प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 No. ३ p. ३
  • चार घोडसवार अनि तपाईं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चार घोडसवार अनि तपाईं
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • मिल्दोजुल्दो सामग्री
  • चार घोडसवार तिनीहरू को हुन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • परिचय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • चार घोडसवारहरूको दौड!
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • चार घोडसवार
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 No. ३ p. ३
चारवटा घोडा तीव्र गतिमा अघि बढ्‌दै

आवरण लेख | चार घोडसवार—तिनीहरूको सवारीले तपाईंलाई कस्तो असर गर्छ?

चार घोडसवार अनि तपाईं

तिनीहरू तीव्र गतिमा अघि बढ्‌दै छन्‌, तिनीहरूको वेग कुदाइले गर्दा आएको आवाज मेघ गर्जेको जस्तै छ! चार वटा बलिया घोडा र तीमाथि सवार गर्नेहरूले दृश्‍यलाई एकदमै जीवन्त बनाइदिएका छन्‌, यस्तो लाग्छ तिनीहरू बाइबलका पानाहरूबाटै बाहिर निस्केर आउँछन्‌! पहिलो घोडा सेतो छ र यसमा सवार भएका व्यक्‍ति भर्खरै अभिषेक भएका महिमित राजा हुनुहुन्छ। उहाँको पछि-पछि चहकिलो रातो रङ्‌गको घोडा आउँदै छ जसमा सवार हुनेले पृथ्वीबाट शान्ति हरण गर्छ। त्यसपछि कालो रङ्‌गको तेस्रो घोडा देखा पर्छ। यसमा सवार हुनेको हातमा एउटा तराजु छ। यसले अत्यावश्‍यक खाद्यान्‍नको अभाव हुने कुराको सङ्‌केत दिन्छ। चौथो घोडा फुङ्‌ग उडेको पहेंलो रङ्‌गको छ। यसले रोग र अरू घातक महामारी हुने कुरालाई बुझाउँछ जसमा सवार हुने व्यक्‍तिको नाम मृत्यु हो। यसको पछि-पछि चिहान आइरहेको छ जसले थुप्रै मानिसहरूको प्राण लिंदै छ!—प्रकाश ६:१-८.

“पहिलो पटक चार घोडसवारको विषयमा पढ्‌दा मेरो मुटु नै काम्यो। परमेश्‍वरको न्यायको दिन छिट्टै आउँछ र आफू त्यसको लागि तयार नभएकोले मर्छु जस्तो लाग्यो।”—क्रिष्टल।

“भिन्‍नाभिन्‍नै रङ्‌गको घोडामा सवार चार व्यक्‍तिको विवरण मलाई एकदमै रोचक लाग्यो। यो दर्शनको अर्थ बुझेपछि एकदमै खुसी लाग्यो।”—एड।

के तपाईं प्रकाशको पुस्तकमा उल्लेख गरिएका चार घोडसवारबारे क्रिष्टलले जस्तै महसुस गर्नुहुन्छ? अथवा एडले जस्तै महसुस गर्नुहुन्छ कि? जे होस्‌, यी चार घोडसवारको रोमाञ्चक विवरण बाइबलको अन्तिम पुस्तकमा उल्लेख गरिएका दर्शनहरूमध्ये एक चर्चित दर्शन हो। यो दर्शनको विषयमा बुझेर तपाईंले पनि व्यक्‍तिगत रूपमा लाभ उठाउन सक्नुहुन्छ। तर कसरी? भविष्यवाणीको यस पुस्तकमा लेखिएका कुराहरू पढ्‌दा, त्यसबाट सिक्दा अनि त्यसैअनुसार आफ्नो जीवन बिताउँदा तपाईंले साँचो आनन्द प्राप्त गर्न सक्नुहुन्छ भनेर परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको छ।—प्रकाश १:१-३.

केही मानिसहरू चार घोडसवारको दर्शनबाट भयभीत हुन्छन्‌ तर यो तपाईंलाई त्रसित बनाउन बाइबलमा लेखिएको होइन। वास्तवमा लाखौंले यो दर्शनले आफ्नो विश्‍वास बलियो बनाएको र उज्ज्वल भविष्यको आशामा ध्यान दिन मदत गरेको महसुस गरेका छन्‌। यसले तपाईंलाई पनि मदत दिन सक्छ। कृपया यसपछिको लेख पनि पढ्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने