प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 १२/१५ p. ३१
  • के तपाईंलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको भवनमा हरियो भद्राक्षको रूख
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • येसु मन्दिर सफा गर्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 १२/१५ p. ३१

के तपाईंलाई थाह थियो?

यरूशलेमको मन्दिरमा पैसा साट्‌नेहरू किन थिए?

▪ आफ्नो मृत्युभन्दा केही अघि येशूले मन्दिरमा भइरहेको घोर अन्यायबारे बताउनुभयो। त्यसबारे बाइबलले यसो भन्छ: “येशू मन्दिरभित्र पस्नुभयो र त्यहाँ किनबेच गरिरहेकाहरू सबैलाई बाहिर लघार्नुभयो। उहाँले पैसा साट्‌नेहरूको टेबुल अनि ढुकुर बेच्नेहरूको बेन्च पनि पल्टाइदिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: ‘ “मेरो घर प्रार्थनाको घर कहलाइनेछ” भनेर धर्मशास्त्रमा लेखिएको छ। तर तिमीहरू यसलाई डाँकुहरूको ओडार बनाउँदैछौ।’ ”—मत्ती २१:१२, १३.

प्रथम शताब्दीका यहूदीहरू अनि धर्म परिवर्तन गरेर यहूदी बनेकाहरू विभिन्‍न ठाउँ अनि सहरबाट यरूशलेमको मन्दिरमा आउँथे। त्यहाँ आउँदा तिनीहरूले आफ्नै ठाउँको सिक्का बोकेर आएका हुन्थे। तर मन्दिरको वार्षिक कर तिर्न, बलिदान चढाउने जनावरहरू किन्‍न र अरू स्वेच्छिक बलिदानहरू चढाउन यरूशलेममा चल्ने पैसा नै चाहिन्थ्यो। त्यसकारण पैसा साट्‌नेहरूले केही शुल्क लिएर विभिन्‍न ठाउँका सिक्कालाई यरूशलेममा चल्ने पैसासँग साटिदिन्थे। यहूदी चाड नजिकिंदै जाँदा, पैसा साट्‌नेहरूले मन्दिरमा रहेको अन्यजातिहरूको चोकमा आफ्नो टेबुल लैजान्थे।

पैसा साट्‌नेहरूले मन्दिरलाई “डाँकुहरूको ओडार” बनाउँदैछन्‌ भनेर येशूले विरोध गर्नुले के देखाउँछ भने तिनीहरूले पैसा साट्‌नको लागि अत्यधिक शुल्क लिन्थे। ( w11-E 10/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने