प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 १०/१ pp. २०-२१
  • मृतकहरूका लागि के कुनै आशा छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मृतकहरूका लागि के कुनै आशा छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • मरिसकेकाहरूको लागि कस्तो आशा छ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • हाम्रा प्रिय मृतजनहरूलाई के हुन्छ?
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • मरिसकेका प्रियजनहरूका लागि साँचो आशा
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन्‌!
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 १०/१ pp. २०-२१

पवित्र शास्त्रबाट सिक्नुहोस्‌

मृतकहरूका लागि के कुनै आशा छ?

यस लेखमा तपाईंको मनमा उठ्‌न सक्ने प्रश्‍नहरूको छलफल गरिएको छ। साथै ती प्रश्‍नहरूको जवाफ बाइबलमा कहाँ पाउन सक्नुहुन्छ भनेर पनि यसमा बताइएको छ। यहोवाका साक्षीहरू यी प्रश्‍नका जवाफहरू तपाईंसित छलफल गर्न खुसी हुनेछन्‌।

१. मृतकहरूका लागि कस्तो आशा छ?

येशू यरूशलेम नजिकै रहेको बेथानी आइपुग्दा उहाँको साथी लाजरसको मृत्यु भएको चार दिन भइसकेको थियो। मृतकका दिदीहरू मार्था र मरियमसँगै उहाँ चिहानतिर जानुभयो। छिट्टै नै त्यहाँ मानिसहरूको भीड लाग्यो। येशूले लाजरसलाई फेरि जीवित पार्नुहुँदा मार्था र मरियम कत्ति खुसी भए होलान्‌, के तपाईं कल्पना गर्न सक्नुहुन्छ?—यूहन्‍ना ११:२०-२४, ३८-४४ पढ्‌नुहोस्‌।

मृतकहरू फेरि जीवित हुन्छन्‌ भनेर मार्था विश्‍वास गर्थिन्‌। भविष्यमा परमेश्‍वरले पृथ्वीमा बस्नको लागि मृतकहरूलाई पुनर्जीवित पार्नुहुनेछ भनेर यहोवाका वफादार सेवकहरूले धेरै अघिदेखि नै विश्‍वास गर्दै आएका छन्‌।—अय्यूब १४:१४, १५ पढ्‌नुहोस्‌।

२. मृतकहरू कस्तो अवस्थामा छन्‌?

मानिसमा अमर प्राण वा आत्मा छैन। (इजकिएल १८:४) हामी माटोबाट बनाइएका हौं। (उत्पत्ति २:७; ३:१९) हाम्रो मस्तिष्क मरेपछि हाम्रा विचारहरू पनि सँगसँगै बिलाएर जान्छन्‌। पुनर्जीवित भएका लाजरसले मृत्युमा के-कस्तो अनुभव भयो भनेर केही पनि बताएनन्‌ किनकि मरेकाहरूमा चेतना हुँदैन।—भजन १४६:४; उपदेशक ९:५, १० पढ्‌नुहोस्‌।

कुरा स्पष्ट छ, मृतकहरूले कुनै पीडा महसुस गर्न सक्दैनन्‌। त्यसैले मानिस मरिसकेपछि परमेश्‍वरले सास्ती दिनुहुन्छ भन्‍ने कुरा झूटो हो। यस्तो शिक्षाले त परमेश्‍वरको बदनाम गर्छ। मानिसहरूलाई नरकको आगोमा सास्ती दिने धारणा परमेश्‍वरको निम्ति घिनलाग्दो छ।—यर्मिया ३२:३५ पढ्‌नुहोस्‌।

३. हामी मृतकहरूसित कुरा गर्न सक्छौं?

मरेकाहरूले कुरा गर्न सक्दैनन्‌। (भजन ११५:१७) तर दुष्ट स्वर्गदूतहरू मृतकको आत्मा भएको ढोङ गर्दै मानिससित कुरा गर्छन्‌। (२ पत्रुस २:४) मृतकहरूसित कुरा गर्न खोज्नुलाई यहोवाले निषेध गर्नुभएको छ।—व्यवस्था १८:१०, ११ पढ्‌नुहोस्‌।

४. को-को पुनर्जीवित हुनेछन्‌?

आउँदै गरेको नयाँ संसारमा लाखौं मृत मानिस फेरि जीवित हुनेछन्‌। यहोवालाई नचिनेकोले खराब काम गरेका मानिसलाई पनि पुनर्जीवित पारिनेछ।—लूका २३:४३; प्रेषित २४:१५ पढ्‌नुहोस्‌।

पुनर्जीवित भएकाहरूले परमेश्‍वरबारे साँचो कुरा सिक्न र येशूप्रति आज्ञाकारी भएर उहाँमाथि विश्‍वास गरेको देखाउन सक्नेछन्‌। (प्रकाश २०:११-१३) यसरी पुनर्जीवित हुनेहरूमध्ये असल काम गर्नेहरूले पृथ्वीमा सधैंभरि जीवनको आनन्द उठाउन सक्नेछन्‌। तर पुनर्जीवित हुनेहरूमध्ये कोही-कोहीले भने खराब काम गरिनै रहनेछन्‌। यस्ताहरूलाई तिनीहरूको खराब कामको आधारमा न्याय गरिने भएकोले तिनीहरू “न्याय गरिनको लागि पुनर्जीवित” भएका हुनेछन्‌।—यूहन्‍ना ५:२८, २९ पढ्‌नुहोस्‌।

५. पुनर्जीवनको आशाबाट हामी यहोवाबारे के सिक्न सक्छौं?

परमेश्‍वरले आफ्नो छोरालाई हाम्रो निम्ति मर्न पठाउनुभएकोले मात्र पुनर्जीवन सम्भव भएको हो। त्यसैले यो यहोवाको प्रेम र असीम अनुग्रहको अभिव्यक्‍ति हो।—यूहन्‍ना ३:१६; रोमी ६:२३ पढ्‌नुहोस्‌। ( w11 -E 06/01)

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ६ र ७ हेर्नुहोस्‌।

[पृष्ठ २०-मा भएको चित्र]

आदम माटोबाट बनाइएका थिए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने