प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 अगस्त pp. १८-१९
  • सुनभन्दा पनि बहुमूल्य कुराको खोजी गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सुनभन्दा पनि बहुमूल्य कुराको खोजी गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सुनको ढिको खोज्नुहोस्‌!
  • अझ धेरै खोजिरहनुहोस्‌!
  • हरेस नखाई खोजिरहनुहोस्‌!
  • सुनप्रतिको मोह कहिल्यै घट्‌दैन
    ब्यूँझनुहोस्‌!—२००५
  • सुन—यसको रहस्य
    ब्यूँझनुहोस्‌!—१९९८
  • के राजा सुलेमानको धनबारे बढाइ-चढाइ कुरा गरिएको हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • परमेश्‍वरको वचनको व्यक्‍तिगत अध्ययनबाट आनन्द उठाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 अगस्त pp. १८-१९
सुन खोज्दै गरेका व्यक्‍तिहरू

सुनभन्दा पनि बहुमूल्य कुराको खोजी गर्नुहोस्‌

के तपाईंले कहिल्यै सुनको ढिको फेला पार्नुभएको छ? कमैले मात्र फेला पारेका छन्‌। तर लाखौं मानिसहरूले ‘निखुर सुनले पनि किन्‍न नसकिने’ अझै अनमोल कुरा भेट्टाएका छन्‌। त्यो के हो? त्यो हो, परमेश्‍वरको बुद्धि।—अय्यू. २८:१२, १५.

एक अर्थमा लगनशील बाइबल विद्यार्थीहरूलाई सुनको खोजी गर्ने व्यक्‍तिहरूसित तुलना गर्न सकिन्छ। बाइबलको अनमोल ज्ञान पाउन पनि सुन खोज्नेले जस्तै कडा प्रयास गर्नुपर्छ र निरन्तर खोज्नुपर्छ। आउनुहोस्‌, यस सन्दर्भमा सुन खोज्ने तीन तरिकाबाट हामी के सिक्न सक्छौं, विचार गरौं।

सुनको ढिको खोज्नुहोस्‌!

कल्पना गर्नुहोस्‌, तपाईं नदीको किनारतिर हिंड्‌दै हुनुहुन्छ। घामको किरण परेर चमचम चम्किरहेको एउटा सानो वस्तु देख्नुहुन्छ। एकछिन यसो निहुरिएर हेर्दा त सुनको टुक्रा पो रहेछ! त्यो सलाईको टुप्पो जत्रो सानो भए पनि हीरा भेट्टाउनुभन्दा पनि मुस्किल हुन्छ। त्यसैले वरपर अझै भेटिन्छ कि भनेर पक्कै खोज्नु हुन्छ होला।

पहिलो पटक यहोवाको साक्षीले तपाईंलाई बाइबलबाट भविष्यको आशाबारे बताएको क्षण सायद तपाईंलाई याद होला। त्यतिबेला तपाईंलाई आध्यात्मिक सुनको ढिको भेटेजस्तै लाग्यो होला। अथवा परमेश्‍वरको नाम यहोवा हो भनेर पहिलो पटक थाह पाउनु भएको क्षण पनि तपाईंको मनमा ताजै होला। (प्रका. ४:११) अथवा परमेश्‍वरको मित्र बन्‍न सकिन्छ भनेर पहिलो चोटि थाह पाउनुभयो होला। (याकू. २:२३) त्यतिखेर तपाईंलाई सुनभन्दा पनि अझै बहुमूल्य कुरा भेटेको जस्तो लागेन र? त्यसपछि तपाईं अझ धेरै खोज अनुसन्धान गर्न उत्प्रेरित हुनुभयो नि, हैन र?

अझ धेरै खोजिरहनुहोस्‌!

सुनका स-साना कणहरू कहिलेकाहीं नदी किनारमा थुप्रिन पुग्छन्‌। यसरी थुप्रिएका ठाँउमा सुन खोजी गर्नेहरूले महिनौं लगाएर निकै मेहनतसाथ खोजी गर्छन्‌, कहिलेकाहीं त उनीहरूले करोडौं मूल्य बराबरको सुन भेट्टाउँछन्‌।

यहोवाको साक्षीसित बाइबल अध्ययन सुरु गर्नुहुँदा तपाईंलाई आफू सुन खोज्ने व्यक्‍ति जस्तै लाग्यो होला। जसले सुन खोजेर एउटा भाँडामा जम्मा गर्दै जान्छ। त्यसरी नै बाइबलका विभिन्‍न पदहरूमा मनन गर्दै जाँदा तपाईंको ज्ञानको भण्डार बढ्‌दै गयो र तपाईं आध्यात्मिक रूपमा बलियो हुनुभयो। यसरी बाइबलको बहुमूल्य सत्य कुरा सिक्दै र गहिरिएर मनन गर्दै जाँदा यहोवासित कसरी घनिष्ठ हुन सकिन्छ र अनन्त जीवनको आशालाई मनमा राख्दै कसरी परमेश्‍वरको प्रेम पाउन लायक भइरहन सकिन्छ, त्यसबारे सिक्नुभयो।—याकू. ४:८; यहू. २०, २१.

व्यक्‍तिगत बाइबल अध्ययन गरिरहेका भाइ

सुन खोज्न कडा मेहनत गर्नेहरूले जस्तै के तपाईं पनि बाइबलका बहुमूल्य सत्य सिक्न प्रयास गर्दै हुनुहुन्छ?

जसरी सुन खोज्नेहरूले सुन खोज्न निकै मेहनत गर्छन्‌, त्यसरी नै तपाईंले पनि बाइबलको अनमोल धन खोज्न लगनशील भई लाग्नुभयो। बाइबलका आधारभूत सत्य बुझिसकेपछि समर्पण र बप्तिस्मा गर्न तपाईं अघि बढ्‌नुभयो।—मत्ती २८:१९, २०.

हरेस नखाई खोजिरहनुहोस्‌!

ज्वालामुखी फुट्‌दा निक्लेको पदार्थ जमेर बनेको चट्टानहरूमा थोरै मात्रामा सुन पाइन्छ। कतिपय चट्टानमा भने धेरै पाइन्छ। त्यसैले सुन खोज्नेहरूले त्यस्ता चट्टानहरू खनेर सुन मिसिएको कच्चा पदार्थ निकाल्छन्‌ र प्रशोधन गरेर त्यसबाट सुन निकाल्छन्‌। झट्ट हेर्दा त्यस्तो कच्चा पदार्थमा सुन देखिंदैन। किन? किनभने एक हजार किलो चट्टानबाट निकालेको एकदमै राम्रो कच्चा पदार्थबाट लगभग १० ग्राम मात्र सुन निकाल्न सकिन्छ! तैपनि सुन खोज्न प्रयास गर्नेहरूका लागि यो निकै ठूलो उपलब्धि हो।

‘ख्रीष्ट सम्बन्धी आधारभूत सिद्धान्त’ सिकेर मात्र चित्त नबुझाउनुहोस्‌। (हिब्रू ६:१, २) बाइबल अध्ययन गर्दा नयाँ र आफूले लागू गर्न सक्ने बुँदाहरू खोज्ने प्रयास गर्नुहोस्‌। वर्षौंदेखि बाइबल अध्ययन गर्दै आउनुभएको छ भने पनि तपाईं कसरी आफ्नो व्यक्‍तिगत अध्ययनलाई अझै फलदायी बनाउन सक्नुहुन्छ?

सिक्न सधैं इच्छुक भइरहनुहोस्‌। एक-एक कुरा बुझ्न गहिरिएर ध्यान दिनुहोस्‌। लगनशील भई निरन्तर प्रयास गर्नुभयो भने तपाईंले सुनको ढिकोजस्तै परमेश्‍वरको बुद्धि र डोऱ्‍याइ भेट्टाउनु हुनेछ। (रोमी ११:३३) आफ्नो भाषामा उपलब्ध अनुसन्धान सहयोगीको सदुपयोग गरेर बाइबलको ज्ञान बढाउनुहोस्‌। तपाईंलाई कुनै निर्देशन आवश्‍यक पर्दा वा बाइबल सम्बन्धी मनमा कुनै प्रश्‍न उठ्‌दा धीरजी हुँदै त्यसबारे अनुसन्धान गर्नुहोस्‌। अरूले कुन शास्त्रपद अथवा कुन लेखबाट प्रोत्साहन अनि मदत पाउन सके, त्यसबारे सोध्नुहोस्‌। तपाईंले व्यक्‍तिगत अध्ययन गर्दा थाह पाउनुभएको रोचक कुरा छ भने त्यसबारे अरूलाई पनि सुनाउनुहोस्‌।

तर हाम्रो उद्देश्‍य दिमागी ज्ञान बढाउनु मात्र होइन। प्रेषित पावलले पनि यस्तो चेतावनी दिए: “ज्ञानले घमन्ड बढाउँछ।” (१ कोरि. ८:१) त्यसैले नम्र भई विश्‍वासमा बलियो रहन कडा प्रयास गर्नुहोस्‌। नियमित पारिवारिक उपासना र व्यक्‍तिगत अध्ययनले हामीलाई यहोवाको स्तरअनुरूप चल्न मदत गर्नेछ। साथै अरूलाई मदत गर्न पनि उत्प्रेरित हुनेछौं। अझ महत्त्वपूर्ण कुरा, सुनभन्दा पनि झनै बहुमूल्य कुरा भेटिएकोमा तपाईं आनन्दित हुनुहुनेछ।—हितो. ३:१३, १४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने