प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ६/१ p. १६
  • बाइबल प्रश्‍नहरूको जवाफ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल प्रश्‍नहरूको जवाफ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले पृथ्वी सधैँभरि रहिरहने प्रतिज्ञा गर्नुभएको छ
    ब्यूँझनुहोस्‌!—२०२३
  • सृष्टिकर्ताबाटको कहिल्यै नाश नहुने एउटा उपहार
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • एकमात्र जीवित ग्रह
    जीवन सृष्टि कि संयोग?
  • ब्यूँझनुहोस्‌! पत्रिकाको यस अङ्‌कमा
    ब्यूँझनुहोस्‌!—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ६/१ p. १६

बाइबल प्रश्‍नहरूको जवाफ

पृथ्वी सृष्टि गरिनुको कुनै उद्देश्‍य छ?

जवान व्यक्‍ति प्रकृतिको रङ्‌गीचङ्‌गी जीवजन्तुबारे विचार गर्दै

मानिसहरू हाँसिखुसीले जीवन बिताऊन्‌ भनेर पृथ्वी बनाइएको हो

पृथ्वीमा जीवन जिउनलाई चाहिने सबै कुरा छ। यहाँ जीवनको लागि नभई नहुने पानी प्रशस्त छ। पृथ्वीले सूर्य परिक्रमा गर्ने बाटो, पृथ्वीको ढल्काइ र घुमाइ एकदमै सही भएकोले महासागरको पानी जम्न वा उम्लन पाउँदैन। पृथ्वीको वायुमण्डल र चुम्बकीय शक्‍तिले पृथ्वीलाई हानिकारक विकिरणहरूबाट जोगाउँछ। बोटबिरुवा र जीवजन्तुबीचको आपसी निर्भरता पनि अचम्मलाग्दो छ। त्यसैले थुप्रै मानिस पृथ्वी कुनै उद्देश्‍यसहित सृष्टि गरिएको हो भन्‍ने निष्कर्षमा पुगेका छन्‌।—यशैया ४५:१८ पढ्‌नुहोस्‌।

तर तपाईंलाई लाग्ला: के दुःखकष्ट र अन्याय पनि त्यही उद्देश्‍यको भाग हो?—व्यवस्था ३२:४, ५ पढ्‌नुहोस्‌।

के पृथ्वीको उद्देश्‍य पूरा हुनेछ?

एकअर्कालाई आदर गर्ने र सृष्टिकर्तालाई प्रेम गर्ने मानिसहरू हाँसिखुसीले जीवन बिताऊन्‌ भनेर पृथ्वी बनाइएको हो। त्यसैले मानिसलाई बोटबिरुवा वा जीवजन्तुलाई भन्दा फरक उद्देश्‍यसहित सृष्टि गरिएको हो। हामीसित सृष्टिकर्तालाई चिन्‍ने, उहाँको आदर गर्ने र उहाँको प्रेम अनि न्याय अनुकरण गर्ने क्षमता छ।—उपदेशक १२:१३; मीका ६:८ पढ्‌नुहोस्‌।

हाम्रो सृष्टिकर्ताले आफ्नो जुनसुकै उद्देश्‍य पनि पूरा गर्न सक्नुहुन्छ। त्यसैले उहाँले दुःखकष्ट र अन्याय हटाएर पृथ्वीलाई सुन्दर घरजस्तै बनाउनुहुनेछ भनेर हामी ढुक्क हुन सक्छौं।—भजन ३७:११, २९; यशैया ५५:११ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने यस किताबको अध्याय ३ हेर्नुहोस्‌

www.jw.org/ne मा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने