प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp18 No. २ pp. १२-१३
  • तपाईँ सधैँभरि पृथ्वीमा बाँच्न सक्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ सधैँभरि पृथ्वीमा बाँच्न सक्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मानिसको विशेष क्षमता र स्वभाव
  • परमेश्‍वरको सुरुको उद्देश्‍य
  • हामी किन मर्छौँ?
  • तपाईँ सधैँभरि पृथ्वीमा बाँच्न सक्नुहुन्छ
  • साँचो ईश्‍वरले के गर्नुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • जीवनको महान्‌ उद्देश्‍य छ
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • परमेश्‍वरले कुन उद्देश्‍य लिएर पृथ्वी सृष्टि गर्नुभयो?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • के अनन्त जीवन साँच्चै सम्भव छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
wp18 No. २ pp. १२-१३
आमा र छोरी

तपाईँ सधैँभरि पृथ्वीमा बाँच्न सक्नुहुन्छ

कस्तो मनै छुने आशा! हाम्रो सृष्टिकर्ताले हामीलाई यसै पृथ्वीमा सधैँभरि बाँच्ने आशा दिनुभएको छ। यो उहाँको वाचा हो। तैपनि थुप्रैलाई यो कुरा विश्‍वास गर्न गाह्रो लाग्छ। तिनीहरू यस्तो तर्क गर्छन्‌, ‘सबै जना एक न एक दिन त मर्नु परिहाल्छ नि! यो जीवन चक्रको एउटा पाटो हो।’ अरू कतिपयलाई चाहिँ सधैँभरि बाँच्न सम्भव छ जस्तो लाग्छ तर पृथ्वीमा नभई अन्तै कतै। मानिस मरेर स्वर्ग गएपछि मात्र सधैँभरि बाँच्न सक्छ भनी तिनीहरू विश्‍वास गर्छन्‌। तपाईँलाई चाहिँ कस्तो लाग्छ?

निष्कर्षमा पुग्नुअघि बाइबलले यी तीन प्रश्‍नको जवाफ कसरी दिन्छ, विचार गर्नुहोस्‌: मानिस बनाइएको तरिकाबाट ऊ कति समयसम्म बाँच्न सक्छ भनेर कसरी पुष्टि हुन्छ? परमेश्‍वरले सुरुमा कस्तो उद्देश्‍य राखेर पृथ्वी र मानिस बनाउनुभयो? मानिस किन मर्न थाल्यो?

मानिसको विशेष क्षमता र स्वभाव

परमेश्‍वरले पृथ्वीमा बनाउनुभएका जीवहरूमध्ये मानिस विशेष छ। कसरी? परमेश्‍वरले मानिसलाई मात्र आफ्नै “स्वरूपमा” वा “प्रतिरूपमा” बनाउनुभयो भनी बाइबल बताउँछ। (उत्पत्ति १:२६, २७) यसको मतलब? परमेश्‍वरले मानिसजातिलाई आफ्नो जस्तै गुणहरू झल्काउन सक्ने क्षमतासहित बनाउनुभयो। जस्तै: प्रेम देखाउने, न्याय-अन्याय छुट्ट्याउन सक्ने क्षमता, आदि।

साथै परमेश्‍वरले मानिसमा सोच्ने र तर्क गर्ने क्षमता राखिदिनुभएको छ। सही र गलत छुट्ट्याउन सक्ने नैतिक चेतना अनि परमेश्‍वरलाई चिन्‍ने र उहाँसँग नजिक हुने चाहना पनि दिनुभएको छ। त्यसैले हामी ब्रह्‍माण्डको भव्यता अनि प्रकृतिको सौन्दर्य हेरेर प्रशंसा गर्न सक्छौँ। साथै सङ्‌गीत, साहित्य र कलाले हाम्रो मन छुन्छ। परमेश्‍वरसित सम्बन्ध गाँस्न सक्ने क्षमता मानिसमा भएको सबैभन्दा विशेष क्षमता हो। यी सबै विशेषताले गर्दा मानिस अरू जीवभन्दा कता हो कता उत्कृष्ट छ।

त्यसैले सोच्नुहोस्‌: परमेश्‍वरले मानिसलाई केही समय मात्र बाँच्ने उद्देश्‍यले बनाउनुभएको भए के त्यस्ता विशेष गुण र क्षमता दिनुहुने थियो? तिनीहरूलाई ती गुण विकास गर्दै अनि अझै तिखार्दै लान सक्ने असीमित क्षमता दिनुहुने थियो र? वास्तवमा हामीले यसै पृथ्वीमा सधैँभरि जीवनको आनन्द उठाओस्‌ भनेर परमेश्‍वरले यस्ता विशेष गुण र क्षमता दिनुभयो।

परमेश्‍वरको सुरुको उद्देश्‍य

परमेश्‍वरले मानिसलाई पृथ्वीमा बस्न बनाउनुभएकै होइन भनी कोही-कोही भन्छन्‌। तिनीहरू यस्तो दाबी गर्छन्‌, ‘पृथ्वी मानिसको अस्थायी घर हो, मानिस सधैँभरि परमेश्‍वरसित स्वर्गमा बस्न योग्य छ कि छैन भनेर जाँच्ने ठाउँ हो।’ त्यसो हो भने त पृथ्वीमा भएका सबै दुष्टता र खराबीको लागि परमेश्‍वर नै दोषी हुनुभएन र? यो कुरा परमेश्‍वरको स्वभावसित फिटिक्कै मिल्दैन। उहाँबारे बाइबल यसो भन्छ: “उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसंगत छन्‌। परमेश्‍वर विश्‍वासयोग्य र अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ।”—व्यवस्था ३२:४.

बाइबलले पृथ्वीको लागि परमेश्‍वरको सुरुको उद्देश्‍य के हो भनेर स्पष्ट पार्छ। बाइबल भन्छ: “स्वर्ग ता परमप्रभुकै हो। तर पृथ्वीचाहिँ उहाँले मानिस जातिलाई दिनुभएको छ।” (भजन ११५:१६) हो, परमेश्‍वरले मानिसको निम्ति सुन्दर पृथ्वी बनाउनुभयो। यो मानिसको स्थायी घर हो। मानिसले पृथ्वीमा सधैँभरि आनन्दित जीवन बिताउन सकोस्‌ भनेर उहाँले चाहिने सबै कुरा प्रबन्ध गर्नुभएको छ।—उत्पत्ति २:८, ९.

“स्वर्ग ता परमप्रभुकै हो। तर पृथ्वीचाहिँ उहाँले मानिस जातिलाई दिनुभएको छ।”—भजन ११५:१६

परमेश्‍वरले मानिसजातिको लागि राख्नुभएको उद्देश्‍यबारे पनि बाइबलले स्पष्ट बताउँछ। उहाँले पहिलो मानव दम्पतीलाई यस्तो आज्ञा दिनुभयो: “पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। . . . पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” (उत्पत्ति १:२८) तिनीहरूले पूरै पृथ्वीलाई सुन्दर बगैँचा बनाउनुपर्थ्यो र त्यसको हेरविचार गर्नुपर्थ्यो। कत्ति ठूलो सुअवसर! तसर्थ परमेश्‍वरले आदम, हव्वा र तिनका भावी सन्तानलाई दिनुभएको आशा यसै पृथ्वीमा सधैँभरि बाँच्ने थियो, स्वर्गमा होइन।

हामी किन मर्छौँ?

त्यसोभए हामी किन मर्छौँ? परमेश्‍वरले बनाउनुभएको एक जना अदृश्‍य दूतले, जसलाई पछि सैतान अर्थात्‌ दियाबल भनियो, अदनको बगैँचामा परमेश्‍वरले गर्नुभएको प्रबन्ध बिगार्न खोज्यो। कसरी?

सैतानले मानिसजातिको पहिलो आमाबुबा आदम र हव्वालाई परमेश्‍वरको विद्रोह गर्न उक्सायो। परमेश्‍वरले तिनीहरूलाई असल कुराहरूदेखि वञ्चित गर्नुभएको छ अर्थात्‌ असल र खराब आफैले छुट्ट्याउन पाउने अधिकार खोस्नुभएको छ भनी सैतानले आरोप लगायो। तिनीहरूले सैतानको पक्ष लिए र परमेश्‍वरको विरोध गरे। नतिजा? परमेश्‍वरले चेतावनी दिनुभएझैँ अन्ततः तिनीहरू मरे। तिनीहरूले सुन्दर बगैँचारूपी पृथ्वीमा सधैँभरि बाँच्ने आशा गुमाए।—उत्पत्ति २:१७; ३:१-६; ५:५.

आदम र हव्वाले गरेको विद्रोहले आजसम्मै मानिसलाई असर गरेको छ। परमेश्‍वरको वचन बाइबल भन्छ: “एकै जना मानिसद्वारा [आदमद्वारा] पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु र यसरी मृत्यु सबै मानिसमा व्याप्त भयो।” (रोमी ५:१२) हामी सबै जना मर्छौँ किनभने हामीमा पहिलो आमाबुबाबाट पाप र मृत्यु सरेको छ। परमेश्‍वरले ‘भाग्य’-मा पहिल्यै लेखिदिनुभएकोले मृत्यु हुने गरेको होइन।

तपाईँ सधैँभरि पृथ्वीमा बाँच्न सक्नुहुन्छ

परमेश्‍वरले बनाउनुभएको अदनको बगैँचामा विद्रोह भए तापनि उहाँले पृथ्वी र मानिसजातिको लागि राख्नुभएको सुरुको उद्देश्‍य परिवर्तन भएको छैन। प्रेम र न्यायले उत्प्रेरित भएर उहाँले हामीलाई पाप र मृत्युको चङ्‌गुलबाट छुटकारा दिन बाटो खोलिदिनुभयो। येशूका चेला पावलले यसो भने: “पापले तिर्ने ज्याला मृत्यु हो तर परमेश्‍वरले दिनुहुने वरदान हाम्रा प्रभु ख्रीष्ट येशूमार्फत अनन्त जीवन हो।” (रोमी ६:२३) प्रेमले गर्दा परमेश्‍वरले “आफ्नो एक मात्र छोरा [येशू ख्रीष्ट] दिनुभयो, ताकि ऊमाथि विश्‍वास गर्ने हरेक नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।” (यूहन्‍ना ३:१६) येशूले राजीखुसी आफैलाई फिरौतीस्वरूप बलिदान चढाउनुभएर आदमले गुमाएका सबै कुराको मोल चुकाउनुभयो।a

पूरै पृथ्वीलाई सुन्दर बगैँचा बनाउने परमेश्‍वरको वाचा चाँडै पूरा हुनेछ। येशूको यो भनाइ मनमा राखिरहनुभयो भने सुन्दर बगैँचारूपी पृथ्वीमा तपाईँ पनि बस्न पाउनुहुनेछ: “साँघुरो ढोकाबाट भित्र पस, किनकि विनाशतर्फ लैजाने बाटो फराकिलो र खुल्ला हुन्छ अनि यसमा हिँड्‌नेहरू धेरै हुन्छन्‌। तर जीवनतर्फ लैजाने ढोका साँघुरो र बाटो अप्ठेरो हुन्छ अनि यो भेट्टाउने थोरै हुन्छन्‌।” (मत्ती ७:१३, १४) हो, आफ्नो भविष्य कस्तो बनाउने तपाईँकै हातको कुरा हो। त्यसोभए अब तपाईँ के गर्नुहुन्छ?

a फिरौतीको बलिदानबाट तपाईँ कस्तो लाभ उठाउन सक्नुहुन्छ, त्यसबारे थप जानकारी पाउन यहोवाका साक्षीहरूद्वारा प्रकाशित सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ २७ हेर्नुहोस्‌। यो किताब www.jw.org/ne वेबसाइटबाट निश्‍शुल्क डाउनलोड गर्न सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने