प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 १२/१५ p. ३
  • उहाँलाई ‘बाटो थाह थियो’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उहाँलाई ‘बाटो थाह थियो’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • परिचालक निकायका नयाँ सदस्यहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • परिचालक निकायको नयाँ सदस्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • एकता अनि रोमाञ्चक योजनाले भरपूर सभा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • परिचालक निकायका नयाँ सदस्यहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 १२/१५ p. ३
गाइ पियर्स

उहाँलाई ‘बाटो थाह थियो’

सन्‌ २०१४, मार्च १८, मङ्‌गलबारको दिन यहोवाका साक्षीहरूको परिचालक निकायको सदस्य गाइ हलिस पियर्स ७९ वर्षको उमेरमा बित्नुभयो। उहाँ ख्रीष्टका भाइहरूमध्ये एक हुनुहुन्थ्यो। त्यसैले पुनर्जीवित हुनुभयो र स्वर्गीय जीवन पाउनुभयो।—हिब्रू २:१०-१२; १ पत्रु. ३:१८.

गाइ पियर्स १९३४, नोभेम्बर ६ मा अमेरिकाको अबर्न भन्‍ने ठाउँमा जन्मनुभएको थियो। उहाँले १९५५ मा बप्तिस्मा गर्नुभयो। सन्‌ १९७७ मा पेन्‍नी नाम गरेकी साक्षीसँग विवाह गर्नुभयो र छोराछोरीको हेरचाह गर्नुभयो। उहाँ अरूलाई पनि बुबाले जस्तै व्यवहार गर्नुहुन्थ्यो। सन्‌ १९८२ मा उहाँले श्रीमतीसँगै अग्रगामी सेवा सुरु गर्नुभयो। सन्‌ १९८६ देखि ११ वर्षसम्म उहाँले अमेरिकामा क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्नुभयो।

सन्‌ १९९७ देखि गाइ र पेन्‍नी पियर्सले अमेरिका बेथेलमा सेवा गर्न थाले। भाइ पियर्सले सुरुमा सेवा विभागमा काम गर्नुभयो अनि १९९८ मा परिचालक निकायको सदस्य समितिको सहायक नियुक्‍त हुनुभयो। सन्‌ १९९९, अक्टोबर २ मा भएको वार्षिक सभामा उहाँ परिचालक निकायको सदस्य हुनुभएको घोषणा गरियो। हालका केही वर्षहरूमा उहाँले सदस्य समिति, लेखन समिति, प्रकाशन समिति र संयोजन समितिमा काम गर्नुभयो।

उहाँको न्यानो मुस्कान र हँसीमजाक गर्ने बानीले गर्दा विभिन्‍न पृष्ठभूमि र संस्कृतिका मानिसहरू उहाँसित सजिलै घुलमिल हुन्थे। तर उहाँ सबैको प्यारो हुनुको अरू कारण पनि छन्‌। उहाँ अरूलाई माया गर्नुहुन्थ्यो, नम्र हुनुहुन्थ्यो, परमेश्‍वरको नियम तथा सिद्धान्तअनुसार चल्न सधैं तयार हुनुहुन्थ्यो र यहोवामा पूरा भरोसा गर्नुहुन्थ्यो। गाइ पियर्स अक्सर यसो भन्‍नुहुन्थ्यो, ‘बरु घाम नउदाउँला, यहोवाको प्रतिज्ञा भने कहिल्यै फेल खाँदैन।’ यो कुरा सबैले थाह पाएको उहाँ चाहनुहुन्थ्यो।

भाइ पियर्स दिलोज्यानले यहोवाको सेवा गर्नुहुन्थ्यो। उहाँ सधैं सबेरै उठ्‌नुहुन्थ्यो अनि अक्सर राती अबेरसम्म काम गर्नुहुन्थ्यो। उहाँ संसारभरका दाजुभाइ दिदीबहिनीलाई प्रोत्साहन दिने सिलसिलामा थुप्रै देशमा जानुभयो। उहाँ बेथेलका प्रत्येक सदस्यलाई अनि उहाँसित मदत र सल्लाह माग्न आउनेहरूलाई सधैं समय दिनुहुन्थ्यो। उहाँसित सङ्‌गत गरेको वर्षौं बितिसक्दा पनि ती ख्रीष्टियनहरूले उहाँको मित्रैलो व्यवहार र उहाँले बाइबलबाटै दिनुभएको प्रोत्साहन सम्झिरहेका छन्‌।

हाम्रो भाइ अनि प्यारो साथी पियर्सकी श्रीमती, छ जना छोराछोरी, नातिनातिना, पनातिपनातिना र अरू थुप्रै आध्यात्मिक छोराछोरीले उहाँको कमी महसुस गर्नेछन्‌। सन्‌ २०१४, मार्च २२ मा परिचालक निकायका सदस्य मार्क स्यान्डर्सनले ब्रूक्लिन बेथेलमा उहाँको अन्त्येष्टि भाषण दिनुभयो। उहाँले भाइ पियर्सले पाउनुभएको स्वर्गीय आशाबारे बताउनुभयो र बाइबलबाट येशूका यी शब्दहरू पढ्‌नुभयो, “मेरो बुबाको घरमा बस्ने ठाउँ धेरै छ। . . . यदि गएर मैले तिमीहरूको निम्ति ठाउँ तयार पारें भने म फेरि आउनेछु अनि तिमीहरूलाई मेरो घरमा लैजानेछु र म जहाँ हुन्छु, तिमीहरू पनि त्यहीं हुनेछौ। अनि म जहाँ जाँदैछु, त्यहाँ जाने बाटो तिमीहरूलाई थाह छ।”—यूह. १४:२-४.

हुन त हामीलाई भाइ पियर्सको कमी महसुस हुनेछ। तैपनि उहाँले आफ्नो स्थायी ‘घर जाने बाटो थाह पाउनुभएकोमा’ हामी खुसी छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने