प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 १/१ p. १६
  • बाइबल प्रश्‍नहरूको जवाफ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल प्रश्‍नहरूको जवाफ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको नाम
    ब्यूँझनुहोस्‌!—२०१७
  • के परमेश्‍वरको नाम छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • ईश्‍वरको नाम थाह पाउनुहोस्‌ र प्रयोग गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • परमेश्‍वरको नाम—यसको प्रयोग अनि अर्थ
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 १/१ p. १६

बाइबल प्रश्‍नहरूको जवाफ

परमेश्‍वरको नाम के हो?

हामी सबैको नाम छ। घरपालुवा जनावरको पनि नाम हुन्छ। त्यसोभए परमेश्‍वरको नाम छैन होला त? बाइबलमा परमेश्‍वरलाई सर्वशक्‍तिमान्‌, युगयुगका महाराजाजस्ता पदवीहरू दिइएका छन्‌ तर उहाँलाई चिनाउने छुट्टै नाम छ।—प्रकाश १५:३ पढ्‌नुहोस्‌।

थुप्रै बाइबल अनुवादमा परमेश्‍वरको नाम प्रयोग गरिएको छ। उदाहरणको लागि, पवित्र बाइबल—नयाँ संसार अनुवाद-को प्रकाश ४:११ मा यस्तो लेखिएको छ: “हे यहोवा हाम्रा परमेश्‍वर, तपाईं महिमा, आदर अनि शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ, किनकि तपाईंले नै सबै थोक सृष्टि गर्नुभयो।”

हामीले किन परमेश्‍वरको नाम प्रयोग गर्नुपर्छ?

मन मिल्ने साथीसित कुरा गर्दा हामी तिनलाई नामैले सम्बोधन गर्छौं

यहोवा हामीले उहाँको नाम प्रयोग गरेको चाहनुहुन्छ। मन मिल्ने साथीसित कुरा गर्दा हामी तिनलाई नामैले सम्बोधन गर्छौं। परमेश्‍वरसित कुरा गर्दा नि? येशू ख्रीष्टले परमेश्‍वरको नाम प्रयोग गर्न सिकाउनुभयो।—मत्ती ६:९; यूहन्‍ना १७:२६ पढ्‌नुहोस्‌।

तर परमेश्‍वरको साथी बन्‍न उहाँको नाम जानेर मात्र पुग्दैन; उहाँबारे अझ धेरै कुरा बुझ्नुपर्छ। जस्तै: परमेश्‍वर कस्तो हुनुहुन्छ? के परमेश्‍वरसित नजिक हुन सम्भव छ? यी प्रश्‍नहरूको जवाफ तपाईं बाइबलमा पाउन सक्नुहुन्छ। (w13-E 01/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने