प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ८/१ p. १६
  • बाइबल प्रश्‍नहरूको जवाफ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल प्रश्‍नहरूको जवाफ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँ साँचो उपासना कसरी चिन्‍न सक्नुहुन्छ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • धर्महरूलाई के हुनेछ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • तपाईं साँचो धर्म कसरी चिन्‍न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • परमेश्‍वरले स्वीकार्नुहुने उपासना
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ८/१ p. १६
विभिन्‍न संस्कृतिका यहोवाका साक्षीहरू राज्यभवनमा एक साथ भेला हुन्छन्‌

बाइबल प्रश्‍नहरूको जवाफ

सबै धर्महरूको सुरुवात साँचो ईश्‍वरबाट भएको हो त?

मानिसहरूले कहिलेकाहीं धर्मको नाउँमा गलत काम गरेका समाचार सायद तपाईंले सुन्‍नु भएको छ। सबै धर्महरूको सुरुवात साँचो ईश्‍वरबाट भएको होइन। (मत्ती ७:१५) धेरै मानिस त बहकाउमा परेका छन्‌।—१ यूहन्‍ना ५:१९ पढ्‌नुहोस्‌।

तर सत्य र असल कुरा मन पराउने इमानदार व्यक्‍तिहरूलाई भने ईश्‍वरले ध्यान दिनुहुन्छ। (यूहन्‍ना ४:२३) त्यस्ता व्यक्‍तिहरूलाई ईश्‍वरले आफ्नो वचन बाइबलबाट सत्य सिक्न निम्तो दिंदै हुनुहुन्छ।—१ तिमोथी २:३-५ पढ्‌नुहोस्‌।

साँचो धर्म कुनचाहिं हो भनेर कसरी थाह पाउने?

ईश्‍वर यहोवाले विभिन्‍न धर्म मान्‍ने मानिसहरूलाई साँचो शिक्षा सिकाएर एक ठाउँमा जम्मा गर्दै हुनुहुन्छ। साथै उहाँले यी मानिसहरूलाई आपसमा माया देखाउन पनि सिकाउनु भएको छ। (मीका ४:२, ३) त्यसकारण तपाईंले साँचो धर्मका उपासकहरूलाई तिनीहरूले आपसमा देखाउने प्रेमबाट नै चिन्‍न सक्नुहुन्छ।—यूहन्‍ना १३:३५ पढ्‌नुहोस्‌।

ईश्‍वर यहोवाले विभिन्‍न पृष्ठभूमिका मानिसहरूलाई साँचो धर्म मार्फत एकतामा बाँध्नु भएको छ।—भजन १३३:१

ईश्‍वरका साँचो उपासकहरू बाइबलले सिकाउने कुराहरूमा विश्‍वास गर्छन्‌ र बाइबलका स्तरहरू पालन गर्दै जीवन बिताउँछन्‌। (२ तिमोथी ३:१६) तिनीहरू ईश्‍वरको नाउँको आदर गर्छन्‌। (प्रकाश ४:११) सबै मानिसका लागि एक मात्र आशा ईश्‍वरको राज्य हो भनेर पनि तिनीहरू घोषणा गर्छन्‌। (दानियल २:४४) ‘ज्योति चम्काएर’ अर्थात्‌ अरूहरूको निम्ति असल काम गरेर तिनीहरू येशूको अनुकरण गर्छन्‌। (मत्ती ५:१६) त्यसैले ईश्‍वरको राज्यको सुसमाचार सुनाउन मानिसहरूको घर-घरमा जाने व्यक्‍तिहरू नै साँचो ख्रीष्टियनहरू हुन्‌ भनेर हामी चिन्‍न सक्छौं।—मत्ती २४:१४; प्रेषित ५:४२; २०:२० पढ्‌नुहोस्‌।

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने यस किताबको अध्याय १५ हेर्नुहोस्‌

www.jw.org/ne मा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने