प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • fg lesson ६ ques. १-५
  • मरिसकेकाहरूको लागि कस्तो आशा छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मरिसकेकाहरूको लागि कस्तो आशा छ?
  • परमेश्‍वरबाट आएको सुसमाचार!
  • मिल्दोजुल्दो सामग्री
  • मृतकहरूका लागि के कुनै आशा छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • हाम्रा प्रिय मृतजनहरूलाई के हुन्छ?
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • मरेपछि हामीलाई के हुन्छ?
    महान्‌ शिक्षकबाट सिकौं
  • मृतावस्था हुँदा के हुन्छ?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
परमेश्‍वरबाट आएको सुसमाचार!
fg lesson ६ ques. १-५

पाठ ६

मरिसकेकाहरूको लागि कस्तो आशा छ?

१. मरिसकेकाहरूको विषयमा बाइबलमा कस्तो सुसमाचार पाइन्छ?

फेरि जीवित भएका लाजरसलाई तिनका दिदीहरू मार्था र मरियमले स्वागत गर्दै

येसु पृथ्वीमा हुनुहुँदा उहाँको साथी लाजरसको मृत्यु भयो। तिनी यरुसलेमनजिकै बेथानिमा बस्थे। येसु त्यहाँ पुग्दा लाजरस मरेको चार दिन भइसकेको थियो। लाजरसका दिदीहरू मार्था र मरियमसँगै येसु चिहानमा जानुभयो। केही बेरमै भीड जम्मा भयो। येसुले लाजरसलाई जीवित पार्नुहुँदा मार्था र मरियम कत्ति खुसी भए होलान्‌!—युहन्‍ना ११:२१-२४, ३८-४४ पढ्‌नुहोस्‌।

यहोवा परमेश्‍वरले मरिसकेकाहरूलाई फेरि जीवित पार्नुहुनेछ भन्‍ने सुसमाचार मार्थालाई पहिला नै थाह थियो।—अय्युब १४:१४, १५ पढ्‌नुहोस्‌।

२. मरिसकेकाहरू कस्तो अवस्थामा छन्‌?

आदमको सृष्टि र पछि तिनको मृत्यु

परमेश्‍वरले आदमलाई भन्‍नुभयो: “तिमी माटै हौ र माटोमै मिल्नेछौ।”—उत्पत्ति ३:१९.

मानिसहरूलाई माटोबाट बनाइएको हो। (उत्पत्ति २:७; ३:१९) हामीभित्र जीवित रहिरहने कुनै आत्मा छैन। हामी भौतिक जीव हौँ, त्यसैले मरिसकेपछि हाम्रो कुनै पनि भाग जीवित रहँदैन। हामी मर्दा हाम्रो मस्तिष्क पनि मर्छ र हामीमा सोचविचार गर्ने क्षमता बाँकी रहँदैन। मरेकाहरूलाई केही थाह हुँदैन। त्यसैकारण लाजरसले मरेपछिको आफ्नो अनुभवबारे केही बताएनन्‌।—भजन १४६:४; उपदेशक ९:५, ६, १० पढ्‌नुहोस्‌।

मानिस मरेपछि के परमेश्‍वरले उसलाई अग्निकुण्डमा सास्ती दिनुहुन्छ? बाइबलले बताएअनुसार मरेकाहरूलाई केही थाह हुँदैन। त्यसैले नरकको शिक्षा सरासर झूटो हो। यस्तो शिक्षाले परमेश्‍वरको बदनाम गर्छ। मानिसहरूलाई अग्निकुण्डमा सास्ती दिने कुरा उहाँ सोच्न समेत सक्नुहुन्‍न।—यर्मिया ७:३१ पढ्‌नुहोस्‌।

मरिसकेकाहरूको अवस्था कस्तो छ? भन्‍ने भिडियो हेर्नुहोस्‌

३. के मरिसकेकाहरू हामीसित कुरा गर्न सक्छन्‌?

मरिसकेकाहरू न बोल्न सक्छन्‌, न सुन्‍न सक्छन्‌। (भजन ११५:१७) तर केही दुष्ट स्वर्गदूतहरू आफू मरिसकेको व्यक्‍ति भई टोपलेर मानिसहरूसित कुरा गर्छन्‌। (२ पत्रुस २:४) यहोवाले मरिसकेकाहरूसित कुरा गर्न नखोज्नू भन्‍नुभएको छ।—व्यवस्था १८:१०, ११ पढ्‌नुहोस्‌।

४. को-को फेरि जीवित हुनेछन्‌?

प्रमोदवनमा फेरि जीवित भएको एक जना मानिसले परमेश्‍वरको विषयमा सिक्छ। त्यसपछि उसले फेरि जीवित भएका अरू मानिसहरूलाई सिकाउँछ।

मरिसकेका लाखौँ मानिस पृथ्वीमा फेरि जीवित हुनेछन्‌। परमेश्‍वरलाई नचिनेका र खराब काम गर्ने कोही-कोहीले पनि फेरि जीवित हुने मौका पाउनेछन्‌।—लुका २३:४३; प्रेषित २४:१५ पढ्‌नुहोस्‌।

फेरि जीवित भएकाहरूले परमेश्‍वरबारे साँचो कुरा सिक्न र येसुप्रति आज्ञाकारी भएर उहाँमाथि विश्‍वास गरेको देखाउन सक्नेछन्‌। (प्रकाश २०:११-१३) तिनीहरूमध्ये ज-जसले असल काम गर्छन्‌, तिनीहरूले पृथ्वीमा सधैँभरि जीवनको आनन्द उठाउन सक्नेछन्‌।—युहन्‍ना ५:२८, २९ पढ्‌नुहोस्‌।

५. फेरि जीवित हुने आशाबाट हामी यहोवाबारे के सिक्न सक्छौँ?

परमेश्‍वरले आफ्नो छोरालाई हाम्रो निम्ति मर्न पठाउनुभएकोले मरिसकेकाहरूले फेरि जीवित हुने आशा पाउन सकेका हुन्‌। त्यसैले यस आशाबाट यहोवा हामीलाई धेरै माया गर्नुहुन्छ र असीम अनुग्रह देखाउनुहुन्छ भनेर बुझ्न सक्छौँ। मरिसकेकाहरू फेरि जीवित हुँदा तपाईँ कसलाई भेट्‌न चाहनुहुन्छ?—युहन्‍ना ३:१६; रोमी ६:२३ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि बाइबलले हामीलाई के सिकाउँछ? किताबको अध्याय ६, ७ र १० हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने