हो, परमेश्‍वरले नयाँ जन्म गराउनुहुन्छ।—१ यूहन्‍ना ३:९.

“माथिबाट” भन्‍ने अभिव्यक्‍तिलाई मनमा राख्यौं भने व्यक्‍तिविशेष स्वयम्‌ले किन नयाँ जन्म गराउन सक्दैन भन्‍ने कुरा बुझ्न गाह्रो पर्दैन। एकछिन तपाईंको जन्मलाई विचार गर्नुहोस्‌। जन्म लिने कि नलिने के तपाईंको छनौट थियो र? पक्कै थिएन! त्यसैगरि नयाँ गरी जन्मनु पनि विश्‍वासीहरूले छनौट गर्न सक्ने कुरा होइन। हामीले नयाँ जन्म त्यतिबेला मात्र अनुभव गर्न सक्छौं जतिबेला स्वर्गका पिताले नयाँ जन्म गराउनुहुन्छ। (यूहन्‍ना १:१३) त्यसैले प्रेरित पत्रुसले ठीकै भनेका थिए: “हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्‍वर र पिता धन्यको हुनुहुन्छ, जसले आफ्नो ठूलो कृपा अनुसार . . . हामीलाई फेरि नयाँ जन्म दिनुभयो।”—१ पत्रुस १:३.

के यो आज्ञा हो?

तर कोही-कोही छक्क पर्छन्‌, ‘यदि नयाँ गरी जन्मने निर्णय व्यक्‍तिविशेषले गर्न सक्दैन भन्‍ने कुरा साँचो हो भने, येशूले किन “तिमीहरूलाई नयाँ गरी जन्मनु आवश्‍यक छ” भन्‍नुभयो?’ यो जायज प्रश्‍न हो। यदि येशूका यी शब्दहरू साँच्चै नै आज्ञा हुन्‌ भने उहाँले हाम्रो क्षमता बाहिरको कुरा माग गरिरहनुभएको हुने थियो। यो कुरा त्यति व्यावहारिक देखिदैंन। त्यसोभए, “नयाँ गरी जन्मनु” आवश्‍यक छ भन्‍ने अभिव्यक्‍तिलाई कसरी बुझ्नुपर्छ?

यो वाक्यलाई मूल भाषामा नियालेर हेऱ्‍यौं भने येशूले तथ्य मात्र प्रस्तुत गर्दै हुनुहुन्थ्यो, आज्ञा दिइरहनुभएको थिएन भन्‍ने पाउँछौं। आज्ञा र तथ्यको भिन्‍नता बुझ्न एउटा उदाहरण विचार गरौं। कल्पना गर्नुहोस्‌, एउटा सहरमा केही विद्यालयहरू छन्‌। त्यसमध्ये एउटा विद्यालय टाढ-टाढा बस्ने जनजाति बच्चाहरूका लागि मात्र भनेर खोलिएको छ। एक दिन त्यस जनजातिमा नपर्ने एउटा बच्चा आएर प्रिन्सिपललाई “म तपाईंको स्कूलमा भर्ना हुन चाहन्छु” भन्छ। उनले “यहाँ भर्ना हुन त तिमी जनजाति हुनुपर्छ” भनी बताउँछ। पक्कै पनि उक्‍त प्रिन्सिपलका शब्दहरू आज्ञा होइनन्‌। उनले त्यो विद्यार्थीलाई “जनजाति बन!” भनेर आदेश दिइरहेका थिएनन्‌। बरु, “भर्ना हुन तिमी जनजाति हुनु आवश्‍यक छ” भनिरहेका थिए। उनले केवल स्कूलमा भर्ना हुन पूरा गर्नुपर्ने आवश्‍यकता बताइरहेका थिए। त्यसैगरि, येशूले तिमीहरूलाई “नयाँ गरी जन्मनु” आवश्‍यक छ भन्‍नुहुँदा केवल ‘परमेश्‍वरको राज्यमा पस्न’ पूरा गर्नुपर्ने आवश्‍यकता बताइरहनुभएको थियो।

अघिल्लो अनुच्छेदको अन्तमा व्यक्‍त गरिएको विचार—परमेश्‍वरको राज्य—नयाँ जन्मको अर्को एउटा पक्षसित सम्बन्धित छ। यसमा यो प्रश्‍न समावेश छ, नयाँ जन्मको उद्देश्‍य के हो? यो प्रश्‍नको जवाफ पायौं भने नयाँ गरी जन्मनुको अर्थ सही तरिकाले बुझ्न सक्छौं। (w 09 4/1)

[फुटनोट]

a केही बाइबलमा यूहन्‍ना ३:३ लाई यसरी अनुवाद गरिएको छ। उदाहरणको लागि, अ लिटरल ट्रान्सलेसन अफ द बाइबल-मा यस्तो लेखिएको छ: “यदि कसैले माथिबाट जन्म पाउँदैन भने उसले परमेश्‍वरको राज्य देख्न सक्दैन।”

[पृष्ठ ६-मा भएको चित्र]

नयाँ जन्म र शारीरिक जन्मबीच के समानता छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने