प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 १/१ p. ८
  • “ठहराएको समय” नजिकै छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “ठहराएको समय” नजिकै छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • के हामी “अन्तको दिनमा” बाँचिरहेका छौं?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • परमेश्‍वरको राज्यबारे सत्य कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • यी अन्तिम दिन हुन्‌!
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • “अन्तको दिन” वा “अन्तको समय”-को चिन्ह के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 १/१ p. ८

“ठहराएको समय” नजिकै छ

अगमवक्‍ता हबकूकले जस्तै येशूका चेलाहरूले पनि दुःखकष्ट अन्त भएको हेर्ने इच्छा गरे। पृथ्वीमा भइरहेका कुराहरू सुधार्न परमेश्‍वरको राज्यले के गर्नेछ त्यो जानेर तिनीहरूले येशूलाई सोधे: “यो कुरा कहिले हुनेछ, र [राज्य शक्‍तिमा] तपाईंको आगमन र जगत्‌को अन्तको चिह्न के हुन्छ?” (मत्ती २४:३) जवाफमा येशूले भन्‍नुभयो कि त्यस राज्यले पृथ्वीलाई पूर्ण नियन्त्रण कहिले गर्नेछ, त्यसको ठीक समय यहोवा परमेश्‍वरलाई मात्र थाह छ। (मत्ती २४:३६; मर्कूस १३:३२) तथापि येशू र अरूले त्यो समय नजिकै छ भनेर देखाउने केही घटनाहरूबारे पहिल्यै बताए।—सँगैको पेटी हेर्नुहोस्‌।

के आज यी कुराहरू सामान्य छन्‌ भन्‍ने कुरामा तपाईं सहमत हुनुहुन्‍न र? एउटा शैक्षिक कार्य पृथ्वीभरि गरिनेछ भनेर पनि येशूले भविष्यवाणी गर्नुभयो। उहाँले भन्‍नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१४.

आज ठीक यस्तै भइरहेको छ। यहोवाका साक्षीहरूले यो काम गर्दैछन्‌। लगभग २३६ मुलुकमा ७० लाखभन्दा धेरै साक्षीहरूले परमेश्‍वरको राज्यले के गर्नेछ भनी मानिसहरूलाई बताउँदैछन्‌। साथै दुःखकष्ट र पीडा अन्त गर्न चाहने परमेश्‍वरको धार्मिक आवश्‍यकताहरू पूरा गर्न तिनीहरूलाई मदत दिइरहेका छन्‌। परमेश्‍वरको राज्यबारे सिकिरहनुहोस्‌ अनि तपाईंले दुःखकष्ट मुक्‍त संसारमा सधैंभरि बाँचिरहने आशा पाउनुहुनेछ। ( w 09-E 12/01)

[पृष्ठ ८-मा भएको पेटी]

अन्तिम दिनलाई संकेत गर्ने बाइबल पदहरू

मत्ती २४:६, ७; प्रकाश ६:४

• अघि कहिल्यै नभएका युद्धहरू

मत्ती २४:७; मर्कूस १३:८

• ठूलठूला भैंचालोहरू

• अनिकाल

लूका २१:११; प्रकाश ६:८

• रूढी

मत्ती २४:१२

• बढ्‌दो अधर्म

• प्रेम सेलाउनेछ

प्रकाश ११:१८

• पृथ्वीको विनाश

२ तिमोथी ३:२

• धनका लोभी

• आमा-बाबुको आज्ञा पालन नगर्ने

• आफैलाई मात्र प्रेम गर्ने

२ तिमोथी ३:३

• स्वाभाविक प्रेमरहितका

• अर्कालाई दोष लाउने

• समाजको हर तहमा असंयम

• जहींतहीं असल नरूचाउनेहरू

२ तिमोथी ३:४

• परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने

२ तिमोथी ३:५

• थुप्रैले आफू ख्रीष्टियान भएको ढोंग गर्छन्‌

मत्ती २४:५, ११; मर्कूस १३:६

• धेरै झूटा अगमवक्‍ताहरू सक्रिय हुन्छन्‌

मत्ती २४:९; लूका २१:१२

• साँचो ख्रीष्टियानमाथि सतावट आइपर्छ

मत्ती २४:३९

• मानिसहरू बाइबलका चेतावनीमा ध्यान दिंदैनन्‌

[पृष्ठ ८-मा भएको चित्र]

पृथ्वीभरि यहोवाका साक्षीहरूले परमेश्‍वरको राज्यबारे अरूलाई सिकाउँछन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने