प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 १/१ pp. ७-८
  • गरिबहरूका लागि सुसमाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गरिबहरूका लागि सुसमाचार
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सुसमाचार के हो?
  • चाँडै, कोही गरिब हुनेछैन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • गरिबी नामेट पार्ने प्रयास
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • येशूको उदाहरण पछ्याउनुहोस्‌ र गरिबहरूलाई चासो देखाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • गरिबी मुक्‍त संसार नजिकै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 १/१ pp. ७-८

गरिबहरूका लागि सुसमाचार

परमेश्‍वरको वचन हामीलाई यस्तो आश्‍वासन दिन्छ: “उहाँले दरिद्रहरूलाई सधैंभरि बिर्सनुहुनेछैन।” (भजन ९:१८) हाम्रो सृष्टिकर्ताबारे बाइबल यसो पनि भन्छ: “तपाईंले आफ्नो मुठी खोल्नुहुन्छ, र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।” (भजन १४५:१६) परमेश्‍वरको वचनमा बताइएको यो आशा केवल सपना मात्र होइन। गरिबी नामेट पार्न जे चाहिन्छ, सो सर्वशक्‍तिमान्‌ परमेश्‍वरले प्रबन्ध गर्न सक्नुहुन्छ। गरिबहरूलाई के चाहिन्छ?

एक अफ्रिकी अर्थशास्त्रीले बताएअनुसार गरिब राष्ट्रहरूलाई वास्तवमा “दयालु तानाशाह” चाहिन्छ। यसको मतलब हो, गरिबी नामेट पार्न अख्तियारप्राप्त व्यक्‍ति चाहिन्छ र तिनी दयालु हुनुपर्छ। हामी यो पनि थप्न सक्छौं, गरिबी नामेट पार्ने शासक, विश्‍व शासक हुनुपर्छ किनभने चरम गरिबी अक्सर सबै राष्ट्रले समान सुविधा र अवसरहरू नपाउनाले हुन्छ। साथै, गरिबी नामेट पार्न सक्ने शासक गरिबीको जड अर्थात्‌ हाम्रो स्वार्थी स्वभाव हटाउन पनि केही कदम चाल्न सक्ने हुनुपर्छ। त्यस्तो योग्य शासक कहाँ पाउन सकिन्छ?

परमेश्‍वरले गरिबहरूलाई सुसमाचार सुनाउन येशूलाई पठाउनुभयो। परमेश्‍वरबाट प्राप्त आदेशबारे उहाँले यसो भन्‍नुभयो: “यहोवाको पवित्र शक्‍ति ममाथि छ। किनकि गरिबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।”—लूका ४:१६-१८.

सुसमाचार के हो?

परमेश्‍वरले येशूलाई राजाको रूपमा नियुक्‍त गर्नुभएको छ। यो सुसमाचार हो। उहाँ गरिबी नामेट पार्न सबैभन्दा उपयुक्‍त शासक हुनुहुन्छ। किन? (१) उहाँले सम्पूर्ण मानिसजातिमाथि शासन गर्नुहुन्छ र उहाँसित अख्तियार छ (२) उहाँ गरिबहरूप्रति दयालु व्यवहार गर्नुहुन्छ र आफ्ना चेलाहरूलाई पनि गरिबहरूको हेरचाह गर्न सिकाउनुहुन्छ (३) उहाँले गरिबीको जड अर्थात्‌ स्वार्थी व्यवहार गर्ने हाम्रो जन्मजात झुकावलाई नामेट पार्न सक्नुहुन्छ। आउनुहोस्‌, यस सुसमाचारका यी तीन वटा पक्ष केलाऔं।

१. सबै राष्ट्रमाथि येशूको अख्तियार परमेश्‍वरको वचनले येशूबारे यसो भन्छ: “विभिन्‍न भाषा बोल्ने सबै जातिका मानिसहरूले उहाँको सेवा गरून्‌ भनेर उहाँलाई सर्वाधिकार . . . दिइयो।” (दानियल ७:१४) सम्पूर्ण मानिसजातिमाथि एउटै सरकार हुँदा कस्तो अवस्था होला, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? प्राकृतिक स्रोतसाधनको लागि राष्ट्रहरूबीच खिचातानी र कलह हुनेछैन। सबैले समान लाभ उठाउनेछन्‌। येशूले आफू अख्तियार चलाउन सक्ने विश्‍व शासक हुनेछु भनी आश्‍वासन दिनुभएको छ। उहाँले यस्तो घोषणा गर्नुभयो: “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ।”—मत्ती २८:१८.

२. गरिबहरूप्रति येशूको दया पृथ्वीमा सेवाको काम गरुन्जेल येशूले गरिबहरूप्रति दया देखाउनुभयो। उदाहरणको लागि, स्वास्थ्य उपचारमा आफ्नो सारा सम्पत्ति खर्च गरिसकेकी स्त्रीले निको हुने आशामा येशूको लुगा छोई। उसलाई रगत बेग्ने व्यथाले च्यापेको १२ वर्ष भइसकेकोले पक्कै पनि उसको शरीरमा रगत ज्यादै कम थियो। व्यवस्थाअनुसार उसले छुनेजति सबै अशुद्ध हुनेथिए। तर येशूले ऊप्रति दया देखाउनुभयो। उहाँले भन्‍नुभयो: “नानी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ। ढुक्क भएर जाऊ, तिम्रो रोग निको भयो।”—मर्कूस ५:२५-३४.

येशूको शिक्षाले मानिसको मन परिवर्तन गर्न सक्छ। त्यसैले तिनीहरूले पनि दयालु व्यवहार गर्न सक्छन्‌। उदाहरणको लागि, परमेश्‍वरलाई कसरी खुसी बनाउने भनी जान्‍न चाहने मानिसलाई येशूले दिनुभएको जवाफ विचार गर्नुहोस्‌। हामीले आफ्नो छिमेकीलाई प्रेम गरेको परमेश्‍वर चाहनुहुन्छ भनी ती मानिसलाई थाह थियो तैपनि तिनले येशूलाई सोधे: “वास्तवमा मेरो छिमेकी को हो?”

यसको जवाफमा येशूले यरूशलेमबाट यरिहोतिर यात्रा गरिरहेको मानिसबारे प्रख्यात दृष्टान्त सुनाउनुभयो जसलाई डाँकुहरूले हमला गरेर “अधमरो” छोडे। त्यही बाटो भएर गइरहेका पुजारी उसलाई देख्नेबित्तिकै पारिपट्टी गयो। एक जना लेवीले पनि त्यसै गऱ्‍यो। “एक जना सामरी पनि त्यही बाटो भएर यात्रा गरिरहेको थियो। अनि त्यहाँ पुगेपछि उसलाई देख्नेबित्तिकै टिठायो।” उसले त्यस घाइतेको घाउमा मलहम पट्टी लगाएर पौवामा लग्यो। अनि त्यसको स्याहार-सुसार गर्न पौवाको मालिकलाई पैसा तिऱ्‍यो। येशूले सोध्नुभयो: “कोचाहिं डाँकुहरूको फेला पर्ने त्यस मानिसको छिमेकी ठहरियो?” जवाफ थियो: “जसले ऊसित कृपालु व्यवहार गऱ्‍यो।” तब येशूले भन्‍नुभयो: “जाऊ, तिमी पनि त्यसै गर।”—लूका १०:२५-३७.

यहोवाका साक्षी बन्‍ने मानिसहरूले येशूका यस्ता शिक्षाहरू पढ्‌छन्‌ अनि खाँचोमा परेकाहरूलाई मदत गर्ने सन्दर्भमा आफ्नो मनोवृत्ति परिवर्तन गर्छन्‌। उदाहरणको लागि, सोभियत सङ्‌घको झ्यालखानाका महिलाहरू (अङ्‌ग्रेजी) भन्‍ने पुस्तककी लाट्‌भियन लेखिकाले सन्‌ १९६० दशकको बीचतिर पोट्‌मा बन्दी गृहमा काम गर्दा आफू बिरामी परेको विषयमा लेखिन्‌। उनले लेखिन्‌: “म बिरामी छँदा साक्षीहरूले दिन-रात मेरो स्याहार-सुसार गरे। मैले अरूबाट यो भन्दा राम्रो सेवा पाउने आसै नगरे हुन्थ्यो। . . . अरूको धर्म वा राष्ट्रियता जेसुकै भए तापनि यहोवाका साक्षीहरू अरूलाई मदत गर्नु आफ्नो कर्तव्य ठान्छन्‌।”

अर्थव्यवस्था ओह्रालो लाग्दा इक्वेडरको आन्कोन सहरका केही यहोवाका साक्षी बेरोजगार वा आयस्रोतविहीन भए। सँगी साक्षीहरूले तिनीहरूका लागि पैसा उठाउन एउटा तरिका अपनाए। यी साक्षीहरूले रातभरि माछा मारेर फर्कने मछुवाहरूको लागि खाना पकाएर बेचे। (सँगैको चित्रमा देखाइएको छ।) मण्डलीका केटाकेटीलगायत सबैले सहयोग गरे। तिनीहरू राती एक बजे काम थाल्थे अनि बिहान चार बजे डुङ्‌गाहरू फर्कंदा खाना तयार भइसकेको हुन्थ्यो। यसरी साक्षीहरूले जम्मा गरेको पैसा प्रत्येकको आवश्‍यकताअनुसार वितरण गरियो।

यस्ता अनुभवहरूले देखाउँछ, खाँचोमा परेकाहरूलाई मदत गर्न मानिसहरूको मनोवृत्ति परिवर्तन गर्ने शक्‍ति येशूको उदाहरण र शिक्षामा छ।

३. मानिसको जन्मजात स्वार्थी झुकाव परिवर्तन गर्ने येशूको शक्‍ति मानिसहरू स्वार्थी हुन्छन्‌ भनी हामी सबैलाई थाह छ। बाइबलले यसलाई पाप भन्छ। प्रेषित पावलले पनि यस्तो लेखे: “त्यसैले ममा एउटा यस्तो नियम भएको म पाउँछु: जब म जे ठीक छ त्यो गर्न चाहन्छु, तब ममा खराबी हाजिर हुँदो रहेछ।” तिनले थप यसो लेखे: “मृत्युतर्फ धकेलिंदै गरेको यो शरीरबाट मलाई कसले छुटाउला? हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्‍वरलाई धन्यवाद होस्‌!” (रोमी ७:२१-२५) यहाँ पावलले परमेश्‍वरले कसरी येशू ख्रीष्टद्वारा साँचो उपासकहरूलाई तिनीहरूको जन्मजात पापी झुकावबाट छुटकारा दिनुहुनेछ भनी बताए। ती पापी झुकावमध्ये एक, स्वार्थी झुकाव हो। अनि यो नै गरिबीको जड हो। यस्तो झुकावबाट कसरी छुटकारा पाइनेछ?

येशूको बप्तिस्मा भएको केही समयपछि बप्तिस्मा गराउने यूहन्‍नाले येशूलाई यसरी चिनाए: “हेर, परमेश्‍वरको थुमा जसले संसारको पाप हटाउनुहुन्छ!” (यूहन्‍ना १:२९) चाँडै, आफ्नै स्वार्थ पूरा गर्न खोज्ने झुकावलगायत सम्पूर्ण जन्मजात पापबाट मुक्‍त मानिसहरूले पृथ्वी भरिनेछ। (यशैया ११:९) येशूले गरिबीको जडलाई नामेट पारिसक्नुभएको हुनेछ।

आफूलाई आवश्‍यक कुरा सबैसित हुने समयबारे सोच्दा मात्र पनि मन कस्तो हलुका हुन्छ! परमेश्‍वरको वचन भन्छ: “तिनीहरूको हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन।” (मीका ४:४) यी शब्दहरूले कवितामय ढङ्‌गमा भावी समयबारे बताउँछ जब सबैसित सन्तोषजनक काम हुनेछ, सुरक्षित अवस्था हुनेछ अनि गरिबीरहित संसारमा आनन्द उठाउने भरपूर मौका हुनेछ। यी सबको परिणामस्वरूप यहोवाको प्रशंसा हुनेछ। (w11-E 06/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने