प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 अक्टोबर p. ३२
  • के तपाईंलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • तिमीहरूको वचन ‘हुन्छ’ भने ‘हुन्छ’ होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • परमेश्‍वरको आज्ञा मान्‍नुहोस्‌ र उहाँका प्रतिज्ञाहरूबाट लाभ उठाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 अक्टोबर p. ३२

के तपाईंलाई थाह थियो?

येशूले कसम खाने कुराको किन विरोध गर्नुभयो?

एक जना मान्छे मन्दिरमा कसम खाँदै

मोशाको व्यवस्थाअनुसार कुनै-कुनै अवस्थामा कसम खानु अनि शपथ लिनु उचित मानिन्थ्यो। तर येशूको समयका मानिसहरूको लागि कसम खाने कुरा यति सामान्य भइसकेको थियो कि तिनीहरू आफूले बोलेको जुनसुकै कुराको लागि पनि कसम खान्थे। आफ्नो कुरालाई अझ पत्यारिलो बनाउन तिनीहरू त्यसो गर्थे। तर येशूले दुई-दुई पटक त्यस प्रचलनको विरोध गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: “तिमीहरूको वचन ‘हुन्छ’ भने ‘हुन्छ’ र ‘हुँदैन’ भने ‘हुँदैन’ होस्‌।”—मत्ती ५:३३-३७; २३:१६-२२.

एउटा किताबलेa बताएअनुसार यहूदीहरूमाझ कसम खाएर बोल्ने प्रचलन कत्तिको व्याप्त थियो भनेर बुझ्न ताल्मुदमा लेखिएका कुराहरूले मदत गर्छ। किनभने कस्तो कसम तोड्‌न मिल्छ अनि कस्तो कसमचाहिं तोड्‌न मिल्दैन भनेर ताल्मुदमा एक-एक कुरा बताइएको छ।

येशूले मात्र तिनीहरूको प्रचलनको विरोध गर्नुभएको थिएन। जस्तै, यहूदी इतिहासकार फ्लेभियस जोसेफसले एउटा यहूदी गुटबारे यस्तो लेखे: “तिनीहरू पटक्कै कसम खाँदैनथे। कसम खाने कुरा तिनीहरूको लागि झूट बोल्नुभन्दा खराब थियो। तिनीहरूको विचारमा कसैले आफ्नो कुरामा अरूलाई विश्‍वास दिलाउन कसम खान्छ भने उसले झूट नै बोलेको हुनुपर्छ।” साथै, एउटा यहूदी लेखोटअनुसारb “कसम खाने मान्छे वास्तवमा कुकर्मी हो।” येशूले मनपरी कसम खाने प्रचलनको विरोध गर्नुभयो। हामी सधैं सत्य बोल्छौं भने अरूले हाम्रो कुरा पत्याओस्‌ भनेर हामीले कसम खानै पर्दैन।

a Theological Dictionary of the New Testament.

b Wisdom of Sirach, or Ecclesiasticus, (23:11)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने