प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 १२/१५ pp. २९-३१
  • प्रहरीधरहरा-को सरल संस्करण किन सुरु गरियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रहरीधरहरा-को सरल संस्करण किन सुरु गरियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • धेरैले किन मन पराए?
  • आमाबुबाको लागि ठूलो मदत
  • केटाकेटी के भन्छन्‌?
  • अङ्‌ग्रेजीमा प्रहरीधरहरा-को सरल संस्करण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • द वाचटावर पत्रिकामा उत्साहप्रद परिवर्तनहरू!
    हाम्रो राज्य सेवकाई—२००७
  • वाह! कस्तो गजबको अध्ययन संस्करण!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • “यसै गर्न तपाईंलाई उचित लाग्यो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 १२/१५ pp. २९-३१

प्रहरीधरहरा-को सरल संस्करण किन सुरु गरियो?

संसारभरिका मानिसहरूले प्रहरीधरहरा-मा छापिएको बाइबलआधारित जानकारी पढेर लाभ उठाएको दशकौं भइसक्यो। यस पत्रिकाको सरल संस्करणको पहिलो अङ्‌क सन्‌ २०११, जुलाई महिनामा अङ्‌ग्रेजी भाषामा प्रकाशित भयो। त्यस अङ्‌कमा यस्तो लेखिएको थियो: “यो नयाँ संस्करण एक वर्षको लागि परीक्षणको रूपमा छापिनेछ। उपयोगी प्रमाणित भएमा त्यसपछिका वर्षहरूमा पनि प्रकाशित गरिनेछ।”

हामीले यो संस्करण निरन्तर प्रकाशन गर्ने निर्णय गरेका छौं भनेर घोषणा गर्न पाउँदा हामीलाई खुसी लागेको छ। साथै पछि फ्रान्सेली, पोर्चुगिज अनि स्पेनिस भाषामा पनि सरल संस्करण उपलब्ध हुनेछ।

धेरैले किन मन पराए?

सरल संस्करण पाइसकेपछि दक्षिण प्रशान्तका थुप्रैले यस्तो टिप्पणी गरे: “अहिले भने यहाँका भाइहरूले प्रहरीधरहरा-को मुख्य आशय बुझ्न सकेका छन्‌।” अर्को एउटा चिठीमा यस्तो लेखिएको थियो: “शब्दहरूको अर्थ खोज्न अनि अभिव्यक्‍तिहरू बुझ्न पहिले धेरै समय खर्च हुन्थ्यो। अहिले भने त्यो समय उल्लिखित शास्त्रपदहरू राम्ररी बुझ्न र मुख्य विषयसित ती कसरी सम्बन्धित छन्‌, सो पत्ता लगाउन प्रयोग गर्छौं।”

अमेरिकामा स्नातक गरेकी एक बहिनी यसो भन्छिन्‌: “मेरो बोल्ने र लेख्ने शैली उच्च शिक्षा हासिल गरेका मानिसहरूले मात्र बुझ्ने खालको थियो। यसरी मैले १८ वर्ष बिताएँ। म अनावश्‍यक रूपले जटिल तरिकामा बोल्थें र सोच्थें। आफ्नो बोल्ने र सोच्ने तरिकामा ठूलो परिवर्तन गर्नुपर्छ भन्‍ने महसुस गरें।” अहिले उनी प्रभावकारी प्रचारक बन्‍न सफल भएकी छिन्‌। उनी यसो भन्छिन्‌: “प्रहरीधरहरा-को सरल संस्करण निकै मदतकारी साबित भएको छ। यसमा प्रयोग गरिएको भाषाशैलीले गर्दा मैले सरल ढङ्‌गमा कुराकानी गर्न सिकें।”

सन्‌ १९७२ मा बप्तिस्मा गरेकी बेलायतकी एउटी बहिनीले प्रहरीधरहरा-को सरल संस्करणबारे यस्तो लेखिन्‌: “यसको पहिलो अङ्‌क पढ्‌दा यहोवा मेरो छेउमा बसेर मलाई अङ्‌गालो हालिरहनुभएको छ अनि हामी सँगै पढ्‌दै छौं जस्तो लाग्यो। राती बच्चालाई सुताउन बुबाले कथा सुनाइरहनुभएको जस्तो महसुस भयो।”

आजभन्दा ४० वर्षअघि बप्तिस्मा गरेकी र हाल अमेरिकाको बेथेलमा सेवा गरिरहेकी एक बहिनीको भनाइअनुसार सरल संस्करणले उनलाई बाइबलको कुरा अझ राम्रोसँग बुझ्न मदत गरेको छ। उदाहरणको लागि, सेप्टेम्बर १५, २०११ अङ्‌कको (अङ्‌ग्रेजी सरल संस्करण) “स्पष्ट पारिएका केही अभिव्यक्‍ति” भन्‍ने पेटीमा हिब्रू १२:१ मा उल्लिखित “साक्षीहरूको बाक्लो बादल”-बारे यसरी व्याख्या गरिएको थियो: “तिनीहरूको सङ्‌ख्या गन्‍नै नसकिने जति धेरै थियो।” उनले भनिन्‌: “यो पढेपछि मैले त्यस पदको अर्थ बुझें।” साप्ताहिक सभाबारे उनले थप यसो भनिन्‌: “बच्चाहरूले सरल संस्करणबाट हुबहु पढे तापनि ती शब्दहरू अध्ययन संस्करणको भन्दा फरक हुने भएकोले उनीहरूको टिप्पणी सुन्दा सबैलाई मजा लाग्छ।”

बेथेलमा सेवा गर्ने अर्की बहिनीले यस्तो लेखिन्‌: “मण्डलीमा साना केटाकेटीहरूको टिप्पणी सुन्‍न म एकदमै उत्सुक हुन्छु। सरल संस्करणले उनीहरूलाई मनैदेखि टिप्पणी दिन मदत गरेको छ। उनीहरूको टिप्पणी सुन्दा मेरो हौसला बढ्‌छ।”

सन्‌ १९८४ मा बप्तिस्मा गरेकी बहिनीले सरल संस्करण पाएकोमा यसरी खुसी व्यक्‍त गरिन्‌: “यो त मेरै लागि लेखिएको हो जस्तो लाग्यो। पढेको कुरा राम्ररी बुझ्न सकेकी छु। अब भने प्रहरीधरहरा-को अध्ययनमा टिप्पणी दिने आँट आएको छ।”

आमाबुबाको लागि ठूलो मदत

सात वर्षीय छोराकी आमाले यस्तो टिप्पणी गरिन्‌: “प्रहरीधरहरा-को लागि तयारी गर्ने बेला छोरालाई एक-एक वाक्य बुझाउनुपर्दा एकदमै समय लाग्थ्यो अनि थकाइ पनि।” सरल संस्करणले कसरी मदत गऱ्‍यो? तिनी लेख्छिन्‌: “अब भने ऊ आफैले अनुच्छेदहरू पढेको अनि त्यसको अर्थ पनि बुझेको देख्दा अचम्म लाग्छ। सजिलो शब्दहरू अनि छोटो वाक्य भएकोले उसले राम्ररी बुझ्छ र पढ्‌दा रमाइलो मान्छ। अहिले आफैले टिप्पणी तयार पार्छ। सभामा प्रहरीधरहरा-को छलफल हुँदा पनि उसको ध्यान कतै अलमलिंदैन।”

नौ वर्षीया छोरीकी आमाले यस्तो लेखिन्‌: “टिप्पणी तयार पार्न पहिले उसलाई हाम्रो मदत चाहिन्थ्यो। अहिले आफै तयार गर्छिन्‌। अब त बुझाउनै पर्दैन भने पनि हुन्छ। त्यसैले प्रहरीधरहरा-को अध्ययनमा एकदमै रमाइलो मान्छिन्‌।”

केटाकेटी के भन्छन्‌?

थुप्रै केटाकेटीले सरल संस्करण उनीहरूकै लागि हो भन्‍ने महसुस गरेका छन्‌। बाह्र वर्षीया रिबेकाले यस्तो आग्रह गरिन्‌: “कृपया सरल संस्करण छाप्न बन्द नगर्नुहोस्‌।” उनले यसो पनि भनिन्‌: “‘स्पष्ट पारिएका केही अभिव्यक्‍ति’ भन्‍ने पेटी मलाई मनपर्छ। बच्चाहरूको लागि यो एकदमै सजिलो छ।”

सात वर्षीया निकोलेट पनि यस्तै महसुस गर्छिन्‌। उनले भनिन्‌: “पहिले मलाई प्रहरीधरहरा बुझ्न गाह्रो लाग्थ्यो। अहिले त अरूको मदत नलिई थुप्रै टिप्पणी दिन सक्छु।” नौ वर्षीया एमा यस्तो लेख्छिन्‌: “मलाई र मेरो छ वर्षको भाइलाई एकदम सजिलो भएको छ। हामीले धेरै कुरा राम्ररी बुझ्न सकेका छौं। धेरै धन्यवाद!”

हो, सजिलै बुझ्न सकिने शब्द अनि वाक्य भएकोले थुप्रैले सरल संस्करणबाट लाभ उठाएका छन्‌। बाइबलका कुराहरू अझ स्पष्टसँग बुझ्न यसले थुप्रैलाई मदत गरिरहेको छ। त्यसैले यो संस्करण अबदेखि पनि सन्‌ १८७९ देखि थुप्रैलाई मदत गर्दै आएको अध्ययन संस्करणसँगसँगै प्रकाशित गरिनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने