प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 १२/१५ p. ३
  • के तपाईंले सम्झनुभएको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंले सम्झनुभएको छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँले सम्झनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 १२/१५ p. ३

के तपाईंले सम्झनुभएको छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए, तपाईं निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि?

अन्त कहिले हुन्छ र के-कस्ता कुराहरूको अन्त हुनेछ?

अन्त हुने केही कुराहरू यसप्रकार छन्‌: असफल मानव सरकार, युद्ध र अन्याय, परमेश्‍वर र मानिसलाई निराश पार्ने धर्महरू अनि भक्‍तिहीन मानिसहरू।—५/१, पृष्ठ ३-५.

इजकिएलको किताबमा उल्लेख गरिएको मागोगको गोग को हो?

मागोगको गोगले सैतानलाई नभई राष्ट्रहरूको गठबन्धनलाई बुझाउँछ, जसले महासङ्‌कष्ट सुरु भएपछि परमेश्‍वरका सेवकहरूलाई नामेट पार्ने प्रयास गर्नेछ।—५/१५, पृष्ठ २९-३०.

येशूले गर्नुभएका चमत्कारहरूले उहाँ उदार हुनुहुन्छ भनेर कसरी देखाउँछ?

कानामा भएको विवाह भोजमा येशूले ३८० लिटर पानीलाई दाखमद्यमा परिणत गर्नुभयो। अर्को एकपटक उहाँले चमत्कार गरेर ५ हजार मानिसलाई खुवाउनुभयो। (मत्ती १४:१४-२१; यूह. २:६-११) यी दुवै चमत्कार गर्दा येशूले आफ्नो बुबाको उदारता अनुकरण गर्नुभयो।—६/१५, पृष्ठ ४-५.

महान्‌ बेबिलोनको विनाश हुँदा के झूटो धर्मका सबै मानिसहरू विनाश हुनेछन्‌?

यस्तो नहुन सक्छ। जकरिया १३:४-६ ले सङ्‌केत गरेअनुसार अरू धर्मका केही नेताहरूले समेत आफ्नो धर्म त्याग्नेछन्‌ र झूटो धर्मसित आफ्नो कुनै सम्बन्ध छैन भनेर बताउनेछन्‌।—७/१५, पृष्ठ १५-१६.

ख्रीष्टियनहरूले के-कस्ता कुराहरूबारे मनन गर्न सक्छन्‌?

ख्रीष्टियनहरूले यी कुराहरूबारे मनन गर्न सक्छन्‌: यहोवाको सृष्टि, उहाँको वचनमा लेखिएका कुराहरू, प्रार्थना गर्ने सुअवसर र फिरौतीको मायालु प्रबन्ध।—८/१५, पृष्ठ १०-१३.

खराब सङ्‌गतबाट अलग रहनु भन्‍ने आज्ञामा डेटिङ कसरी मुछिएको छ?

हामी यहोवाको सेवा नगर्नेहरूसित समेत राम्रो सम्बन्ध राख्न चाहन्छौं। तर त्यसो भन्दैमा उहाँलाई जीवन समर्पण नगरेका र उहाँको स्तरअनुसार नचल्ने मानिससित डेटिङ गर्नु उचित होइन। त्यसो गर्छौं भने परमेश्‍वरको निर्देशनविपरीत चलिरहेका हुन्छौं। (१ कोरि. १५:३३)—८/१५, पृष्ठ २५.

पत्रुसको विश्‍वास किन धरमरायो तर तिनी फेरि कसरी विश्‍वासमा बलियो हुन सके?

विश्‍वास बलियो भएकोले पत्रुस पानी माथिमाथि हिंडेर येशू भएतिर गएका थिए। (मत्ती १४:२४-३२) तर आँधीबेहरीले गर्दा तिनी डराए। त्यसपछि तिनले येशूमा ध्यान केन्द्रित गरे र उहाँको मदत स्वीकारे।—९/१५, पृष्ठ १६-१७.

मार्था थुप्रै कुरा तयारी गर्नमा अल्झिएर बसेको विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

एकपटक मार्था येशूको लागि थरीथरीका परिकार बनाउन अति नै व्यस्त थिइन्‌। तर तिनकी बहिनी मरियमले भने येशूको शिक्षा सुनिरहेकी थिइन्‌। त्यसैले ‘मरियमले असल भाग रोजेकी छे’ भनी येशूले बताउनुभयो। हामी पनि यहोवाको सेवा गर्नदेखि अलमल्याउने अनावश्‍यक कुराहरूबाट जोगिनुपर्छ।—१०/१५, पृष्ठ १८-२०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने