प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 No. ३ pp. ४-८
  • चार घोडसवार तिनीहरू को हुन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चार घोडसवार तिनीहरू को हुन्‌?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सेतो घोडामा सवार व्यक्‍ति
  • रातो घोडामा सवार व्यक्‍ति
  • कालो घोडामा सवार व्यक्‍ति
  • पहेंलो घोडामा सवार व्यक्‍ति
  • सुनौला दिनहरू नजिकै छन्‌!
  • चार घोडसवारहरूको दौड!
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • चार घोडसवार अनि तपाईं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • युद्ध अनि दुःखकष्ट पछाडि कसको हात छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 No. ३ pp. ४-८
चार घोडसवार अनि पछाडि आइरहेको मृत्यु

आवरण लेख | चार घोडसवार—तिनीहरूको सवारीले तपाईंलाई कस्तो असर गर्छ?

चार घोडसवार तिनीहरू को हुन्‌?

ती चार घोडसवारहरू रहस्यमय र खतरनाक जस्तो देखिएलान्‌ तर त्यसरी सोच्नु आवश्‍यक छैन। किन? किनभने बाइबल र आधुनिक समयका घटनाहरूले ती प्रत्येक घोडसवारले केलाई चित्रण गर्छ भनेर स्पष्ट बुझ्न मदत गर्छ। अनि ती घोडसवारले पृथ्वीमा विनाश ल्याउने कुरालाई सङ्‌केत गरे तापनि तपाईं र तपाईंको परिवारलाई भने यसले फाइदा पुऱ्‍याउन सक्छ। कसरी? सबैभन्दा पहिला, यी घोडसवारहरूबारे बुझौं।

सेतो घोडामा सवार व्यक्‍ति

दर्शन यसरी सुरु हुन्छ: “हेर, मैले एउटा सेतो घोडा देखें। त्यसमाथि सवार हुनेसित एउटा धनु थियो र तिनलाई एउटा मुकुट दिइयो अनि तिनी विजय गर्दै आफ्नो विजययात्रा पूरा गर्नलाई अघि बढे।”—प्रकाश ६:२.

सेतो घोडामा सवार व्यक्‍ति को हुनुहुन्छ? यो कुरा प्रकाशको पुस्तक पढेर थाह पाउन सक्छौं। यस पुस्तकमा स्वर्गका ती घोडसवारलाई “परमेश्‍वरको वचन” भनेर चिनाइएको छ। (प्रकाश १९:११-१३) ‘वचन’ भन्‍ने पदवीले येशू ख्रीष्टलाई बुझाउँछ किनभने उहाँ परमेश्‍वरको प्रवक्‍ता हुनुहुन्छ। (यूहन्‍ना १:१, १४) साथै उहाँलाई “राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभु” भनिन्छ र उहाँलाई “विश्‍वासी अनि सत्य” पनि भनिएको छ। (प्रकाश १९:१६) स्पष्ट छ, उहाँसँग योद्धा राजाको रूपमा कदम चाल्ने अख्तियार छ र उहाँले आफ्नो अख्तियार भ्रष्ट कामको निम्ति अथवा व्यक्‍तिगत फाइदाको निम्ति प्रयोग गर्नुहुन्‍न। तर केही प्रश्‍न खडा हुन्छन्‌।

येशूलाई विजय गर्ने अख्तियार कसले दियो? (प्रकाश ६:२) भविष्यवक्‍ता दानियलले देखेको एउटा दर्शनमा “मानिसका पुत्र”-को रूपमा चिनाइएका मसीहलाई ‘प्राचीन उमेरको’ यहोवा परमेश्‍वरलेa “सर्वाधिकार, महिमा र राज्याधिकार” दिनुभयो। (दानियल ७:१३, १४) त्यसैले सर्वशक्‍तिमान्‌ परमेश्‍वरले नै येशूलाई शासन गर्ने र न्याय गर्ने अख्तियार दिनुभएको हो। परमेश्‍वरको छोराले गर्ने न्यायिक युद्धमा सेतो घोडा हुनु जायज छ किनकि बाइबलमा सेतो रङ्‌गलाई अक्सर धार्मिकताको प्रतीकको रूपमा प्रयोग गरिएको छ।—प्रकाश ३:४; ७:९, १३, १४.

ती घोडामा सवार हुनेहरूले आफ्नो यात्रा कहिलेदेखि सुरु गरे? पहिलो घोडामा सवार येशूलाई विचार गर्नुहोस्‌। आफूलाई मुकुट दिइएपछि उहाँले आफ्नो यात्रा सुरु गर्नुभयो। (प्रकाश ६:२) येशूलाई स्वर्गमा राजाको रूपमा कहिले मुकुट पहिराइयो? आफ्नो मृत्युपछि स्वर्ग फर्कने बित्तिकै येशूलाई मुकुट पहिराइएको थिएन। त्यो पर्खने समय थियो भनेर बाइबल बताउँछ। (हिब्रू १०:१२, १३) येशूले आफ्ना अनुयायीहरूलाई पर्खने समयको अन्त हुने र स्वर्गमा आफ्नो शासन सुरु हुने समयको चिन्हहरू दिनुभयो। आफूले शासन गर्न थाल्दा पृथ्वीको अवस्था अझै खराब हुने कुरा उहाँले बताउनुभयो। युद्ध, अनिकाल र महामारी हुनेथियो। (मत्ती २४:३, ७; लूका २१:१०, ११) सन्‌ १९१४ मा प्रथम विश्‍व युद्ध सुरु भएपछि पृथ्वीमा कठिन समय अर्थात्‌ बाइबलमा बताइएको “अन्तको दिन” सुरु भयो।—२ तिमोथी ३:१-५.

तर येशूले सन्‌ १९१४ मा मुकुट पहिरिएपछि पृथ्वीको अवस्था राम्रो हुनुको सट्टा किन झन्‌-झन्‌ खराब हुँदै गइरहेको छ? किनभने त्यतिबेला येशूले स्वर्गमा शासन गर्न थाल्नुभएको थियो, पृथ्वीमा होइन। स्वर्गमा लडाइँ भयो अनि माइकल भनिने नवनियुक्‍त राजा येशूले सैतान र त्यसका स्वर्गदूतहरूलाई पृथ्वीमा फालिदिनुभयो। (प्रकाश १२:७-९, १२) आफ्नो समय थोरै मात्र बाँकी छ भनी सैतानलाई थाह भएकोले त्यो असाध्यै रिसाएको छ। सैतान नाश हुन र परमेश्‍वरको इच्छा पृथ्वीमा पनि पूरा हुन अब थोरै समय मात्रै बाँकी छ। (मत्ती ६:१०) बाँकी तीन घोडसवारले पनि हामी कठिन समय अर्थात्‌ “अन्तको दिन”-मा बाँचिरहेको कुरा कसरी प्रमाणित गर्छ, विचार गरौं। खास व्यक्‍तिलाई चित्रण गर्ने पहिलो घोडसवारजस्तो नभई त्यसपछिका अन्य तीन घोडसवारले सारा मानव समुदायलाई असर गर्ने संसारको अवस्थालाई बुझाउँछ।

रातो घोडामा सवार व्यक्‍ति

“तब अर्को एउटा घोडा आयो। त्यो चहकिलो रातो रङ्‌गको थियो र त्यसमाथि सवार हुनेलाई पृथ्वीमा मारकाट गराएर शान्ति हरण गर्ने अनुमति दिइयो। अनि तिनलाई एउटा ठूलो तरबार पनि दिइयो।”—प्रकाश ६:४.

यस घोडसवारले युद्धलाई चित्रण गर्छ। याद गर्नुहोस्‌, यस घोडसवारले कुनै-कुनै राष्ट्रको मात्र नभई सारा पृथ्वीको शान्ति हरण गर्छ। सन्‌ १९१४ मा इतिहासमै पहिलो पटक विश्‍वव्यापी युद्ध भयो। त्यसपछि दोस्रो विश्‍व युद्ध पनि भयो जसले गर्दा मानिसहरूले अझ धेरै क्षति भोग्नुपऱ्‍यो। कसै-कसैको अनुमानअनुसार सन्‌ १९१४ देखि युद्ध र सशस्त्र द्वन्द्वमा मारिएका मानिसहरूको सङ्‌ख्या दस करोडभन्दा बढी पुगेको छ। अरू थुप्रै मानिस भने गम्भीर घाइते भएका छन्‌।

युद्ध अहिले कत्तिको व्यापक छ? मानव समाजलाई नै ध्वस्त पार्न सक्ने अवस्थामा मानिसहरू पुगिसकेका छन्‌। संयुक्‍त राष्ट्र संघ जस्ता शान्ति ल्याउनको लागि स्थापना भएका संस्थाहरूले पनि रातो घोडसवारलाई रोक्न सकेका छैनन्‌।

कालो घोडामा सवार व्यक्‍ति

“हेर, मैले एउटा कालो घोडा देखें। त्यसमाथि सवार हुनेको हातमा एउटा तराजु थियो। तब मैले एउटा यस्तो आवाज सुनें, जुन चार वटा करूबको बीचबाट आएकोजस्तो मलाई लाग्यो: ‘एक दिनारमा एक किलो गहुँ र एक दिनारमा तीन किलो जौ; अनि जैतुनको तेल र दाखमद्यलाई हानि नगर।’”—प्रकाश ६:५, ६.

यस घोडसवारले अनिकाललाई चित्रण गर्छ। यस दर्शनले देखाएअनुसार खानेकुराको एकदमै अभाव हुने थियो। एक किलो गहुँको मूल्य एक दिनार थियो, जुन प्रथम शताब्दीमा दिनभरिको कामको ज्याला थियो! (मत्ती २०:२) त्यही मूल्यले तीन किलो जौ किन्‍न सकिन्थ्यो, जुन गहुँभन्दा कम मोलको ठानिन्थ्यो। तर यति खानेकुराले एउटा ठूलो परिवारलाई कति दिन पुग्थ्यो र? त्यो समयमा जैतुनको तेल र दाखमद्यलाई दैनिक जीवनमा नभई नहुने खानेकुराको रूपमा हेरिन्थ्यो। त्यसैले “जैतुनको तेल र दाखमद्यलाई हानि नगर” भन्‍ने वाक्यांशले यस्ता दैनिक उपभोग्य खानेकुरा समेत फारो गरेर चलाउनुपर्ने कुरालाई बुझाउँछ।

सन्‌ १९१४ देखि कालो घोडसवार अघि बढिरहेको छ भन्‍ने प्रमाण के हामीले देखिरहेका छैनौं र? बीसौं शताब्दीमा अनिकालले गर्दा करिब ७ करोड मानिसले आफ्नो ज्यान गुमाए। एउटा तथ्याङ्‌कअनुसार “सन्‌ २०१२-२०१४ मा ८० करोड ५० लाख मानिस कुपोषित भए। भन्‍नुको मतलब, विश्‍वको प्रत्येक ९ जनामा १ जना कुपोषित थिए।” अर्को रिपोर्टअनुसार “प्रत्येक वर्ष भोकमरीको कारण मृत्यु हुनेहरूको सङ्‌ख्या एड्‌स, औलो र क्षयरोगको कारण मृत्यु हुनेहरूको संयुक्‍त सङ्‌ख्याभन्दा धेरै छ।” अनिकाल हटाउन मानिसले जति नै प्रयास गरे तापनि कालो घोडसवारलाई रोक्न सकिएको छैन।

पहेंलो घोडामा सवार व्यक्‍ति

“हेर, रङ्‌ग फुङ्‌ग उडेको एउटा पहेंलो घोडा मैले देखें। त्यसमाथि सवार हुनेको नाम मृत्यु थियो अनि चिहान तिनी सँगसँगै पछि-पछि आइरहेको थियो। अनि लामो तरबार, अनिकाल, घातक महामारी र जङ्‌गली जनावरहरूद्वारा मानिसहरूलाई मारून्‌ भनेर पृथ्वीको एक चौथाइ भागमाथि तिनीहरूलाई अख्तियार दिइयो।”—प्रकाश ६:८.

चौथो घोडसवारले महामारी र अन्य कारणले हुने मृत्युलाई बुझाउँछ। सन्‌ १९१४ को लगत्तै स्पेनिश फ्लूले लाखौं मानिसको ज्यान लियो। यस फ्लूबाट त्यतिबेलाको संसारको एक तिहाइ मानिस अर्थात्‌ करिब ५० करोड मानिस सङ्‌क्रमित भएका थिए।

तर स्पेनिश फ्लू सुरुवात मात्र थियो। विज्ञहरूका अनुसार बीसौं शताब्दीमा बिफरको कारण मर्नेहरूको सङ्‌ख्या करोडौं थियो। अहिले चिकित्सा क्षेत्रमा निकै प्रगति भइसके तापनि एड्‌स, क्षयरोग, औलोजस्ता रोगका कारण लाखौंले ज्यान गुमाइरहेका छन्‌।

युद्ध, अनिकाल वा महामारीले निम्त्याउने नतिजा एउटै हो—मृत्यु। चिहानले कुनै दया-माया नदेखाई थुप्रै मानिसलाई आफ्नो सिकार बनाएको छ।

सुनौला दिनहरू नजिकै छन्‌!

अहिले संसारमा व्याप्त सबै दुःखकष्टको अन्त चाँडै हुनेछ। यो कुरा याद गर्नुहोस्‌, सन्‌ १९१४ मा येशू “विजय गर्दै” अघि बढ्‌नुभयो र सैतानलाई पृथ्वीमा फाल्नुभयो। तर त्यतिबेला उहाँले आफ्नो विजययात्रा पूरा गर्नुभएन। (प्रकाश ६:२; १२:९, १२) अब चाँडै येशूले आरमागेडोनमा सैतानको सबै कुप्रभाव हटाउनुहुनेछ र त्यसका मानव समर्थकहरूलाई नाश गर्नुहुनेछ। (प्रकाश २०:१-३) येशूले यी तीन घोडसवारलाई नाश गर्नुहुनेछ। त्यति मात्र होइन, तिनीहरूको सवारीले निम्त्याएको विनाशकारी असरलाई उल्टाउनुहुनेछ। तर कसरी? बाइबलमा गरिएको प्रतिज्ञा विचार गर्नुहोस्‌।

युद्ध हुनेछैन, बरु चारैतिर शान्ति छाउनेछ। यहोवाले ‘पृथ्वीको अन्तसम्मै युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाँच्नुहुन्छ, र भालाहरू टुक्रा-टुक्रा पार्नुहुन्छ।’ (भजन ४६:९) शान्तिप्रेमी मानिसहरूले भने “प्रशस्त शान्तिमा आफै खुसी मनाउनेछन्‌।”—भजन ३७:११.

अनिकाल हुनेछैन, बरु प्रशस्त मात्रामा खानेकुरा हुनेछ। “पृथ्वीमा पहाडका टाकुराहरूमा प्रशस्त गरी अन्‍न हुनेछ।”—भजन ७२:१६.

सुन्दर बगैंचामा मानिसहरू

चाँडै येशूले यी तीन घोडसवारले निम्त्याएको विनाशकारी असरलाई उल्टाउनुहुनेछ

महामारी र मृत्यु हुनेछैन, बरु सबै जना स्वस्थ हुनेछन्‌ र सधैंभरि बाँच्नेछन्‌। परमेश्‍वरले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ।”—प्रकाश २१:४.

येशू पृथ्वीमा छँदा उहाँले भविष्यमा शासन गर्दा हुने परिवर्तनहरूको पूर्वझलक देखाउनुभयो। उहाँले शान्तिलाई बढावा दिनुभयो, चमत्कार गरेर हजारौंलाई खुवाउनुभयो, बिरामीलाई निको पार्नुभयो र मरेका व्यक्‍तिहरूलाई समेत पुनर्जीवित पार्नुभयो।—मत्ती १२:१५; १४:१९-२१; २६:५२; यूहन्‍ना ११:४३, ४४.

ती घोडसवारी अन्त हुने समयको लागि तपाईं कसरी तयार रहन सक्नुहुन्छ भनेर बाइबलबाट बुझाउन यहोवाका साक्षीहरू खुसी हुनेछन्‌। के तपाईं अझ धेरै कुरा सिक्न चाहनुहुन्छ?

a यहोवा बाइबलमा उल्लेख गरिएको परमेश्‍वरको नाम हो।

चार घोडसवारको अर्थ प्रकाश पारियो

सेतो घोडामा सवार येशूको विजयले पृथ्वीलाई सुन्दर बगैंचा बनाउनेछ

प्रकाश ६:१, २

सेतो घोडा

यसमा सवार हुनेले येशू ख्रीष्टलाई चित्रण गर्छ। सन्‌ १९१४ देखि उहाँले शासन गर्न थाल्नुभयो र चाँडै सबै दुःखकष्टको अन्त गरेर उहाँले आफ्नो विजययात्रा पूरा गर्नुहुनेछ।

चहकिलो रातो रङ्‌गको घोडसवारले युद्धलाई चित्रण गर्छ

प्रकाश ६:३, ४

चहकिलो रातो रङ्‌गको घोडा

यसमा सवार हुनेले युद्धलाई चित्रण गर्छ। विश्‍व युद्ध र द्वन्द्वले सन्‌ १९१४ देखि असङ्‌ख्य मानिसको ज्यान लिएको छ।

कालो रङ्‌गको घोडसवारले भोकमरीलाई चित्रण गर्छ

प्रकाश ६:५, ६

कालो घोडा

यसमा सवार हुनेले अनिकाललाई बुझाउँछ। खानेकुराको अभावले गर्दा लाखौं मानिसले आफ्नो ज्यान गुमाएका छन्‌।

पहेंलो रङ्‌गको घोडसवारले अकालमै मृत्यु भोग्नुपर्ने कुरालाई बुझाउँछ अनि चिहानले यस्ता मानिसहरूलाई आफ्नो सिकार बनाउँछ

प्रकाश ६:७, ८

पहेंलो घोडा

यस घोडामा सवार हुनेले रोग र अन्य कारणद्वारा मानिसहरूले अकालमै मृत्यु भोग्नुपर्ने कुरालाई बुझाउँछ। चिहानले यस्ता मानिसहरूलाई आफ्नो सिकार बनाउँछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने