प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 १०/१ pp. १६-१७
  • पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍य के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍य के हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले पृथ्वी किन सृष्टि गर्नुभयो?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • परमेश्‍वरले कुन उद्देश्‍य लिएर पृथ्वी सृष्टि गर्नुभयो?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • परमेश्‍वरले कुन उद्देश्‍यले पृथ्वी सृष्टि गर्नुभयो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • नयाँ संसार नजिकै छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 १०/१ pp. १६-१७

पवित्र शास्त्रबाट सिक्नुहोस्‌

पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍य के हो?

यस लेखमा तपाईंको मनमा उठ्‌न सक्ने प्रश्‍नहरूको छलफल गरिएको छ। साथै ती प्रश्‍नहरूको जवाफ बाइबलमा कहाँ पाउन सक्नुहुन्छ भनेर पनि यसमा बताइएको छ। यहोवाका साक्षीहरू यी प्रश्‍नका जवाफहरू तपाईंसित छलफल गर्न खुसी हुनेछन्‌।

१. पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍य के हो?

पृथ्वी मानिसको घर हो। स्वर्गमा बस्नको लागि स्वर्गदूतहरू बनाएपछि परमेश्‍वरले मानिसलाई पृथ्वीको आनन्द उठाउन बनाउनुभयो। (अय्यूब ३८:४, ७) यसरी यहोवाले पहिलो मानिसलाई अदन भनिने प्रमोदवन अर्थात्‌ सुन्दर बगैंचामा राख्नुभयो र तिनी तथा तिनका भावी सन्तानलाई पृथ्वीमा सधैंभरि बाँच्ने प्रत्याशा दिनुभयो।—उत्पत्ति २:१५-१७; भजन ११५:१६ पढ्‌नुहोस्‌।

अदनको बगैंचाले पृथ्वीको सानो भाग मात्रै ओगटेको थियो। पहिलो मानव जोडी आदम र हव्वाले सन्तान जन्माउनुपर्ने थियो। अनि मानव परिवार बढ्‌दै जाँदा तिनीहरू सबै मिलेर पूरै पृथ्वीलाई प्रमोदवन बनाउनुपर्ने थियो। (उत्पत्ति १:२८) पृथ्वी कहिल्यै नाश हुनेछैन।—भजन १०४:५ पढ्‌नुहोस्‌।

२. अहिले किन पृथ्वी सुन्दर बगैंचाजस्तो छैन?

आदम र हव्वाले परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरेकोले तिनीहरूलाई अदनको बगैंचाबाट बाहिर निकालियो। प्रमोदवन गुम्यो र यसलाई कुनै पनि मानिसले पुनर्स्थापना गर्न सकेको छैन। बाइबल बताउँछ: “पृथ्वी दुष्टहरूको हातमा दिइएको छ।”—अय्यूब ९:२४; उत्पत्ति ३:२३, २४ पढ्‌नुहोस्‌।

तर मानिसजातिको लागि आफूले राखेको सुरुको उद्देश्‍य यहोवाले बिर्सनुभएको छैन। न त उहाँ कहिल्यै असफल नै हुनुहुनेछ। (यशैया ४५:१८) उहाँले मानिसजातिलाई आफ्नो उद्देश्‍यअनुरूपै सुरुको अवस्थामा फर्काउनुहुनेछ।—भजन ३७:११ पढ्‌नुहोस्‌।

३. परमेश्‍वरले कसरी पृथ्वीमा शान्ति पुनर्स्थापना गर्नुहुनेछ?

मानिसजातिले शान्ति पाउन परमेश्‍वरले पहिला दुष्टहरूको नाश गर्नुपर्छ। आरमागेडोनको युद्धमा परमेश्‍वरका स्वर्गदूतहरूले उहाँको विरोध गर्ने सबै दुष्टलाई नामेट पार्नेछन्‌। सैतान १,००० वर्षको लागि थुनिनेछ तर परमेश्‍वरलाई प्रेम गर्नेहरू भने बच्नेछन्‌ र पृथ्वीमा नयाँ संसारको आनन्द उठाउनेछन्‌।—प्रकाश १६:१४, १६; २०:१-३; २१:३, ४ पढ्‌नुहोस्‌।

४. दुःखकष्ट कहिले अन्त हुनेछ?

येशूले १,००० वर्षको दौडान स्वर्गबाट पृथ्वीमा शासन गर्नुहुनेछ र पृथ्वीलाई प्रमोदवनमा परिणत गर्नुहुनेछ। साथै परमेश्‍वरलाई प्रेम गर्नेहरूको पाप पनि उहाँले पूर्णतया मेटाउनुहुनेछ। यसरी येशूले रोगबिमार, बुढ्यौली र मृत्युलाई नामेट पार्नुहुनेछ।—यशैया ११:९; २५:८; ३३:२४; ३५:१ पढ्‌नुहोस्‌।

परमेश्‍वरले दुष्टताको अन्त कहिले गर्नुहुनेछ? येशूले अन्त नजिकै छ भनेर सङ्‌केत गर्ने एउटा “चिन्ह” दिनुभयो। अहिलेको संसारको खस्कँदो अवस्थाले मानिसको अस्तित्वलाई खतरामा पारेको छ। संसारको यस्तो अवस्थाले हामी “यस युगको आखिरी समय”-मा बाँचिरहेका छौं भन्‍ने कुरा प्रमाणित गर्छ।—मत्ती २४:३, ७-१४, २१, २२; २ तिमोथी ३:१-५ पढ्‌नुहोस्‌।

५. प्रमोदवनमा को बस्न पाउनेछ?

येशूले आफ्ना अनुयायीहरूलाई चेला बनाउन र परमेश्‍वरको प्रेमको मार्ग सिकाउन निर्देशन दिनुभयो। (मत्ती २८:१९, २०) यहोवा अहिले विश्‍वभरका लाखौं मानिसलाई पृथ्वीमा स्थापना हुने नयाँ युगमा जीवनको आनन्द उठाउन तयार पार्दै हुनुहुन्छ। (सपन्याह २:३) यहोवाका साक्षीहरूको राज्यभवनमा मानिसहरू असल श्रीमान्‌ र बुबा अनि असल श्रीमती र आमा कसरी बन्‍ने भनेर सिक्छन्‌। यहाँ छोराछोरी र आमाबाबुहरू सँगै मिलेर सुन्दर भविष्यमा विश्‍वास गर्न सकिने आधारबारे सिक्छन्‌।—मीका ४:१-४ पढ्‌नुहोस्‌।

परमेश्‍वरलाई प्रेम गर्ने र उहाँलाई खुसी बनाउन सिक्न चाहनेहरूलाई तपाईं राज्यभवनमा भेट्‌न सक्नुहुन्छ।—हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌। ( w11 -E 04/01)

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ३ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने