प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ११/१ पृ. ४-५
  • २ प्रार्थना कसलाई गर्नुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • २ प्रार्थना कसलाई गर्नुपर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • तिनले साँचो उपासनाको लागि अडान लिए
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • के तपाईं एलियाजस्तै वफादार हुनुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • एलियाले साँचो परमेश्‍वरलाई उच्च पार्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • तिनले परमेश्‍वरबाट सान्त्वना पाए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ११/१ पृ. ४-५

२ प्रार्थना कसलाई गर्नुपर्छ?

प्रार्थना जसलाई पुकारेर गरे तापनि एउटै ठाउँमा पुग्ने त हो नि, होइन र? वर्तमान संसारमा मानिसहरू अक्सर यस्तै धारणा राख्छन्‌। विभिन्‍न धर्मावलम्बी मिलेर सामूहिक उपासना गर्ने धारणा लोकप्रिय छ अनि यस्तो धारणा रुचाउने मानिसहरू आ-आफ्नो धर्मको भिन्‍नताको बाबजुद सबै धर्म स्वीकार्य भएको चाहन्छन्‌। तर के यस्तो धारणा कतै गलत पो हो कि?

थुप्रै प्रार्थना सही ठाउँमा पुगेका छैनन्‌ भनी बाइबल बताउँछ। बाइबल लेखिएको समयमा मानिसहरूले खोपिएका मूर्तिहरूलाई प्रार्थना गर्नु सामान्य थियो। तर परमेश्‍वरले तिनीहरूलाई बारम्बार त्यसो नगर्नू भनी चेतावनी दिनुभएको थियो। उदाहरणको लागि, भजन ११५:४-६ मा मूर्तिहरूबारे यसो भनिएको छ: “कान छन्‌, तर सुन्दैनन्‌।” कुरा स्पष्ट छ: तपाईंको पुकारा सुन्दै नसुन्‍ने परमेश्‍वरलाई किन बेकारमा प्रार्थना गर्ने?

यस बुँदालाई बाइबलको एउटा ज्वलन्त विवरणले अझ प्रस्ट पार्छ। साँचो भविष्यवक्‍ता एलियाले बालका भविष्यवक्‍ताहरूलाई तिनीहरूको आफ्नो देवलाई पुकार्ने चुनौती दिए। त्यसपछि एलियाले पनि आफ्ना परमेश्‍वरलाई पुकार्नेथिए। साँचो परमेश्‍वरले प्रार्थनाको जवाफ दिनुहुनेछ तर झूटो देवले दिनेछैन भनी एलियाले बताए। यो चुनौतीलाई स्वीकार्दै बालका भविष्यवक्‍ताले रोइकराइ घण्टौंसम्म जोडदार प्रार्थना गरे। तर केही सीप लागेन। बाइबल विवरण यसो भन्छ: “त्यहाँ कुनै आवाज वा जवाफ आएन, न ध्यानै दिइयो।” (१ राजा १८:२९) तर एलियाले प्रार्थना गर्दा भने के भयो?

एलियाले तयार पारेको बलिलाई भस्म पार्न परमेश्‍वरले आगो बर्साउनुहुँदा तिनको प्रार्थनाको तुरुन्तै जवाफ आएको प्रस्ट भयो। बालका भविष्यवक्‍ताहरूको र एलियाको प्रार्थनाबीच के भिन्‍नता थियो? पहिलो राजा १८:३६, ३७ मा लिपिबद्ध एलियाको प्रार्थनामा एउटा महत्त्वपूर्ण छनक पाइन्छ। यो एकदमै छोटो प्रार्थना हो, मौलिक हिब्रू भाषामा लगभग ३० वटा मात्र शब्द प्रयोग भएका छन्‌। त्यो छोटो प्रार्थनामा एलियाले तीन-तीन चोटि परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा प्रयोग गरेका छन्‌।

कनानीहरूका देव बालको अर्थ “मालिक” वा “स्वामी” हो अनि स्थानीय इलाकामा त्यो देव विभिन्‍न नामले चिनिन्थे। तर यहोवाको नाम भने अनुपम छ र यो नाम ब्रह्‍माण्डका एक मात्र व्यक्‍तिलाई प्रयोग गरिएको छ। यही परमेश्‍वरले आफ्ना जनलाई भन्‍नुभयो: “म परमप्रभु [“यहोवा,” NW] हुँ, मेरो नाउँ त्यही हो। औ मेरो महिमा म अरूलाई दिनेछैनँ।”—यशैया ४२:८.

के एलियाको र बालका भविष्यवक्‍ताहरूको प्रार्थना एउटै ठाउँमा पुग्यो? बाल उपासनाले वेश्‍यावृत्तिको रीतिथिति अनि मानव बलिहरूद्वारा आफ्ना मानिसहरूलाई घृणित तुल्याएको थियो। तर यसको विपरीत यहोवाको उपासनाले आफ्ना जनलाई ती पतित प्रचलनहरूबाट मुक्‍त गरेर अझ मर्यादित बनाएको थियो। त्यसैले यो उदाहरण विचार गर्नुहोस्‌: आफ्नो आदरणीय साथीलाई तपाईं पत्र पठाउन चाहनुहुन्छ। के तपाईं त्यो पत्र साह्रै बदनाम भएको र तपाईंको साथीको चिनारीसित पटक्कै मेल नखाने अर्कै नाम भएको व्यक्‍तिलाई पठाउनुहुन्छ? अहँ, कदापि पठाउनुहुन्‍न!

यहोवालाई प्रार्थना गर्नु भनेको मानिसजातिको बुबा अर्थात्‌ सृष्टिकर्तालाई प्रार्थना गर्नु हो।a भविष्यवक्‍ता यशैयाले प्रार्थनामा यसो भने: “तपाईं, हे परमप्रभु [“यहोवा,” NW], हाम्रा पिता हुनुहुन्छ।” (यशैया ६३:१६) यही परमप्रभुबारे येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभएको थियो: “म मेरा पिता र तिमीहरूका पिता, औ मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जान्छु।” (यूहन्‍ना २०:१७) येशूको बुबा यहोवा हुनुहुन्छ। येशूले प्रार्थना गर्नुभएको परमेश्‍वर उहाँ नै हुनुहुन्छ अनि येशूले चेलाहरूलाई पनि त्यही परमेश्‍वरलाई प्रार्थना गर्न सिकाउनुभयो।—मत्ती ६:९.

के बाइबलले येशू, मरियम, सन्तमहन्त वा स्वर्गदूतहरूलाई प्रार्थना गर्न सिकाउँछ? अहँ, सिकाउँदैन। बाइबलले यहोवालाई मात्र प्रार्थना गर्न सिकाउँछ। यसका दुइटा कारण विचार गर्नुहोस्‌। पहिलो, प्रार्थना उपासनाको भाग हो अनि यहोवालाई मात्र उपासना गर्नुपर्छ भनेर बाइबल बताउँछ। (प्रस्थान २०:५) दोस्रो, बाइबलमा उहाँलाई “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर भन्‍ने उपाधि दिइएको छ। (भजन ६५:२) यहोवाले अरूलाई थुप्रै जिम्मेवारी दिनुभएको छ तर प्रार्थना सुन्‍ने काम भने उहाँले अरू कसैलाई कहिल्यै दिनुभएको छैन। उहाँ नै एकमात्र परमेश्‍वर हुनुहुन्छ जसले हाम्रो प्रार्थना आफैले सुन्‍ने प्रतिज्ञा गर्नुभएको छ।

यदि तपाईंको प्रार्थना परमेश्‍वरले सुनेको चाहनुहुन्छ भने धर्मशास्त्रको यो सल्लाह नबिर्सनुहोस्‌: “जसले परमप्रभुको [“यहोवाको,” NW] नाउँ लिनेछ, त्यसले उद्धार पाउनेछ।” (प्रेरित २:२१) तर के यहोवाले विनासर्त सबै प्रार्थना सुन्‍नुहुन्छ? हाम्रो प्रार्थना यहोवाले सुनेको चाहन्छौं भने हामीले जान्‍नुपर्ने अरू केही कुरा छन्‌ कि? ( w10 -E 10/01)

[फुटनोट]

a कुनै-कुनै धार्मिक परम्पराअनुसार परमेश्‍वरको व्यक्‍तिगत नाम प्रार्थनामा समेत उच्चारण गर्नु गलत हो। तथापि बाइबल लेखिएका मौलिक भाषाहरूमा परमेश्‍वरको नाम लगभग ७,००० चोटि उल्लेख गरिएका छन्‌। यहोवाका विश्‍वासी सेवकहरूले लेखेका प्रार्थना र भजनमा परमेश्‍वरको नाम थुप्रै चोटि उल्लेख गरेको पाइन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने