प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 १०/१ p. १६
  • बाइबल प्रश्‍नहरूको जवाफ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल प्रश्‍नहरूको जवाफ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको राज्य के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • परमेश्‍वरको राज्य के हो?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 १०/१ p. १६

बाइबल प्रश्‍नहरूको जवाफ

परमेश्‍वरको राज्य आओस्‌ भनेर किन प्रार्थना गर्नुपर्छ?

परमेश्‍वरको राज्यका शत्रुहरूलाई विनाश गर्न अघि बढिरहनुभएका येशू ख्रीष्ट

के तपाईं परमेश्‍वरको राज्य र यस राज्यले गर्ने कामबारे बुझ्न चाहनुहुन्छ?

परमेश्‍वरको राज्य स्वर्गबाट शासन गर्ने एउटा सरकार हो। येशूले आफ्ना चेलाहरूलाई परमेश्‍वरको राज्य आओस्‌ भनी प्रार्थना गर्न सिकाउनुभयो। किनभने परमेश्‍वरको राज्यले मात्र पृथ्वीमा शान्ति ल्याउन र संसारभरि परमेश्‍वरको स्तर स्थापित गर्न सक्छ। कुनै पनि मानव सरकारले हिंसा, अन्याय र रोगबिमारलाई निर्मूल पार्न सक्दैन। तर परमेश्‍वरको राज्यले भने यी सबै समस्याहरू हटाउन सक्छ र हटाउने पनि छ। परमेश्‍वरको राज्यको राजा हुन उहाँले आफ्नो छोरा येशूलाई छान्‍नुभएको छ। साथै यहोवा परमेश्‍वरले येशूसँगै शासन गर्न उहाँका चेलाहरूको एउटा सानो समूहलाई पनि छान्‍नुभएको छ।—लूका ११:२; २२:२८-३० पढ्‌नुहोस्‌।

अब चाँडै परमेश्‍वरको राज्यले उहाँको शासनको विरोध गर्ने सबैलाई नाश गर्नेछ। त्यसैले परमेश्‍वरको राज्य आओस्‌ भनी प्रार्थना गर्नु भनेको सबै मानव सरकारको सट्टा परमेश्‍वरको सरकारले मात्रै पृथ्वीमा शासन गरोस्‌ भनी अनुरोध गर्नु हो।—दानियल ७:१३, १४; प्रकाश ११:१५, १८ पढ्‌नुहोस्‌।

परमेश्‍वरको राज्यले मानिसहरूलाई कसरी लाभ पुऱ्‍याउँछ?

येशू दयालु हुनुभएकोले उहाँ राजा हुन योग्य हुनुहुन्छ। उहाँ परमेश्‍वरको छोरा पनि हुनुहुन्छ। त्यसैले मदतको लागि परमेश्‍वरलाई पुकारा गर्ने सबै मानिसहरूलाई मदत गर्ने शक्‍ति पनि येशूसित छ।—भजन ७२:८, १२-१४ पढ्‌नुहोस्‌।

परमेश्‍वरको राज्य आओस्‌ भनी मनैदेखि प्रार्थना गर्नेहरू र परमेश्‍वरको इच्छाअनुसार जीवन बिताउनेहरूले परमेश्‍वरको राज्यबाट लाभ उठाउनेछन्‌। परमेश्‍वरको राज्यबारे बाइबलले बताउने कुरा सिक्नुभयो भने तपाईंले कहिल्यै पछुतो मान्‍नुपर्ने छैन।—लूका १८:१६, १७; यूहन्‍ना ४:२३ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने यस किताबको अध्याय ८ हेर्नुहोस्‌

www.jw.org /ne मा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने