प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ५/१ pp. ६-८
  • नयाँ जन्म—यसको उद्देश्‍य?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ जन्म—यसको उद्देश्‍य?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • मिल्दोजुल्दो सामग्री
  • स्वर्ग को जान्छन्‌ र किन?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • थोरैले शासन, धेरैलाई कल्याण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ५/१ pp. ६-८

नयाँ जन्म—यसको उद्देश्‍य?

अनन्त मुक्‍ति पाउन नयाँ गरी जन्मनुपर्छ भनेर थुप्रैले विश्‍वास गर्छन्‌। तर येशू आफैले नयाँ जन्मको उद्देश्‍यबारे के भन्‍नुभयो याद गर्नुहोस्‌। उहाँले भन्‍नुभयो: “कोही नयाँ गरी जन्मेन भने उसले परमेश्‍वरको राज्य देख्नसक्‍तैन।” (यूहन्‍ना ३:३) तसर्थ, मुक्‍ति पाउन होइन तर परमेश्‍वरको राज्यमा पस्न नयाँ गरी जन्मनु आवश्‍यक छ। तर केहीले यसो भन्लान्‌: ‘परमेश्‍वरको राज्यमा पस्नु र मुक्‍ति पाउनुले एउटै इनामलाई त संकेत गर्छ नि, होइन र?’ अहँ, होइन। यो भिन्‍नता बुझ्न, आउनुहोस्‌ सुरुमा “परमेश्‍वरको राज्य” भन्‍ने अभिव्यक्‍तिलाई विचार गरौं।

राज्य भनेको एक प्रकारको सरकार हो। त्यसैले “परमेश्‍वरको राज्य” भनेको “परमेश्‍वरको सरकार” हो। “मानिसका पुत्र” येशू ख्रीष्ट परमेश्‍वरको राज्यको राजा हुनुहुन्छ र उहाँका सहशासकहरू पनि छन्‌ भनी बाइबल सिकाउँछ। (दानियल ७:१, १३, १४; मत्ती २६:६३, ६४) साथै, प्रेरित यूहन्‍नालाई दिइएको एउटा दर्शनमा ख्रीष्टका सहशासकहरू “हरेक कुल, भाषा, मानिस र जाति”-बाट छानिएका व्यक्‍तिविशेष हुन्‌ र तिनीहरूले “पृथ्वीमाथि राज्य” गर्नेछन्‌ भनेर प्रकट गरियो। (प्रकाश ५:९, १०; २०:६) परमेश्‍वरको वचन यो पनि प्रकट गर्छ कि राजाको हैसियतमा शासन गर्नेहरू १,४४,००० जना मिलेर बनेको “सानो बगाल”-का हुन्‌ जसलाई “पृथ्वीबाट किनिएका” छन्‌।—लूका १२:३२; प्रकाश १४:१, ३.

परमेश्‍वरको राज्यले कहाँबाट शासन गर्छ? “परमेश्‍वरको राज्य”-लाई “स्वर्गको राज्य” पनि भनिएको छ। तसर्थ, येशू र उहाँका सहशासकहरूले स्वर्गबाट शासन गर्छ भन्‍ने बुझिन्छ। (लूका ८:१०; मत्ती १३:११) त्यसैले, परमेश्‍वरको राज्य एउटा स्वर्गीय सरकार हो जुन येशू ख्रीष्ट र मानवजातिबाट छानिएका सहशासकहरूको एउटा समूह मिलेर बनेको छ।

त्यसोभए, येशूले ‘परमेश्‍वरको राज्यमा पस्न’ नयाँ गरी जन्मनु आवश्‍यक छ भन्दा के भन्‍न खोज्दै हुनुहुन्थ्यो? उहाँको मतलब, स्वर्गमा ख्रीष्टसँगै शासन गर्न नयाँ गरी जन्मनु आवश्‍यक छ भन्‍ने थियो। सरल भाषामा भन्‍ने हो भने, नयाँ जन्मको उद्देश्‍य स्वर्गमा शासन गर्न मानिसहरूको सीमित समूहलाई तयार पार्नु हो।

अहिलेसम्म हामीले बुझ्यौं कि नयाँ जन्म एकदमै महत्त्वपूर्ण छ, यो परमेश्‍वरले गराउनुहुन्छ र स्वर्गमा शासनको लागि एउटा समूह तयार पार्दै हुनुहुन्छ। तर वास्तवमै नयाँ जन्म कसरी हुन्छ? (w 09 4/1)

[पृष्ठ ७-मा भएको ठूलो अक्षरको क्याप्सन]

नयाँ जन्मको उद्देश्‍य स्वर्गमा शासन गर्न मानिसहरूको सीमित समूहलाई तयार पार्नु हो

[पृष्ठ ७-मा भएको चित्र]

येशू ख्रीष्ट र मानवजातिबाट छानिएका सहशासकहरूको एउटा समूह मिलेर परमेश्‍वरको राज्य बनेको छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने