प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp21 No. २ pp. १३-१५
  • नयाँ संसार नजिकै छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ संसार नजिकै छ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एउटा मात्र सरकार
  • अन्तरराष्ट्रिय भाइचारा
  • प्रकृतिमा सन्तुलन
  • सुस्वास्थ्य र प्रशस्त खानेकुरा
  • साँचो शान्ति र सुरक्षा
  • आवास र सन्तोषजनक काम
  • उत्कृष्ट शिक्षा
  • अनन्त जीवन
  • परमेश्‍वरले कुन उद्देश्‍य लिएर पृथ्वी सृष्टि गर्नुभयो?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • अनन्त जीवन एउटा सपना मात्र होइन
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • शान्तिमय नयाँ संसारमा जीवन
    शान्तिमय नयाँ संसारमा जीवन
  • जीवनको महान्‌ उद्देश्‍य छ
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
wp21 No. २ pp. १३-१५
नयाँ संसारमा एक दम्पती आफ्ना साथीहरूलाई हात हल्लाउँदै अभिवादन गर्दै छन्‌।

चाँडै आउँदै गरेको सुन्दर संसारको लागि अहिल्यैदेखि तयारी गर्नुहोस्‌

नयाँ संसार नजिकै छ!

धर्मी मानिसहरू सधैँभरि बाँचून्‌ भनेर ईश्‍वरले पृथ्वी सृष्टि गर्नुभयो। (भजन ३७:२९) उहाँले पहिलो मानव दम्पती आदम र हव्वालाई सुन्दर अदनको बगैँचामा राख्नुभयो अनि तिनीहरू र तिनीहरूका सन्तानलाई पृथ्वीको गोडमेल र रेखदेख गर्ने जिम्मेवारी दिनुभयो।—उत्पत्ति १:२८; २:१५.

अहिलेको संसार ईश्‍वरले चाहनुभएको जस्तो पटक्कै छैन। तैपनि उहाँले आफ्नो मन परिवर्तन गर्नुभएको छैन। उहाँले आफ्नो सुरुको उद्देश्‍य कसरी पूरा गर्नुहुनेछ? अघिल्लो लेखहरूबाट हामीले बुझेजस्तै ईश्‍वरले पृथ्वीलाई नै विनाश त गर्नुहुनेछैन। बरु उहाँले वफादार मानिसहरूलाई त्यहाँ जिउन दिनुहुनेछ। ईश्‍वरले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुँदा पृथ्वी कस्तो हुनेछ?

एउटा मात्र सरकार

चाँडै ईश्‍वरको स्वर्गीय सरकारले सारा मानिसजातिमाथि शासन गर्न थाल्नेछ। त्यसबेला मानिसहरू पृथ्वीमा मिलेर बस्नेछन्‌ र असल अनि सन्तोषजनक काम गर्नेछन्‌। ईश्‍वरले पृथ्वीमाथि शासन गर्न येसु ख्रिष्टलाई नियुक्‍त गर्नुभएको छ। येसु आजका शासकहरूजस्तो हुनुहुन्‍न, बरु उहाँ सधैँ आफ्नो प्रजाको भलाइबारे सोच्नुहुन्छ। उहाँको शासन प्रेममा आधारित हुनेछ अनि उहाँ दयालु, कृपालु र न्यायी राजा हुनुहुनेछ।—यसैया ११:४.

अन्तरराष्ट्रिय भाइचारा

नयाँ संसारमा साथीहरूको एउटा समूह सँगै बसेर खाना खाँदै छन्‌।

पृथ्वीको नयाँ मानव समाज राष्ट्र वा जातिले गर्दा विभाजित हुनेछैन। सबै जना मिलेर बस्नेछन्‌। (प्रकाश ७:९, १०) पृथ्वीमा भएका सबै मानिसले ईश्‍वरलाई र आफ्ना छिमेकीहरूलाई प्रेम गर्नेछन्‌ अनि तिनीहरूले मिलीजुली पृथ्वीको रेखदेख गर्ने ईश्‍वरको सुरुको उद्देश्‍य पूरा गर्न काम गर्नेछन्‌।—भजन ११५:१६.

प्रकृतिमा सन्तुलन

ईश्‍वरको राज्यले पृथ्वीमा शासन थालेपछि उहाँले प्राकृतिक प्रकोपहरू हटाउनुहुनेछ। (भजन २४:१, २) पृथ्वीमा हुनुहुँदा येसुले एउटा शक्‍तिशाली आँधीलाई शान्त पार्नुभएर ईश्‍वरले उहाँलाई दिनुभएको शक्‍ति प्रदर्शन गर्नुभयो। (मर्कुस ४:३९, ४१) ख्रिष्टको शासनमा कसैले पनि प्राकृतिक प्रकोपको चिन्ता गर्नुपर्नेछैन। ईश्‍वरको राज्यले शासन गर्न थालेपछि हामी जङ्‌गली जनावरहरूसित डराउनुपर्नेछैन र कसैले पनि वातावरणलाई हानि पुऱ्‍याउनेछैन।—होसे २:१८.

सुस्वास्थ्य र प्रशस्त खानेकुरा

सबै जना स्वस्थ हुनेछन्‌। कोही पनि बिरामी हुनेछैन, बूढो हुनेछैन वा मर्नेछैन। (यसैया ३५:५, ६) मानिसहरूले सुन्दर र स्वच्छ वातावरणको आनन्द उठाउनेछन्‌, जस्तो प्रथम मानव दम्पतीले अदनको बगैँचामा उठाएका थिए। अदनको बगैँचामा जस्तै नयाँ संसारमा पनि प्रशस्त उब्जनी हुनेछ। (उत्पत्ति २:९) पुरातन समयमा ईश्‍वरले रोज्नुभएको जाति इस्राएलीहरूलाई जस्तै नयाँ संसारमा पनि कसैलाई “खानेकुराको कुनै अभाव हुनेछैन।”—लेवी २६:४, ५.

किसिम-किसिमका फलफूल, तरकारी र पाउरोटी।

साँचो शान्ति र सुरक्षा

ईश्‍वरको शासनअन्तर्गत सबैले शान्तिको आनन्द उठाउनेछन्‌ अनि एकअर्कालाई दयालु र निष्पक्ष व्यवहार गर्नेछन्‌। त्यसबेला युद्ध हुनेछैन, शक्‍तिको दुरुपयोग हुनेछैन र सबैको आधारभूत आवश्‍यकता पूरा हुनेछ। बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ: “तिनीहरू प्रत्येक आ-आफ्नो अङ्‌गुरको बोट र आ-आफ्नो अन्जिरको बोटमुनि बस्नेछन्‌ अनि कसैले पनि तिनीहरूलाई तर्साउनेछैन।”—मिका ४:३, ४.

आवास र सन्तोषजनक काम

सबैको आ-आफ्नै घर हुनेछ र कसैले पनि त्यो गुमाउनुपर्ला भनेर चिन्ता गर्नुपर्नेछैन। हामीले आफ्नो कामबाट सन्तुष्टि पाउनेछौँ। ईश्‍वरले ल्याउनुहुने नयाँ संसारमा जीवन बिताउनेहरू कसैको “परिश्रम खेर जानेछैन” भनेर बाइबल बताउँछ।—यसैया ६५:२१-२३.

उत्कृष्ट शिक्षा

बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ: “पृथ्वी यहोवाको ज्ञानले भरिनेछ।” (यसैया ११:९) ईश्‍वरको राज्यअन्तर्गत जीवन बिताउनेहरूले तिनीहरूको सृष्टिकर्ता यहोवाको अथाह बुद्धिबाट र उहाँको सुन्दर सृष्टिबाट सिक्नेछन्‌। तिनीहरूले आफ्नो बुद्धि हातहतियार बनाउन वा अरूलाई हानि पुऱ्‍याउन चलाउनेछैनन्‌। (यसैया २:४) बरु तिनीहरूले एकअर्कासित शान्तिमा बस्न र पृथ्वीको रेखदेख गर्न सिक्नेछन्‌।—भजन ३७:११.

अनन्त जीवन

हामीले हरेक दिन जीवनको आनन्द उठाउन सकौँ भनेर ईश्‍वरले निकै विचार पुऱ्‍याउनुभएर पृथ्वी सृष्टि गर्नुभयो। मानिसहरू सधैँभरि पृथ्वीमा बाँचेको उहाँ चाहनुहुन्छ। (भजन ३७:२९; यसैया ४५:१८) आफ्नो सुरुको उद्देश्‍य पूरा गर्न ईश्‍वरले “मृत्युलाई सधैँको निम्ति निल्नुहुनेछ।” (यसैया २५:८) “मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन” भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ। (प्रकाश २१:४) ईश्‍वरले यस दुष्ट संसारको विनाश हुँदा जोगिनेहरूलाई र आउँदै गरेको नयाँ संसारमा उहाँले फेरि जीवित पार्नुहुने अनगिन्ती मानिसहरूलाई सधैँभरि जिउने मौका दिनुहुनेछ।—युहन्‍ना ५:२८, २९; प्रेषित २४:१५.

मानिसहरू फेरि जीवित भएका आफ्ना साथीहरू र परिवारका सदस्यहरूलाई अँगालो हाल्दै छन्‌।

अहिले पनि संसारभरि लाखौँ मानिसहरू चाँडै आउँदै गरेको ईश्‍वरको राज्यमा जीवन जिउनको लागि तयारी गर्दैछन्‌। त्रुटिपूर्ण भए तापनि तिनीहरूले अहिलेदेखि नै ईश्‍वरले चाहनुहुने तरिकामा जीवन जिउन सिकिरहेका छन्‌। कसरी? यहोवा परमेश्‍वर र उहाँले पठाउनुभएको येसु ख्रिष्टबारे सिकेर।—युहन्‍ना १७:३.

यस संसारको विनाश हुँदा तपाईँ कसरी जोगिन सक्नुहुन्छ र चाँडै आउँदै गरेको सुन्दर संसारमा कसरी जिउन सक्नुहुन्छ भन्‍नेबारे अझ धेरै सिक्नुहोस्‌। कुनै एक जना यहोवाको साक्षीसित सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबबाट निश्‍शुल्क बाइबल अध्ययन गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने