प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ४/१ p. १६
  • बाइबल प्रश्‍नहरूको जवाफ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल प्रश्‍नहरूको जवाफ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल प्रश्‍नहरूको जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • बाइबल प्रश्‍नहरूको जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • परमेश्‍वरको राज्य के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • परमेश्‍वरको राज्य के हो?
    परमेश्‍वरको राज्य के हो?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ४/१ p. १६
पृथ्वी सफा गर्दै गरेको येशूको हात

बाइबल प्रश्‍नहरूको जवाफ

येशूले भविष्यमा हाम्रो लागि के गर्नुहुनेछ?

इ.सं. ३३ मा येशू मर्नुभयो, ब्यूँतनुभयो अनि स्वर्ग जानुभयो। लामो समय कुरेपछि मात्र सारा ब्रह्‍माण्डका सृष्टिकर्ता यहोवाबाट उहाँले शासन गर्ने अख्तियार पाउनुभयो। (दानियल ७:१३, १४) भविष्यमा उहाँले राजाको रूपमा यस पृथ्वीमा शान्ति ल्याउनुहुनेछ र गरिबी हटाउनुहुनेछ।—भजन ७२:७, ८, १३ पढ्‌नुहोस्‌।

राजाको रूपमा येशूले यस पृथ्वीबाट दुष्टता हटाउनुहुनेछ

राजाको रूपमा येशूले मानिसजातिको लागि आश्‍चर्यजनक कामहरू गर्नुहुनेछ। यहोवाले दिनुभएको शक्‍ति प्रयोग गरेर उहाँले मानिसजातिलाई फेरि खोटरहित बनाउनुहुनेछ। मानिसजातिले यसै पृथ्वीमा बुढेसकाल र मृत्युविना आनन्दका साथ जीवन बिताउनेछन्‌।—यूहन्‍ना ५:२६-२९; १ कोरिन्थी १५:२५, २६ पढ्‌नुहोस्‌।

येशू अहिले के गर्दै हुनुहुन्छ?

येशूका साँचो चेलाहरूले संसारभरि परमेश्‍वरको राज्यबारे प्रचार गरिरहेका छन्‌। ती चेलाहरू घरघर गएर बाइबलमा बताइएको त्यस राज्यबारे मानिसहरूलाई सुनाइरहेका छन्‌। येशू अहिले ती चेलाहरूलाई चाहिने मदत दिंदै हुनुहुन्छ। प्रचार गर्ने यो काम यस दुष्ट संसारको अन्त नभएसम्म चलिरहनेछ। त्यतिबेलासम्मै मदत गर्छु भनेर येशूले आफ्नो चेलाहरूलाई भन्‍नुभयो।—मत्ती २४:१४; २८:१९, २० पढ्‌नुहोस्‌।

येशूले आफ्ना चेलाहरूलाई कसरी आनन्दित जीवन बिताउन सकिन्छ भनेर मण्डलीमार्फत सिकाउँदै हुनुहुन्छ। उहाँले आफ्ना चेलाहरूलाई यस दुष्ट रीतिरिवाजको अन्तसम्म मात्र होइन तर परमेश्‍वरले ल्याउने नयाँ संसारसम्मै डोऱ्‍याउनुहुनेछ।—२ पत्रुस ३:७, १३; प्रकाश ७:१७ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने यस किताबको अध्याय ८ हेर्नुहोस्‌

www.jw.org /ne मा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने