प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp18 No. १ pp. ८-९
  • १ समस्याहरूबाट जोगिन मदत गर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १ समस्याहरूबाट जोगिन मदत गर्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • रक्सीको दुरुपयोग
  • अनैतिकता
  • प्रेमलीला गर्नुमा के हानि छ?
    ब्यूँझनुहोस्‌!—१९९८
  • रक्सीप्रति परमेश्‍वरको जस्तै दृष्टिकोण राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • छोराछोरीसित रक्सीबारे कुराकानी गर्नुहोस्‌
    परिवारका लागि
  • ३ समस्याहरूसँग जुझ्न मदत गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
wp18 No. १ pp. ८-९
रक्सीको दुरुपयोग गरेकी एक महिला पछि बाइबलका सिद्धान्तहरूमा मनन गर्दै

१ समस्याहरूबाट जोगिन मदत गर्छ

बाइबलमा भएका जानकारी परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो अनि “यो सिकाउन, सुधार्न, सच्याउन र परमेश्‍वरको स्तरबमोजिम अनुशासन दिनका लागि उपयोगी छ” भनेर बाइबल आफैले बताउँछ। (२ तिमोथी ३:१६) के यो साँचो हो? जीवनमा आइपर्ने कठिन समस्याले ठूलो रूप लिनुअघि नै त्यसलाई समाधान गर्न बाइबलबाट पाइने बुद्धिले मानिसहरूलाई कसरी मदत गरेको छ, विचार गर्नुहोस्‌।

रक्सीको दुरुपयोग

अघिल्लो लेखमा उल्लेख गरिएको सुनिताको अनुभव फेरि विचार गरौं। आफ्नो चिन्ता-फिक्रीले गर्दा उनले अत्यधिक रक्सी पिउन थालेकी थिइन्‌। हुन त बाइबलले उचित मात्रामा रक्सी पिउन निषेध गर्दैन तर यसमा यस्तो सुझाव पनि पाइन्छ: ‘मतवालाको सङ्‌गत नगर्‌।’ (हितोपदेश २३:२०) रक्सीको दुरुपयोगले गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ, अरूसितको सम्बन्ध बिगार्छ अनि हरेक वर्ष लाखौंलाई अकालमै मृत्युको मुखमा पुऱ्‍याउँछ। मानिसहरूले बाइबलका बुद्धिमानी सल्लाहहरू पालन गरेमा यस्ता समस्याहरूबाट जोगिन सक्छन्‌।

सुनिताले त्यसै गरिन्‌। अहिले उनी भन्छिन्‌: “रक्सीले मेरो चिन्ता-फिक्री हटाउन मदत गरिरहेको थिएन भनेर महसुस गरें। मैले फिलिप्पी ४:६, ७ मा भएको बुद्धिमानी सल्लाह लागू गरें: ‘कुनै कुराको विषयमा चिन्तित नहोओ तर . . . आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर।’ हरेक रात मेरो मनमा विभिन्‍न विचार र चिन्ता-फिक्रीको बाढी उर्लेर आउँदा यहोवासमक्ष निवेदन जाहेर गरें। मैले रिस, पीडा र चिन्तालगायत आफ्ना सबै भावना उहाँमा बिसाएँ अनि सकारात्मक भई सोच्न मदत गर्नुहोस्‌ भनेर बिन्ती गरें। बिहान उठेपछि पनि आफ्नो सोचाइ सकारात्मक बनाइराख्न प्रयास गरें। प्रार्थना गर्ने बानीले आफूसित जे छैन, त्यसमा नभई आफूसित जे छ, त्यसमा ध्यान दिन मदत गऱ्‍यो। त्यसपछि मैले फेरि कहिल्यै रक्सी नपिउने निर्णय गरें। किनकि मैले जुन शान्ति पाएकी थिएँ, त्यो कुनै हालतमा गुमाउन चाहन्‍न थिएँ।”

अनैतिकता

अनैतिकता मुटु नै छियाछिया पार्ने अनि असाध्यै पीडा दिने समस्याहरूमध्ये एक हो। तर बाइबलका सिद्धान्तहरूले हामीलाई यस्ता समस्याहरूको जड पत्ता लगाएर त्यसबाट जोगिन मदत गर्छ। उदाहरणको लागि, बेमतलबले जिस्किनु र अश्‍लील सामग्री हेर्नु कसरी अनैतिकताको जड हुन सक्छ, विचार गरौं। सुजन नामका एक युवकले यसो भने: “मलाई अरूसित बेमतलबले जिस्किन खासै अप्ठेरो लाग्दैन थियो। कहिलेकाहीं मलाई कुनै केटी मन नपरे पनि उसले चाहिं मलाई मन पराउँछे भनेर थाह पाइहाल्थें। त्यसपछि उसलाई जिस्काउन रमाइलो लाग्थ्यो।” सुजन नजिस्किंदा पनि अरूले तिनलाई घरिघरि जिस्केको आरोप लगाए। त्यसपछि त तिनी जानाजानी जिस्किन थाले। तर यो बानीले तिनलाई समस्यामा पाऱ्‍यो। अहिले तिनी भन्छन्‌: “त्यो साह्रै नराम्रो बानी हो किनकि यसले मानिसलाई स्वार्थी बनाउँछ।”

सुजनले jw.org वेबसाइटमा प्रकाशित युवाहरूका लागि तयार पारिएको एउटा लेख पढे। तिनले हितोपदेश २०:११ (NRV) मा लेखिएको कुरा विचार गरे: “एउटा बालकलाई पनि उसको गतिविधिबाटै उसको चालचलन ठीक भए नभएको थाहा गर्न सकिन्छ।” यसले तिनलाई कसरी मदत गऱ्‍यो? तिनले बेमतलबले जिस्किनु ठीक होइन भनेर थाह पाए। अहिले तिनी भन्छन्‌: “बेमतलबले जिस्किने कुनै युवकले असल पतिमा हुनुपर्ने गुण विकास गरिरहेका हुँदैनन्‌ भन्‍ने कुरा पनि सिकें। अरू केटीसित जिस्केको मेरी हुनेवाली श्रीमतीले देखिन्‌ भने उनलाई कस्तो लाग्ला भनेर सोच्न थालें। यो साह्रै खराब बानी रहेछ भनेर बल्ल बुझें। अरूसित जिस्किन अप्ठेरो लाग्दैन भन्दैमा त्यसो गर्नु सही होइन।” सुजन परिवर्तन भए। बेमतलबले जिस्किन छोड्‌दा तिनी अनैतिकताबाट जोगिन सके।

अनिल अझ गम्भीर समस्यामा परेका थिए: तिनी अश्‍लील सामग्री हेर्ने कुलतमा फसेका थिए। तिनी विवाहित थिए अनि आफ्नी पत्नीलाई असाध्यै माया गर्थे। तैपनि तिनी पटक-पटक त्यस्तो कुलतमा परे। तिनलाई १ पत्रुस ५:८ ले निकै मदत गऱ्‍यो, जहाँ यस्तो लेखिएको छ: “सचेत रहो, जागा बस। तिमीहरूको शत्रु दियाबल कसलाई निलूँ भनेर गर्जने सिंहझैं घुमेर हिंड्‌छ।” अनिल भन्छन्‌: “यस संसारमा अश्‍लील फोटोहरू जताततै पाइन्छन्‌ अनि त्यस्ता फोटोहरू हाम्रो दिमागमा ठप्प बस्न सक्छ। यस पदले मलाई यस्तो प्रलोभनको स्रोतबारे विचार गर्न जुरमुऱ्‍यायो। मैले अश्‍लील सामग्रीको स्रोत सैतान हो भन्‍ने कुरा तुरुन्तै सम्झिन सिक्नुपर्थ्यो। यहोवाले मात्र मलाई ‘सचेत रहन, जागा रहन’ मदत गर्न सक्नुहुन्छ। उहाँको मदत पाएर म आफ्नो दिमाग, मन र वैवाहिक सम्बन्धलाई जोगाउन सक्छु।” अनिलले चाहिएकै मदत पाए अनि अन्ततः तिनले यस्तो खराब बानी त्याग्न सके। यसले तिनलाई योभन्दा पनि गम्भीर समस्यामा पर्नदेखि जोगायो।

कुरा स्पष्ट छ, बाइबलको व्यावहारिक सल्लाहले हामीलाई गम्भीर समस्यामा पर्नदेखि जोगाउँछ। तर जरा गाडेका र समाधान नहुने त्यस्ता समस्याहरूबारे चाहिं के भन्‍न सकिन्छ? यस्ता चुनौतीहरूको सामना गर्न परमेश्‍वरको वचनले कसरी मदत गर्न सक्छ, अब हेरौं।

बाइबलको व्यावहारिक सल्लाहले हामीलाई केही समस्याबाट जोगिन मदत गर्छ

एक महिला चिया वा कफी पिउँदै
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने