प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 १२/१ p. ३
  • सन्तुष्टि के सम्भव छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सन्तुष्टि के सम्भव छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँले ‘सन्तुष्ट हुने रहस्य’ सिक्नुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • तपाईं कसरी रूपैयाँपैसाप्रति सन्तुलित दृष्टिकोण राख्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • बुद्धिमानीसाथ साथीहरू छान्‍नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • सन्तुष्ट हुनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 १२/१ p. ३

सन्तुष्टि के सम्भव छ?

“सन्तुष्टिले गरिब मानिसलाई धनी बनाउँछ; असन्तुष्टिले धनी मानिसलाई गरिब बनाउँछ।” —बेन्जामिन फ्रान्कलीन

यो भनाइको सत्यतालाई धेरैले बुझेका छन्‌, सन्तुष्टि भनेको मालसामानजस्तै किन्‍न सकिंदैन। सन्तुष्टि अर्थात्‌ तृप्त हुनुको भावना आजको संसारमा पाउन गाह्रो देखिन्छ किनभने यो संसारले धेरै धनसम्पत्ति, अझ बढी सफलता वा अरूको जिन्दगीको लालसा गर्न उक्साउँछ। के तपाईंलाई पनि तल दिइएका बुँदामध्ये कुनैले असर गरेको छ?

• विज्ञापकहरूले आफ्नो सामान बिकाउन ‘यो नै हो सन्तुष्टिको राज’ भन्‍ने नारा जताततै विज्ञापन गरिरहेका हुन्छन्‌।

• काम गर्ने ठाउँ वा स्कूलमा हुने प्रतिस्पर्धाले अरूले गरेको कुराको आधारमा तपाईंलाई सफल वा असफल ठहराउँछ।

• तपाईंले अरूको लागि जे-जति गर्नुभयो, त्यसको लागि कृतज्ञता देखाउँदैनन्‌।

• साथीहरूसित भएको कुराले तपाईंलाई डाढे बनाएको छ।

• तपाईंले जीवनसम्बन्धी आधारभूत प्रश्‍नहरूको जवाफ पाउनुभएको छैन।

यस्ता चुनौतीहरूको बाबजुद के साँच्चै सन्तुष्ट हुन सम्भव छ? प्रेरित पावलले “सन्तुष्ट रहने रहस्य”-बारे बताए। कहिले तिनीसित प्रशस्त हुन्थ्यो त कहिले अभाव। तिनका साथीहरूले तिनको आदर गरे तर अरूले भने तिनलाई हाँसोमा उडाए। तैपनि तिनले यसो भने, “जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु।”—फिलिप्पी ४:११, १२, NRV

सन्तुष्टि पाउन कहिल्यै कुनै कदम नचालेकाहरूको निम्ति यो एउटा रहस्य हो तर पावलले भनेझैं त्यो सिक्न सकिन्छ। त्यसोभए आउनुहोस्‌, परमेश्‍वरको वचन बाइबलमा पाइने सन्तुष्टिका पाँच रहस्यबारे केलाएर हेरौं। ( w10 -E 11/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने