प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 डिसेम्बर p. ९
  • के तपाईँलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • यहोवा विचारशील हुनुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • “तिनकै सामुन्‍ने मैले तिनको विरोध गरेँ”
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • बुद्धिमानीपूर्वक जीवनसाथी छान्‍नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 डिसेम्बर p. ९

के तपाईँलाई सम्झना छ?

के तपाईँले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए, तपाईँ निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

ईश्‍वरले हामीलाई समानुभूति देखाउनुहुन्छ भन्‍ने कुरा बाइबलबाट कसरी थाह पाउन सक्छौँ?

प्राचीन इस्राएलका मानिसहरूले मिश्रमा दासको रूपमा जीवन बिताउँदा ईश्‍वरले तिनीहरूको दुःखकष्ट याद गर्नुभयो र तिनीहरूको पीडा महसुस गर्नुभयो। (प्रस्थ. ३:७; यसै. ६३:९) हामी ईश्‍वरकै स्वरूपमा सृष्टि गरिएका छौँ, त्यसैले हामी अरूलाई समानुभूति देखाउन सक्छौँ। हामीलाई आफू ईश्‍वरको प्रेम पाउन योग्य छैनँ जस्तो लाग्दा पनि उहाँ हामीलाई समानुभूति देखाउनुहुन्छ।—wp१८.३, पृ. ८-९.

पूर्वाग्रह हटाउन येसुको शिक्षाले मानिसहरूलाई कसरी मदत गऱ्‍यो?

येसुको समयमा थुप्रै यहुदीहरूको मनमा पूर्वाग्रहले जरा गाडेको थियो। येसुले नम्र हुनुपर्ने आवश्‍यकतालाई जोड दिनुभयो र जातीय घमन्ड गलत हो भनेर सिकाउनुभयो। येसुले एक-अर्कालाई भाइबहिनी ठान्‍न आफ्ना चेलाहरूलाई आग्रह गर्नुभयो।—w१८.०६, पृ. ९-१०.

परमेश्‍वरले मोसालाई प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न नदिनुभएको विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

मोसाले यहोवासित घनिष्ठ सम्बन्ध गाँसेका थिए। (व्यव. ३४:१०) उजाडस्थानको ४० वर्ष लामो यात्रा लगभग पूरा गर्नै लाग्दा पानीको अभाव भएकोले इस्राएलीहरूले दोस्रो चोटि पनि गनगन गरे। परमेश्‍वरले चट्टानलाई हुकुम गर्नू भन्‍नुभयो तर मोसाले चट्टानलाई हिर्काए। मोसाले परमेश्‍वरले दिनुभएको निर्देशन पालन नगरेकोले वा चमत्कारको महिमा परमेश्‍वरलाई नदिएकोले यहोवा तिनीसित असाध्यै रिसाउनुभएको हुन सक्छ। (गन्ती २०:६-१२) यस विवरणबाट यहोवाको आज्ञा पालन गर्नु अनि उहाँको महिमा गर्नु कत्ति महत्त्वपूर्ण छ भन्‍ने पाठ सिक्न सक्छौँ।—w१८.०७, पृ. १३-१४.

मानिसहरूको बाहिरी रूप हेरेर न्याय गर्दा हामीबाट कस्तो गल्ती हुन सक्छ?

मानिसहरूले अक्सर बाहिरी रूप हेरेर न्याय गर्ने तीन वटा क्षेत्र हुन्‌: जात वा राष्ट्र, आर्थिक अवस्था र उमेर। हामीले अरूलाई यहोवाले जस्तै निष्पक्ष दृष्टिकोणले हेर्ने कोसिस गर्नु महत्त्वपूर्ण छ। (प्रेषि. १०:३४, ३५)—w१८.०८, पृ. ८-१२.

वृद्ध ख्रिष्टियनहरूले अरूलाई मदत दिन सक्ने केही तरिकाहरू के-के हुन्‌?

जिम्मेवारी परिवर्तन भएका वृद्ध ख्रिष्टियनहरूको यहोवा अहिले पनि कदर गर्नुहुन्छ। वृद्ध ख्रिष्टियनहरूले अहिले पनि थुप्रै तरिकामा मदत दिन सक्छन्‌। जस्तै: बेग्लै धर्म मान्‍ने पतिलाई मदत गरेर, निष्क्रिय भएकालाई मदत दिएर, बाइबल अध्ययन सञ्चालन गरेर अनि आफ्नो सेवालाई विस्तार गरेर।—w१८.०९, पृ. ८-११.

शिक्षण सामग्रीमा के-के छन्‌?

शिक्षण सामग्रीमा कार्ड र निम्तोपर्ची छ। अनि सुन्दर डिजाइन भएका आठ किसिमका पर्चाका साथै प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाहरू पनि छन्‌। शिक्षण सामग्रीमा केही पुस्तिकाहरू, अध्ययन गर्नको लागि प्रयोग गरिने दुइटा मुख्य किताब र चार वटा उपयोगी भिडियोहरू छन्‌, जसमा बाइबल किन पढ्‌नुपर्छ? भन्‍ने भिडियो पनि पर्छ।—w१८.१०, पृ. १६.

हितोपदेश २३:२३ ले भनेझैँ ख्रिष्टियनहरूले कसरी ‘सत्य किन्‍न’ सक्छन्‌?

सत्य पाउन हामीले पैसा तिर्नु पर्दैन। तर सत्य पाउनको लागि हामीले समय खर्च गर्नुपर्छ र प्रयास गर्नुपर्छ।—w१८.११, पृ. ४.

होसेले आफ्नी पत्नी गोमेरसित गरेको व्यवहारबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

गोमेरले पटक-पटक व्यभिचार गरिन्‌ तर होसेले तिनलाई माफी दिए र वैवाहिक सम्बन्ध तोडेनन्‌। कुनै ख्रिष्टियनको पति वा पत्नीले व्यभिचार गरेमा निर्दोष जोडीले माफी दिन सक्छन्‌। यदि तिनले गल्ती गरेको जोडीसँग फेरि यौनसम्बन्ध राख्छन्‌ भने सम्बन्धविच्छेद गर्ने कुनै धर्मशास्त्रीय आधार रहँदैन।—w१८.१२, पृ. १३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने