प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 १२/१ p. ३१
  • यहोवा हामीलाई छनौट गर्न दिनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा हामीलाई छनौट गर्न दिनुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • मिल्दोजुल्दो सामग्री
  • ‘जिउनको लागि जीवन नै रोज्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • तपाईँको भविष्य, तपाईँकै रोजाइ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • मोशा—प्रेमको उदाहरण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मोशाको विश्‍वास अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 १२/१ p. ३१

परमेश्‍वरको नजिक हुनुहोस्‌

यहोवा हामीलाई छनौट गर्न दिनुहुन्छ

व्यवस्था ३०:११-२०

“यहोवाप्रति अविश्‍वासी हुन्छु कि भन्‍ने अनुचित डरले मलाई अक्सर सताउने गर्थ्यो।” यो भनाइ ख्रीष्टियान बहिनीको हो, जसलाई सानोमा भोगेको नमीठा अनुभवले गर्दा पक्कै असफल हुन्छु भन्‍ने लागेको थियो। तर के यो साँचो हो? अहँ, होइन। परिस्थितिको सिकार हुँदा के हामी साँच्चै असहाय छौं? छैनौं। यहोवा परमेश्‍वरले हामीलाई उपहारस्वरूप स्वतन्त्र इच्छा दिनुभएको छ। त्यसैले हामी कसरी जिउँछौं, त्यसबारे हामी आफै छनौट गर्न सक्छौं। यहोवा हामीले सही छनौट गरेको चाहनुहुन्छ र यो कसरी गर्न सकिन्छ उहाँको वचन बाइबलले बताएको छ। व्यवस्था अध्याय ३० मा पाइने मोशाका शब्दहरू विचार गर्नुहोस्‌।

परमेश्‍वर हामीबाट के चाहनुहुन्छ भन्‍ने कुरा जान्‍नु र त्यो पूरा गर्नु के गाह्रो छ? मोशा बताउँछन्‌: “आज मैले तिमीहरूलाई दिएको आज्ञा तिमीहरूको निम्ति साह्रै टाढो वा गाह्रो छैन।” (पद ११) यहोवा हामीले पूरा गर्नै नसक्ने कुरा माग गर्नुहुन्‍न। यहोवाले हामीबाट चाहने कुरा व्यावहारिक र हामीले पूरा गर्न सक्ने खालका छन्‌। उहाँले चाहने कुरा के हो त्यो थाहा पाउनु पनि सम्भव छ। यहोवा हामीबाट के चाहनुहुन्छ त्यो जान्‍न हामी “स्वर्ग” वा “सागरको पल्लो छेउमा” जानुपर्दैन। (पद १२, १३) हामीले कसरी जीवन बिताउनुपर्छ भनी बाइबल स्पष्ट बताउँछ।—मीका ६:८.

तथापि यहोवा हामीलाई जबरजस्ती उहाँको आज्ञा मान्‍न लगाउनुहुन्‍न। मोशा बताउँछन्‌: “आज मैले तिमीहरूको अगि जीवन र हित औ मृत्यु र अहित राखेको छु।” (पद १५) हामी जीवन वा मृत्यु र हित वा अहित छनौट गर्न स्वतन्त्र छौं। हामी आशिष्‌हरूलाई ध्यानमा राख्दै परमेश्‍वरको उपासना गर्ने र आज्ञा मान्‍ने छनौट गर्न सक्छौं वा उहाँको आज्ञा उल्लंघन गरेर त्यसको नतिजा भोग्ने छनौट गर्न सक्छौं। जे गरे पनि छनौट आफ्नै।—पद १६-१८; गलाती ६:७, ८.

हामीले जे छनौट गरे पनि के यहोवालाई कुनै फरक पर्छ? किन नपर्नु! परमेश्‍वरबाट प्रेरित भएर मोशाले भने: “जीवननै रोज।” (पद १९) त्यसोभए हामी कसरी जीवन रोज्न सक्छौं? मोशाले बताएअनुसार ‘परमप्रभु परमेश्‍वरलाई प्रेम गरेर उहाँका आज्ञा मानेर र उहाँसँगै लीन बनेर।’ (पद २०) यदि हामी यहोवालाई प्रेम गर्छौं भने आज्ञाकारी भई उहाँको वचन सुन्‍न चाहनेछौं र अवस्था जस्तोसुकै भए पनि वफादार भई उहाँसँगै लीन हुनेछौं। यस्तो कदम चालेर हामी जीवन नै रोज्छौं जुन आउँदै गरेको नयाँ संसारमा पाइने अनन्त जीवनको आशासहित अहिले जिउने सर्वोत्तम मार्ग हो।—२ पत्रुस ३:११-१३; १ यूहन्‍ना ५:३.

मोशाका शब्दहरूले आश्‍वासनदायी सत्य बताउँछ। यस दुष्ट संसारमा जे-जस्तो भोग्नुपरे तापनि तपाईं असहाय हुनुहुन्‍न; न त असफल नै हुनुहुन्छ। यहोवाले तपाईंलाई सम्मानस्वरूप स्वतन्त्र इच्छा दिनुभएको छ। हो, तपाईं यहोवालाई प्रेम गर्न, उहाँको आज्ञा मान्‍न र उहाँप्रति वफादार रहन छनौट गर्न सक्नुहुन्छ। यस्तो छनौट गर्नुभयो भने यहोवाले तपाईंको प्रयासमाथि आशिष्‌ दिनुहुनेछ।

यहोवालाई प्रेम गर्ने र उहाँको सेवा गर्ने छनौट गर्न हामी स्वतन्त्र छौं भन्‍ने सत्यले सुरुमा उल्लेख गरिएकी बहिनीलाई सान्त्वना मिल्यो। उनी भन्छिन्‌: “म यहोवालाई अति माया गर्छु। यहोवालाई माया गर्छु भन्‍ने सबैभन्दा महत्त्वपूर्ण कुरा कहिलेकाहीं बिर्सेकी छु। यसरी यहोवालाई माया गर्ने भएकोले म उहाँप्रति विश्‍वासी हुन सक्छु।” यहोवाको मदतले तपाईं पनि विश्‍वासी हुन सक्नुहुन्छ। ( w 09 11/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने