प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ३/१ pp. ४-५
  • स्वर्ग कस्तो छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वर्ग कस्तो छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सुखमय गतिविधिको स्थान
  • के मानिस स्वर्ग जान बनाइएको थियो?
  • स्वर्ग के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • स्वर्ग को जान्छन्‌ र किन?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • स्वर्गबारे सत्य कुरा के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • अनन्त आनन्द—स्वर्ग वा पृथ्वीमा?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ३/१ pp. ४-५

स्वर्ग कस्तो छ?

कसै-कसैको विचारमा स्वर्गबारे थाह पाउनु असम्भव छ किनभने स्वर्ग कस्तो छ भनेर बताउन त्यहाँबाट कोही पनि कहिल्यै आएका छैनन्‌। सायद तिनीहरूले येशूले भन्‍नुभएको यो कुरा बिर्सेका छन्‌: “म . . . स्वर्गबाट ओर्लिआएको हुँ।” (यूहन्‍ना ६:३८) केही धर्मगुरुहरूलाई उहाँले यसो पनि भन्‍नुभयो: “तिमीहरू तलका हौ। म माथिको हुँ।” (यूहन्‍ना ८:२३) येशूले स्वर्गबारे के भन्‍नुभयो?

यहोवा स्वर्गमा बास गर्नुहुन्छ भनेर येशूले पुष्टि गर्नुभयो। उहाँले परमेश्‍वरलाई “स्वर्गमा हुनुहुने मेरा पिता” भन्‍नुभयो।—मत्ती १२:५०.

मानिसहरूले प्राकृतिक स्वर्गलाई शक्‍तिशाली दूरबीनको मदत लिएर अध्ययन गरेको र कोही-कोही त अन्तरिक्षमा गएको भए तापनि बाइबलले बताएको कुरा झूटा साबित भएको छैन: “परमेश्‍वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।”—यूहन्‍ना १:१८.

हाम्रो शरीर रगत र मासुले बनिएको छ र यसलाई मानव इन्द्रियहरूले देख्न र महसुस गर्न सक्छ। तर यहोवाको शरीर हाम्रो जस्तो छैन। त्यसैले, येशूले पिताको साथमा “स्वर्गमा” थिएँ भन्‍नुहुँदा आफ्नो स्वरूप कुनै पनि भौतिक जीवनभन्दा धेरै महिमित थियो भन्दै हुनुहुन्थ्यो। (यूहन्‍ना १७:५; फिलिप्पी ३:२०, २१) येशू आफ्नो पितासित बास गर्ने यस ठाउँलाई बाइबल “स्वर्ग” भन्छ। स्वर्ग कस्तो छ? त्यहाँ के हुन्छ?

सुखमय गतिविधिको स्थान

बाइबल स्वर्गलाई धेरै काम हुने स्थान भनी व्याख्या गर्छ। बाइबल बताउँछ, त्यहाँ लाखौं विश्‍वासी आत्मिक प्राणीहरू बस्छन्‌। (दानियल ७:९, १०) यी प्रत्येक आत्मिक प्राणीको छुट्टाछुट्टै व्यक्‍तित्व छ। यो हामी कसरी भन्‍न सक्छौं? भौतिक सृष्टिमा कुनै दुई कुरा ठ्याक्कै उस्तै छैनन्‌। त्यसैले स्वर्गमा पनि ठूलो विविधता छ भनेर हामी पक्का हुन सक्छौं। तर उल्लेखनीय कुरा के छ भने, सबै आत्मिक प्राणीहरू एकतामा काम गर्छन्‌। त्यसैले, विरलै सँगै मिलेर काम गर्ने आजको पृथ्वीका मानिसहरूभन्दा यो ठीक विपरीत छ। कस्तो रहरलाग्दो कुरा, होइन र?

स्वर्गमा हुने गतिविधिबारे बाइबल के भन्छ याद गर्नुहोस्‌: “हे परमप्रभुका दूत हो, हे शक्‍तिमान वीर हो, जसले उहाँको वचन शिरोपर गर्दछ, उहाँकै वचनको शब्द सुन्दै उहाँलाई धन्यको भन। हे परमप्रभुका सारा सेना हो, हे उहाँका सेवक हो, जो उहाँको इच्छाबमोजिम गर्दछौ, परमप्रभुलाई धन्यको भन।” (भजन १०३:२०, २१) तसर्थ, स्वर्गमा धेरै काम भइरहेको छ। यो सन्तोषजनक काम हो भनेर हामी पक्का हुन सक्छौं।

स्वर्गदूतहरूले आनन्दित सेवा गरेको युगौं बितिसक्यो—पृथ्वीको सृष्टिभन्दा धेरै अघिदेखि। धर्मशास्त्रअनुसार यहोवाले पृथ्वीको जग बसाल्नुहुँदा परमेश्‍वरका पुत्रहरूले “एकसाथ गाए” र “रमाहटले कराए।” (अय्यूब ३८:४, ७) परमेश्‍वरका एक स्वर्गीय पुत्रले त परमेश्‍वरसँगै मिलेर अरू सबै कुरा सृष्टि गर्ने सुअवसर समेत पाए। (कलस्सी १:१५-१७) स्वर्गको मनै छुने यो आनन्दमय गतिविधिको विवरणले स्वर्ग अनि मानिसजातिबारे तपाईंको मनमा प्रश्‍नहरू उब्जिन सक्छ।

के मानिस स्वर्ग जान बनाइएको थियो?

पृथ्वीको जग बसाल्नुभन्दा अघिदेखि नै स्वर्गदूतहरूले स्वर्गमा परमेश्‍वरको सेवा गरिरहेका थिए। त्यसैले, प्रथम पुरुष र स्त्री अवश्‍यै स्वर्गमा बस्न सृजिएका थिएनन्‌। बरु, परमेश्‍वरले प्रथम मानव दम्पतीलाई भन्‍नुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै . . . जाओ।” (उत्पत्ति १:२८; प्रेरित १७:२६) परमेश्‍वरलाई चिन्‍न र विश्‍वासीपूर्वक उहाँको सेवा गर्न सक्ने क्षमतासहित पृथ्वीमा सृजिएको पहिलो नयाँ स्वरूप आदम थियो। तिनीबाट आउने मानिसजाति पृथ्वीमा बसोबास गर्ने थिए। “स्वर्ग ता परमप्रभुकै हो। तर पृथ्वीचाहिं उहाँले मानिस जातिलाई दिनुभएको छ।”—भजन ११५:१६.

साधरणतया मानिसहरू मर्न चाहँदैनन्‌। मृत्यु मानिसजातिको लागि स्वाभाविक होइन। अनाज्ञाकारी भएमा मात्र सजायको रूपमा मृत्यु भोग्नुपर्ने कुरा परमेश्‍वरले आदमलाई उल्लेख गर्नुभयो। आज्ञा मानेको भए आदम कहिल्यै मर्नुपर्ने थिएन।—उत्पत्ति २:१७; रोमी ५:१२.

त्यसैले, परमेश्‍वरले आदमलाई स्वर्ग जानेबारे केही नभन्‍नु छक्कलाग्दो कुरा होइन। यसकारण पृथ्वी, मानिस स्वर्ग जान योग्य छ/छैन भनेर जाँच्ने ठाउँ हुने थिएन। मानिस पृथ्वीमै सधैंभरि बाँच्नको लागि बनाइएको थियो र परमेश्‍वरको यो उद्देश्‍य पूरा हुन बाँकी नै छ। बाइबल यस्तो प्रतिज्ञा गर्छ, “धर्मात्माहरूले देश [“पृथ्वी,” NW] अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” (भजन ३७:२९) स्पष्टतः सुरुमा मानिसलाई स्वर्ग जान बनाइएको थिएन। त्यसोभए, येशूले किन आफ्ना प्रेरितहरूलाई स्वर्गीय जीवनको प्रतिज्ञा गर्नुभयो? के येशू सबै असल मानिस स्वर्ग जान्छन्‌ भन्‍न खोज्दै हुनुहुन्थ्यो? ( w10 -E 02/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने