प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ४/१ pp. ३-४
  • बाइबल अध्ययन किन गर्नुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल अध्ययन किन गर्नुपर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • सबैका लागि बाइबल अध्ययनको प्रबन्ध
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • के बाइबल परमेश्‍वर बाट आएको हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने साँचो शिक्षा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • बाइबल के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ४/१ pp. ३-४
पुस्तकालयमा बाइबल जाँच्दै गरेका एक व्यक्‍ति

आवरण लेख | बाइबल अध्ययन —सबैका लागि लाभदायी

बाइबल अध्ययन किन गर्नुपर्छ?

  • जीवनको उद्देश्‍य के हो?

  • मानिसहरू किन दुःखकष्ट भोग्छन्‌ र मर्छन्‌?

  • हाम्रो भविष्य कस्तो होला?

  • के ईश्‍वरले मेरो ख्याल राख्नुहुन्छ?

यस्ता प्रश्‍नहरू तपाईंले कहिल्यै सोध्नुभएको छ? संसारभरिका थुप्रै मानिसले जीवनका यस्ता महत्त्वपूर्ण प्रश्‍नहरूबारे सोच्ने गर्छन्‌। तर के यी प्रश्‍नहरूको जवाफ पाउन सकिन्छ?

लाखौं मानिसको जवाफ यस्तो छ: “पाउन सकिन्छ।” तर तिनीहरूले किन यस्तो भन्‍न सके? किनकि तिनीहरूले यस्ता प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ बाइबलमा भेट्टाएका छन्‌। बाइबलमा के-कस्ता कुराहरू बताइएको छ, तपाईं पनि जान्‍न चाहनुहुन्छ कि? मानिसहरूलाई बाइबलका कुराहरू बुझाउन यहोवाका साक्षीहरूले निश्‍शुल्क बाइबल अध्ययन गराउँछन्‌।a यस्तो प्रबन्धबाट तपाईंले पनि लाभ उठाउन सक्नुहुन्छ।

तर बाइबल अध्ययन गर्ने भन्‍ने बित्तिकै केही मानिसहरू हिचकिचाउँछन्‌ र यस्तो भन्छन्‌: “म असाध्यै व्यस्त छु।” “बाइबल बुझ्न साह्रै गाह्रो छ।” “बाइबलअनुसारै जीवन बिताउन सकिंदैन कि जस्तो लाग्छ।” तर केही मानिसहरू भने फरक प्रतिक्रिया देखाउँछन्‌। बाइबलले के सिकाउँछ भनेर बुझ्ने मौकालाई तिनीहरू खुसीसाथ स्वीकार्छन्‌। केही उदाहरण विचार गरौं:

  • “मैले क्याथोलिक र प्रोटेस्टेन्ट चर्चहरू धाएँ, शिख मन्दिर र बौद्ध धर्मको गुम्बामा गएँ अनि विश्‍वविद्यालयमा धर्मको अध्ययन पनि गरें। तैपनि ईश्‍वरको बारेमा मैले उठाएका प्रश्‍नहरूको जवाफ पाउन सकिनँ। त्यसैबेला एक जना यहोवाका साक्षी प्रचारको क्रममा मेरो घरमा आए। तिनले बाइबलबाटै मेरा प्रश्‍नहरूको जवाफ दिएको देखेर म छक्क परें अनि बाइबल अध्ययनको प्रस्ताव स्वीकारें।”—जील, बेलायत।

  • “जीवनसम्बन्धी मेरा थुप्रै प्रश्‍न थिए। चर्चका पास्टरहरूले दिएको जवाफ मलाई चित्त बुझेन। तर मेरा प्रश्‍नहरूको जवाफ एक जना यहोवाका साक्षीले बाइबलबाटै दिए। तिनले बाइबलबारे अझै सिक्न चाहनुहुन्छ कि भनेर सोध्दा मैले खुसीसाथ स्वीकारें।”—कोफी, बेनिन।

  • “मरिसकेपछि के हुन्छ भनेर म बुझ्न चाहन्थें। मरेकाहरूले मानिसहरूलाई दुःख दिन्छ भन्‍ने मेरो विश्‍वास थियो तर बाइबलले यसबारे के बताउँछ भनेर पनि बुझ्न चाहन्थें। त्यसैले मेरो एक जना साथी जो यहोवाका साक्षी हुन्‌ तिनीसितै मैले बाइबल अध्ययन सुरु गरें।”—जोसे, ब्राजिल।

  • “मैले बाइबल पढ्‌ने प्रयास गरें तर बुझ्नै सकिनँ। एक जना यहोवाको साक्षी मेरो घरमा आउँदा तिनले बाइबलका भविष्यवाणीहरू स्पष्टसित बुझाइदिए। म अझै बाइबलका अरू कुराहरू बुझ्न चाहन्थें।”—डेनिस, मेक्सिको।

  • “ईश्‍वरले मेरो ख्याल राख्नुहुन्छ कि राख्नुहुन्‍न भन्‍ने कुरामा म पक्का थिइनँ। त्यसैले बाइबलका ईश्‍वरलाई प्रार्थना गरें। त्यसको अर्को दिन एक जना यहोवाको साक्षीले मेरो घरको ढोका ढक्ढक्याए अनि तिनले बाइबल अध्ययनको प्रस्ताव राख्दा मैले स्वीकारें।”—अन्जु, नेपाल।

यस्ता अनुभवहरूले येशूले भन्‍नुभएका यी शब्दहरूको सम्झना गराउँछ: “आनन्दित हुन्‌ ती मानिसहरू, जसले परमेश्‍वरको मार्गनिर्देशनको खाँचो महसुस गर्छन्‌।” (मत्ती ५:३) मानिसलाई ईश्‍वरबारे बुझ्ने अर्थात्‌ उहाँको मार्गनिर्देशनको आवश्‍यकतासहित सृष्टि गरिएको थियो। त्यो आवश्‍यकता ईश्‍वरले मात्र पूरा गर्न सक्नुहुन्छ अनि उहाँ आफ्नो वचन बाइबलद्वारा त्यसो गर्नुहुन्छ।

त्यसोभए बाइबल अध्ययन भनेको के हो? बाइबल अध्ययनले तपाईंलाई कस्तो फाइदा पुऱ्‍याउँछ? तपाईंले यसपछिका लेखहरूमा यी प्रश्‍नहरूको जवाफ पाउनुहुनेछ।

a बाइबलमा बताइएअनुसार परमेश्‍वरको नाम यहोवा हो।

बाइबलका केही तथ्यहरू

खुलेको बाइबल
  • बाइबल: बाइबल ग्रीक शब्द बिब्लिया-बाट लिइएको हो जसको अर्थ हुन्छ: “स-साना किताबहरू”।

  • भाषा: ३९ वटा किताबहरू हिब्रू (केही भाग अरामी भाषामा) र २७ वटा किताबहरू ग्रीक भाषामा लेखिएका थिए।

  • लेखिएको अवधि: ई.पू. १५१३ देखि इ.सं. ९८ सम्म १,६०० वर्षको अवधिमा ४० जना लेखकद्वारा लेखिएको थियो।b

  • अनुवाद: बाइबल पूरा र आंशिकगरि २,५०० भाषाहरूमा अनुवाद भएको छ।

  • वितरण: बाइबल लगभग ५ अरब प्रति वितरण भइसकेको छ। संसारमा सबैभन्दा धेरै वितरण हुने किताब बाइबल नै हो।

b ई.पू.-ले “ईसापूर्व” र इ.सं.-ले “इस्वी संवत्‌” -लाई संकेत गर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने