प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 No. ६ pp. १२-१४
  • बाइबल किन यत्ति थरी?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल किन यत्ति थरी?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मौलिक बाइबल
  • ग्रीक सेप्टुआजिन्ट
  • ल्याटिन भल्गेट
  • अझै धेरै नयाँ अनुवाद
  • “सेप्टुआजिन्ट” विगत अनि वर्तमान दुवैका लागि उपयोगी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • बाइबल हाम्रो समयसम्म कसरी आइपुगेको छ—भाग एक
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • कुरा गर्न रुचाउनुहुने परमेश्‍वर—यहोवा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • के बाइबल परमेश्‍वर बाट आएको हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 No. ६ pp. १२-१४
बाइबलका पुराना, छापिएका र इलेक्ट्रोनिक संस्करणहरू

बाइबल किन यत्ति थरी?

आजकल बाइबलका विभिन्‍न संस्करण वा अनुवादको छेलोखेलो नै छ। किन यत्ति थरी? के तपाईंलाई यी नयाँ संस्करणहरूले बाइबलका कुराहरू अझ राम्ररी बुझ्न मदत गरेको छ? अथवा गाह्रो पो बनाएको छ कि? बाइबलका विभिन्‍न संस्करण अहिले हाम्रो हातसम्म कसरी आए भन्‍ने कुरा जाँच्यौं भने ती संस्करणहरूको महत्त्व बुझ्न सक्छौं।

त्यसोभए बाइबल क-कसले लेखे र कहिले लेखे?

मौलिक बाइबल

सामान्यतया बाइबललाई दुई भागमा विभाजित गरिएको छ। पहिलो भाग ३९ वटा किताबको सङ्‌गालो हो, जसमा “परमेश्‍वरका पवित्र सन्देशहरू” पाइन्छन्‌। (रोमी ३:२) परमेश्‍वरले आफ्ना विश्‍वासी सेवकहरूलाई यी किताबहरू लेख्न लगाउनुभयो। पहिलो भाग लेख्न लगभग १,१०० वर्ष लाग्यो। ईसापूर्व १५१३ देखि सुरु भएर करिब ईसापूर्व ४४३ तिर यो भाग लेख्न सिद्धियो। यी किताबहरू धेरैजसो हिब्रू भाषामा लेखिएको हुनाले यसलाई हिब्रू धर्मशास्त्र भनिन्छ। यसलाई पुरानो करार भनेर पनि चिनिन्छ।

दोस्रो भाग २७ वटा किताबको सङ्‌गालो हो र यो पनि “परमेश्‍वरको वचन”-को भाग हो। (१ थिस्सलोनिकी २:१३) परमेश्‍वरले आफ्ना विश्‍वासी सेवकहरूलाई छोटो समयावधिमा यी किताबहरू लेख्न लगाउनुभयो। लगभग इस्वी संवत्‌ ४१ देखि इस्वी संवत्‌ ९८ सम्म ६० वर्षको अवधिमा यी किताबहरू लेखेर सकिए। यी किताबहरू प्रायः ग्रीक भाषामा लेखिएको हुनाले यसलाई ख्रीष्टियन ग्रीक धर्मशास्त्र भनिन्छ। यसलाई नयाँ करार भनेर पनि चिनिन्छ।

यी ६६ वटा किताब मिलेर एउटा सिङ्‌गो बाइबल बन्छ, जहाँ मानवजातिको लागि परमेश्‍वरबाट आएको सन्देश छ। तर बाइबलको अरू अनुवादहरूको आवश्‍यकता किन पऱ्‍यो? तीनवटा कारण विचार गरौं।

  • मानिसहरूले बाइबल आफ्नै मातृभाषामा पढ्‌न पाऊन्‌ भनेर

  • प्रतिलिपि उतार्दा भएका गल्तीहरू सच्याउन र सकेसम्म मौलिक बाइबलको भाव उतार्न

  • बाइबललाई बोलीचाली वा चलनचल्तीको भाषामा उपलब्ध गराउन

बाइबल अनुवाद गर्नुको मुख्य कारण यिनै हुन्‌। आउनुहोस्‌, सुरु-सुरुका दुई वटा बाइबल अनुवाद विचार गरौं।

ग्रीक सेप्टुआजिन्ट

येशूको समयभन्दा लगभग ३०० वर्षअघि यहूदी बाइबलविद्‌हरूले हिब्रू धर्मशास्त्रलाई ग्रीक भाषामा अनुवाद गर्न सुरु गरे। यो अनुवाद ग्रीक सेप्टुआजिन्ट भनेर चिनिन थाल्यो। यो संस्करण किन तयार पारियो? थुप्रै यहूदीहरू हिब्रूभन्दा ग्रीक भाषा बोल्ने गर्थे। उनीहरूको लागि भनेर “पवित्र लेखोटहरू”-को यो अनुवाद तयार पारिएको थियो।—२ तिमोथी ३:१५.

सेप्टुआजिन्ट-ले लाखौं ग्रीकभाषी गैर-यहूदीहरूलाई पनि बाइबलको कुरा सिक्न मदत गऱ्‍यो। कसरी? प्रोफेसर डब्ल्यु. एफ. होवार्ड यसो भन्छन्‌, “पहिलो शताब्दीको बीचतिर सेप्टुआजिन्ट ख्रीष्टियन चर्चहरूको बाइबल भनेर चिनिन थाल्यो। ती चर्चका मिसनरीहरू ‘येशू नै मसीह हुनुहुन्छ भन्‍ने कुरा धर्मशास्त्रबाट’ सिकाउन एउटा सभाघर देखि अर्को सभाघरसम्म पुग्ने गर्थे।” (प्रेषित १७:३, ४; २०:२०) यसले गर्दा थुप्रै यहूदीहरूको “सेप्टुआजिन्टप्रति चासो हट्‌यो” भनेर बाइबलविद्‌ एफ. एफ. ब्रुसले बताए।

येशूका चेलाहरूले ख्रीष्टियन ग्रीक धर्मशास्त्र एक पछि अर्को गर्दै सेप्टुआजिन्टसँगै राख्न थाले। यसरी अहिले हाम्रो हातमा पूरा बाइबल छ।

ल्याटिन भल्गेट

बाइबल लेखेर सिधिएको लगभग ३०० वर्षपछि धर्मविद्‌ जेरोमले ल्याटिन भाषामा बाइबल अनुवाद गर्न सुरु गरे। यसलाई ल्याटिन भल्गेट भनिन्छ। ल्याटिन भाषामा बाइबल पहिल्यै उपलब्ध थियो, तैपनि जेरोमले किन नयाँ अनुवाद गरे? एउटा विश्‍वकोशअनुसारa जेरोम “गलत अनुवाद, गल्तीहरू र थप-घट भएका कुराहरूलाई” मिलाउन चाहन्थे।

जेरोमले थुप्रै त्रुटि सुधारे। तर पछि चर्चहरूले एउटा गल्ती गरे! चर्चहरूले ल्याटिन भल्गेट मात्र बाइबलको आधिकारिक अनुवाद हो भनेर घोषणा गरे। शताब्दियौंसम्म यही कुरालाई मान्यता दिइयो। यसले गर्दा साधारण मानिसहरूलाई बाइबलको कुरा बुझ्न झनै गाह्रो भयो। किनभने धेरैजसो मानिसलाई ल्याटिन भाषा नै थाह थिएन।

अझै धेरै नयाँ अनुवाद

समय बित्दै जाँदा मानिसहरूले बाइबलका विभिन्‍न अनुवाद निकाल्न थाले। जस्तै, पाँचौ शताब्दीमा सिरियाक पेशिट्टा भन्‍ने अनुवाद एकदम चिरपरिचित थियो। तर १४ औं शताब्दीदेखि मात्र बाइबल साधारण मानिसको लागि विभिन्‍न भाषामा अनुवाद गर्न थालियो।

चौधौं शताब्दीको अन्ततिरको कुरा हो, इङ्‌गल्यान्डका जोन विक्लिफले आफ्नो देशका मानिसहरूले बाइबलका कुरा बुझ्न सकून्‌ भनेर चलनचल्तीको अङ्‌ग्रेजी भाषामा बाइबल अनुवाद गरे। त्यस लगत्तै, योहानस गुटनबर्गले छपाईको क्षेत्रमा गरेको नयाँ आविष्कारले युरोपका विभिन्‍न भाषामा बाइबल छाप्न र वितरण गर्न सम्भव भयो।

बाइबल अङ्‌ग्रेजी भाषामा थुप्रै पटक अनुवाद भयो। त्यसैले आलोचकहरूले ‘एउटै भाषामा विभिन्‍न संस्करण आवश्‍यक छ र’ भन्‍ने प्रश्‍न उठाए। अठारौं शताब्दीका पास्टर जोन लेविसले यस्तो लेखे: “भाषा बिस्तारै पुरानो र अस्पष्ट हुँदै जान्छ। त्यसैले पुराना बाइबललाई संशोधन गरेर आधुनिक भाषामा अनुवाद गर्न आवश्‍यक छ। अनि बल्ल नयाँ पुस्ताहरूले बाइबलका कुरा बुझ्न सक्छन्‌।”

आजकल बाइबलविद्‌हरूलाई पुराना अनुवादहरूको संशोधन गर्न पहिलाभन्दा धेरै सजिलो भएको छ। तिनीहरूले बाइबल लेखिंदाको भाषाहरूबारे थप जानकारी हासिल गरेका छन्‌। हालै भेट्टाइएका बाइबलका पुरातन लेखोटहरू पनि तिनीहरूको लागि बहुमूल्य साबित भएको छ। मौलिक बाइबलमा लेखिएका कुराहरू अझै स्पष्टसँग बुझ्न यसले अझै मदत गरेको छ।

त्यसैले निष्कर्षमा भन्‍नुपर्दा नयाँ बाइबल संस्करण जाँच्नु साँच्चै मदतकारी साबित हुन्छ। तर बाइबल जाँच्नुभन्दा अघि होसियारी भने अपनाउनुपर्छ। नयाँ बाइबल संस्करणहरू तयार पार्न अनुवादकलाई परमेश्‍वरप्रतिको प्रेमले उत्प्रेरित गरेको हो कि होइन, पक्का गर्नुपर्छ। यदि परमेश्‍वरप्रतिको प्रेमले उत्प्रेरित भएर उनीहरूले बाइबल अनुवाद गरेका हुन्‌ भने त्यो संस्करण हाम्रो लागि फाइदाजनक हुन्छ।

आफ्नो मोबाइल, ट्‌याबलेट वा अनलाइनबाट आफ्नै भाषामा बाइबल पढ्‌न चाहनुहुन्छ भने www.jw.org/ne मा जानुहोस्‌। प्रकाशनहरू > बाइबल अन्तर्गत हेर्नुहोस्‌ वा कोड स्क्यान गर्नुहोस्‌।

a The International Standard Bible Encyclopedia.

बाइबलमा परमेश्‍वरको पवित्र नाम

येशूको पालामा प्रयोग गरिएको सेप्टुआजिन्टको टुक्रामा परमेश्‍वरको नाम

येशूको पालामा प्रयोग गरिएको सेप्टुआजिन्ट-को टुक्रामा परमेश्‍वरको नाम

पवित्र बाइबल—नयाँ संसार अनुवाद-को हिब्रू धर्मशास्त्र र ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा परमेश्‍वरको पवित्र नाम यहोवा प्रयोग गरिएको छ। थुप्रै आधुनिक नेपाली अनुवादहरूमा यो नाम प्रयोग गरेको पाइँदैन। यहोवा नामको सट्टा “परमप्रभु” प्रयोग गरिएको छ। किन? केही अनुवादकहरू परमेश्‍वरको व्यक्‍तिगत नाम बुझाउन प्रयोग गरिने टेट्राग्रामटन (YHWH) ग्रीक सेप्टुआजिन्ट अनुवादमा थिएन भन्‍ने दाबी गर्छन्‌। तर के यो दाबी सत्य हो?

बीसौं शताब्दीको बीचतिर हजारौं वर्ष पुराना सेप्टुआजिन्ट-का टुक्राहरू फेला परेको थियो। ती टुक्राहरूमा हिब्रू अक्षरमा लेखिएको परमेश्‍वरको पवित्र नाम थियो। यो कुरा विचार गर्दा पछि प्रतिलिपि उतार्नेहरूले परमेश्‍वरको नाम हटाएर किरिओस्‌ भन्‍ने शब्द प्रयोग गरेका हुन सक्छन्‌। ग्रीक शब्द किरिओस-को अर्थ “परमप्रभु” हो। नयाँ संसार अनुवाद-ले परमेश्‍वरको नाम जहाँ-जहाँ हुनुपर्ने हो, त्यहाँ-त्यहाँ पुनर्स्थापित गरेको छ।

के बाइबलका कुराहरू अदलबदल भएका छन्‌?

मृत सागरमा फेला परेको यशैयाको किताबको पाण्डुलिपि

दुई हजार वर्षअघि मृत सागरमा फेला परेको यशैयाको किताबको पाण्डुलिपि। अहिले हामीले प्रयोग गर्ने यशैयाको किताबसँग एकदम मेल खान्छ

बाइबलको प्रतिलिपि उतार्नेहरूले पक्कै पनि गल्ती गरे। तर यी गल्तीहरूले बाइबलको कुराहरू अदलबदल भएको छैन। “बाइबलमा भएका यी सानातिना त्रुटिहरूले ख्रीष्टियनहरूको आधारभूत विश्‍वास र शिक्षालाई असर गरेको छैन।”—हाम्रो बाइबल अनि प्राचीन हस्तलिपि (अङ्‌ग्रेजी).

प्रतिलिपि उतार्ने यहूदीहरूले थोरै मात्र गल्ती गरे। “प्रथम र दोस्रो शताब्दीतिरका प्रतिलिपि उतार्ने यहूदीहरूले हिब्रू बाइबलका प्रतिलिपि अनि त्यसको पनि प्रतिलिपि बनाउँदा खेरि सक्दो त्रुटिरहित बनाउन कोसिस गर्थे।”—मृत सागरमा भेटिएका पाण्डुलिपिको पुनरावलोकन (अङ्‌ग्रेजी).

उदाहरणको लागि, मृत सागरमा फेला परेका यशैयाको किताबको पाण्डुलिपिहरू पहिले फेला पारेको पाण्डुलिपिभन्दा हजार वर्ष पुरानो छ। अहिले भएको यशैयाको किताबभन्दा कति फरक छ? “थोरै शब्द मात्र घटबढ भएका छन्‌।”—एउटा किताब। बाइबलको इतिहास (अङ्‌ग्रेजी).

पहिला भएका त्रुटिहरू पत्ता लगाउन अहिले सजिलो भएको छ। “नयाँ करारको लेखोट सही छ भन्‍ने प्रमाण अहिले जत्ति छ, त्यत्ति अरू कुनै प्राचीन लेखोटहरूको छैन।”—किताब तथा चर्मपत्रहरू (अङ्‌ग्रेजी).

“शङ्‌का गर्ने पाठकहरूलाई मिश्रमा भेटिएको पुरानो बिब्लिकल पपाइरसको पाण्डुलिपि र अहिलेका पाण्डुलिपिबीचको समानता देखाउँदा उनीहरू विश्‍वस्त हुन सक्छन्‌। वर्षौंको दौडान युरोपका अनगिन्ती प्रतिलिपि उतार्ने ठाउँ वा छाप्ने ठाउँहरू हुँदो बाइबल हाम्रो माझ आइपुगेको छ।”—एउटा किताब। बाइबलको इतिहास (अङ्‌ग्रेजी).

त्यसोभए, के बाइबलका कुराहरू अदलबदल भएका छन्‌? वास्तवमा भन्‍नुपर्दा, छैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने