प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 नोभेम्बर pp. १९-२०
  • “यो काम महान्‌ छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “यो काम महान्‌ छ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको उदारताको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • राजीखुसीले दिनेलाई यहोवा प्रशस्त आशिष्‌ दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • तिनीहरूको प्रशस्तताबाट खाँचो टऱ्‍यो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • अरूको आवश्‍यकता पूरा गर्न कसरी मदत गर्न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 नोभेम्बर pp. १९-२०
राजा दाऊद मन्दिरको नक्सा देखाउँदै; एक जना भाइ नक्सा हेर्दै

“यो काम महान्‌ छ”

यरूशलेममा एउटा महत्त्वपूर्ण सभा आयोजना गरिएको छ। राजा दाऊदले सबै राजकुमार, अफिसर र वीर पुरुषहरूलाई भेला गराएका छन्‌। एउटा विशेष घोषणा सुनेर तिनीहरू सबै खुसीले गद्‌गद छन्‌। यहोवाले दाऊदको छोरा सुलेमानलाई एउटा अत्यन्तै भव्य भवन निर्माण गर्न अह्राउनुभएको छ। त्यो भवन साँचो परमेश्‍वरको उपासनाको लागि समर्पित हुनेछ। उमेर ढल्किसकेका इस्राएलका राजा दाऊदलाई यहोवाले नै त्यस भवनको नक्सा दिनुभएको छ। अनि त्यो नक्सा दाऊदले सुलेमानलाई दिएका छन्‌। दाऊद यसो भन्छन्‌, “यो काम महान्‌ छ। किनभने यो भवन मानिसको निम्ति होइन तर परमप्रभु परमेश्‍वरको निम्ति हो।”—१ इति. २८:१, २, ६, ११, १२; २९:१.

त्यसपछि दाऊद यो प्रश्‍न सोध्छन्‌: “अब मुठी खोलिकन आज परमप्रभुलाई दिन को राजी छ?” (१ इति. २९:५) तपाईं त्यहाँ भएको भए के गर्नुहुने थियो? के तपाईं त्यस महान्‌ कामलाई सघाउन अघि सर्नु हुनेथियो? इस्राएलीहरूले तुरुन्तै कदम चाले। “मानिसहरूले यसरी राजीखुशीसित दिएकोमा आनन्द मनाए। किनभने आफ्ना हृदयको भक्‍तिसाथ परमप्रभुको निम्ति तिनीहरूले राजीखुशीसित ती दिएका थिए।”—१ इति. २९:९.

सयौं वर्षपछि यहोवाले त्यस भव्य मन्दिरभन्दा अझ ठूलो कुरा अर्थात्‌ उहाँको महान्‌ आध्यात्मिक मन्दिर स्थापना गर्नुभयो। यो मन्दिर भनेको येशूको बलिदानको आधारमा यहोवालाई उपासना गर्ने प्रबन्ध हो। (हिब्रू ९:११, १२) आज यहोवाले कसरी मानिसहरूलाई आफूसित मिलाप गराउँदै हुनुहुन्छ? चेला बनाउने कामद्वारा। (मत्ती २८:१९, २०) यस कामले गर्दा वर्षेनी लाखौंले बाइबल अध्ययन गरिरहेका छन्‌, हजारौंले बप्तिस्मा गरिरहेका छन्‌ र सयौं नयाँ मण्डलीहरू स्थापना भइरहेका छन्‌।

यस्तो वृद्धिले गर्दा बाइबलआधारित प्रकाशनहरू अझ धेरै छाप्नु परेको छ, राज्यभवनको निर्माण र मर्मतसम्भार गर्नु परेको छ। अनि सम्मेलन र अधिवेशन स्थलहरूको आवश्‍यकता अझै बढेको छ। सुसमाचार प्रचार गर्ने यो काम के साँच्चै विशाल र इनामदायी छैन र?—मत्ती २४:१४.

यहोवा र छिमेकीप्रतिको प्रेम अनि राज्य प्रचारकार्यको महत्त्व बुझेकोले गर्दा परमेश्‍वरका सेवकहरू राजीखुसीसित अनुदान दिन्छन्‌, तिनीहरू ‘मुठी खोलेर परमप्रभुलाई दिन’ अग्रसर भएका छन्‌। यसरी “आफ्नो धन-सम्पत्तिले परमप्रभुको आदर” गर्न पाउनु अत्यन्तै खुसीको कुरा हो। मानव इतिहासमा भइरहेको सबैभन्दा महान्‌ काम सम्पन्‍न गर्न यी अनुदानहरू सही तरिकाले प्रयोग गरिएको देख्न पाउँदा हामी रमाउँछौं!—हितो. ३:९.

विश्‍वव्यापी कार्यका लागि अनुदान दिने तरिकाहरू

आज थुप्रैले “केही” पैसा ‘छुट्ट्याएर राख्छन्‌’ अनि “विश्‍वव्यापी कार्य” लेखिएको मण्डलीको अनुदान बाकसमा खसाल्छन्‌। (१ कोरि. १६:२) हरेक महिना मण्डलीहरूले यो पैसा आफ्नो देशमा रहेका यहोवाका साक्षीहरूको कार्यालयमा पठाउँछन्‌। यो अनुदान तपाईंले आफ्नो देशमा यहोवाका साक्षीहरूले प्रयोग गरिरहेको कानुनी संस्थामा सीधै पठाउन पनि सक्नुहुन्छ। तपाईंको देशमा यहोवाका साक्षीहरूले प्रयोग गरिरहेको कानुनी संस्थाको नाम थाह पाउन शाखा कार्यालयसित सम्पर्क राख्नुहोस्‌। ठेगानाको लागि www.jw.org/ne हेर्नुहोस्‌। तपाईंले सीधै पठाउन सक्ने अनुदान यसप्रकार छन्‌:

सर्त नराखी दिइने अनुदान

  • इलेक्ट्रोनिक बैंक ट्रान्सफर, डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल मनी ट्रान्सफरद्वारा अनुदान पठाउन सकिन्छ। कुनै-कुनै शाखामा jw.org वा अरू वेबसाइटमार्फत पनि अनुदान पठाइन्छ।

  • नगद, गरगहना तथा अन्य बहुमूल्य निजी सम्पत्ति। यस्तो नगद वा सामग्री पठाउँदा त्यो सर्त नराखी दिइएको अनुदान हो भनेर पत्र पनि पठाउनुहोस्‌।

सर्त राखी दिइने अनुदान

  • अनुदान दिने व्यक्‍तिलाई आवश्‍यक परेमा फिर्ता गर्ने गरी दिइने नगद अनुदान।

  • उक्‍त अनुदान सर्त राखी दिइएको अनुदान हो भनेर पत्र पनि पठाउनुहोस्‌।

परोपकारी योजना

नगद, बहुमूल्य निजी सम्पत्ति र अन्य कुरा दिएर पनि परमेश्‍वरको राज्यसम्बन्धी कामलाई टेवा पुऱ्‍याउन सकिन्छ। ती तल सूचीमा दिइएका छन्‌। तीमध्ये जुनसुकै तरिका प्रयोग गरे तापनि पहिला आफ्नो देशको शाखा कार्यालयसित सम्पर्क गरेर उपलब्ध तरिका पत्ता लगाउनुहोस्‌। हरेक देशको कानुनी आवश्‍यकता र करसम्बन्धी नियम फरक हुन्छ। त्यसैले अनुदान दिने सबैभन्दा उपयुक्‍त तरिका छान्‍नुअघि कर तथा कानुनसम्बन्धी जानकार परामर्शदाताहरूको सल्लाह लिनु महत्त्वपूर्ण छ।

बिमा: यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई जीवन बिमा वा अवकाश/पेन्सन बिमाको हकदार बनाउन सकिन्छ।

बैंक खाता: बैंक खाता, निक्षेप प्रमाण-पत्र वा व्यक्‍तिगत अवकाश खाता स्थानीय बैंकको नियमअनुसार यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई दिन वा शेषपछि हस्तान्तरण गर्न सकिन्छ।

ऋणपत्र तथा बन्ड: ऋणपत्र तथा बन्डहरू यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई सर्त नराखी दान दिन सकिन्छ वा मृत्युपछिको हकवालाको रूपमा राख्न सकिन्छ।

घर, जग्गाजमिन: बिक्री गर्न मिल्ने जग्गाजमिन यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई सर्त नराखी दानको रूपमा दिन सकिन्छ वा दाताले उपभोग गरिरहेको घर-जग्गाचाहिं तिनी बाँचुन्जेल तिनले नै प्रयोग गर्न सक्ने गरी दिन सकिन्छ।

वार्षिक भत्ता पाउने गरी दिइने दान: कुनै व्यक्‍तिले रकम अथवा जायजेथा यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई अनुदान दिन सक्छ। त्यसको बदलामा दाताले बाँचुन्जेल हरेक वर्ष निश्‍चित भत्ता पाउँछ। वार्षिक भत्ता पाउने गरी दिइने अनुदानको प्रबन्ध गरेको वर्षमा दाताले आयकरमा केही छुट पाउन सक्छ।

इच्छा पत्र तथा कोष: जायजेथा वा पैसालाई कानुनी इच्छा पत्रद्वारा यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई हस्तान्तरण गर्न सकिन्छ अथवा उक्‍त संस्थालाई कोषको हकदार बनाउन सकिन्छ। यस प्रबन्धले गर्दा करसम्बन्धी केही छुट पाउन सकिन्छ।

“परोपकारी योजना” भन्‍ने अभिव्यक्‍तिले यस प्रकारका अनुदानहरूको लागि दाताले केही योजना बनाउनु आवश्‍यक पर्छ भन्‍ने कुरा स्वतः स्पष्ट हुन्छ। परोपकारी अनुदानका केही तरिकाद्वारा यहोवाका साक्षीहरूको विश्‍वव्यापी कार्यलाई टेवा पुऱ्‍याउन चाहने व्यक्‍तिहरूलाई मदत गर्न अङ्‌ग्रेजी र स्पेनिश भाषामा च्यारिटेबल प्लानिङ्‌ग टु बेनिफिट किङ्‌डम सर्भिस वर्ल्डवाइड पुस्तिका तयार पारिएको छ। कुनै व्यक्‍तिले आफू जीवित छँदै वा आफ्नो शेषपछि विभिन्‍न तरिकामा कसरी दान दिन सक्छ भनी जानकारी दिन यो पुस्तिका तयार पारिएको हो। आफ्नो देशको करसम्बन्धी नियम वा अन्य कानुनी नियमहरूले गर्दा यस पुस्तिकामा भएको जानकारी तपाईंको अवस्थासित हुबहु नमिल्न सक्छ। परोपकारी अनुदान दिने यस्ता तरिकाहरू प्रयोग गरेर धेरैले विश्‍वभर रहेका यहोवाका साक्षीहरूको काममा मदत गरेका छन्‌, साथै यसो गर्दा तिनीहरूले करमा धेरै छुट पाएका छन्‌। तपाईंको देशमा यो पुस्तिका उपलब्ध छ भने आफ्नो मण्डलीको सचिवबाट एक प्रति प्राप्त गर्न सक्नुहुन्छ।

थप जानकारीको लागि jw.org/ne को गृहपृष्ठको तलतिर “हाम्रो कामको लागि अनुदान दिने” लिङ्‌क क्लिक गर्नुहोस्‌ वा शाखा कार्यालयसित सम्पर्क गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने