प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 १०/१ p. ४
  • अचूक भविष्यवाणी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अचूक भविष्यवाणी
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • संसारलाई कसले शासन गर्नेछ?
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • हाम्रो दिनको लागि परमेश्‍वरको भविष्यसूचक वचनमा ध्यान दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • ख९ दानिएलको भविष्यवाणीका विश्‍वशक्‍तिहरू
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • भरोसायोग्य पूर्वानुमानहरूको खोजमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 १०/१ p. ४

अचूक भविष्यवाणी

“परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन।”—यहोशू २३:१४.

बाइबल किन भिन्‍न? उहिले-उहिलेका ज्योतिषीहरूका भविष्यवाणीहरू स्पष्ट र भरपर्दा थिएनन्‌ भनेर सबैलाई थाहै छ। अहिले पनि कुरा त्यस्तै हो। जस्तै:- राशिफल। ज्योतिषीहरू वर्तमान परिस्थितिको आधारमा पूर्वानुमान गर्छन्‌ र सयौं वर्षपछि हुने खास घटनाबारे समेत कहिलेकाहीं पूर्वानुमान गर्छन्‌। यसको विपरीत बाइबलका भविष्यवाणीहरू स्पष्ट अनि विस्तृत छन्‌ र “प्राचीन समयदेखि अहिलेसम्म नभएका कुराहरू”-बारे गरिएका भविष्यवाणीहरूसमेत सधैं पूरा हुन्छन्‌।—यशैया ४६:१०.

एउटा उदाहरण: ई.पू. छैटौं शताब्दीमा भविष्यवक्‍ता दानियलले एउटा दर्शन देखे। उक्‍त दर्शनअनुसार युनानले तेज रफ्तारमा अघि बढेर मादी-फारसलाई पराजित गर्ने थियो। साथै युनानका विजयी राजा “शक्‍तिशाली” भएलगत्तै तिनको राज्य ‘भाँचिने थियो’ अर्थात्‌ विभाजित हुने थियो भनेर तिनले दर्शनमा देखेका थिए। तिनको ठाउँ कसले लिने थियो? दानियलले लेखे: “चार राज्यहरू . . . त्यस [राज्य]बाट खडा हुनेछन्‌। तर तुलनामा त्यसको जत्तिकै पराक्रम हुनेछैन।”—दानियल ८:५-८, २०-२२.

इतिहासकारहरू के भन्छन्‌? दानियलको समयभन्दा २०० वर्षपछि महान्‌ सिकन्दर युनानका राजा भए। दस वर्षभित्रै सिकन्दरले मादी-फारसी साम्राज्यलाई पराजित गर्नुका साथै युनानी साम्राज्यको सीमा सिन्धु नदीसम्मै (अहिलेको पाकिस्तान) पुऱ्‍याए। तर अचानक तिनी ३२ वर्षको उमेरमा मरे। अन्ततः एसिया माइनरको इप्ससनजिकै भएको युद्धले गर्दा तिनको साम्राज्य टुक्रिन थाल्यो। त्यस युद्धका चार विजेताले युनानी साम्राज्यलाई चार भागमा बाँडे। तर तिनीहरूमध्ये कोही पनि सिकन्दर जति शक्‍तिशाली हुन सकेनन्‌।

तपाईंलाई कस्तो लाग्यो? यस्तो अचूक भविष्यवाणी गर्न सक्ने अरू कुनै किताब छ? अथवा बाइबल नै उत्कृष्ट छ? (w12-E 06/01)

[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]

“बाइबल भविष्यवाणीहरू . . . संयोगले मात्र पूरा भएका हुन सक्दैनन्‌।”—वकिल बाइबल जाँच्छन्‌, अर्विन एच, लिन्टनको अङ्‌ग्रेजी पुस्तक

[पृष्ठ ४-मा भएको चित्रको स्रोत]

© Robert Harding Picture Library/SuperStock

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने