प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp19 No. ३ pp. १२-१३
  • तपाईँ कसरी उत्तम जीवन पाउन सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ कसरी उत्तम जीवन पाउन सक्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले हाम्रो जीवन उत्तम बनाउने प्रतिज्ञा गर्नुभएको छ
  • आज्ञाकारी मानिसजातिको लागि येसुले थुप्रै असल कुराहरू गर्नुभयो
  • उत्तम जीवन पाउन तपाईँ हिँड्‌नै पर्ने बाटो
  • तपाईँको यात्राको पहिलो कदम
  • जीवनमा अझ बढी केही छ!
    जीवनमा अझ बढी केही छ!
  • परमेश्‍वरको उपासना गर्ने सही तरिका
    बाइबलले हामीलाई के सिकाउँछ?
  • साँचो ईश्‍वरले के गर्नुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • येसुको कुरा सुनिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
wp19 No. ३ pp. १२-१३
सुरुमा उल्लेख गरिएका वैज्ञानिकहरूमध्ये एक जना बाइबल पढ्‌दै

तपाईँ कसरी उत्तम जीवन पाउन सक्नुहुन्छ?

अहिलेको हाम्रो जीवन परमेश्‍वरले चाहनुभएजस्तो छैन। पृथ्वी परमेश्‍वरको अधीनमा बस्न चाहने, उहाँको निर्देशन पछ्याउने र उहाँका मनमोहक गुणहरू झल्काउने मानिसहरूले भरिनुपर्थ्यो। तिनीहरूले मिलिजुली आफ्ना सन्तानले पृथ्वी भरिँदै जानुपर्ने थियो, नयाँ-नयाँ कुराहरू सिक्दै अनि पृथ्वीलाई सुन्दर बगैँचामा परिणत गर्दै जानुपर्ने थियो।

परमेश्‍वरले हाम्रो जीवन उत्तम बनाउने प्रतिज्ञा गर्नुभएको छ

  • “पृथ्वीबाट उहाँले युद्ध नामेट पार्नुहुन्छ।”—भजन ४६:९.

  • “पृथ्वीका विनाशकारीहरूलाई विनाश गर्ने तपाईँको तोकिएको समय आएको छ।”—प्रकाश ११:१८.

  • “अनि त्यस देशको कुनै बासिन्दाले यसो भन्‍नेछैन: ‘म बिरामी छु।’”—यसैया ३३:२४.

  • “मैले चुनेका जनहरूले आफ्नो हातको कामबाट पूरापूर आनन्द उठाउनेछन्‌।”—यसैया ६५:२२.

यी प्रतिज्ञाहरू कसरी पूरा हुनेछन्‌? परमेश्‍वरले आफ्नो छोरा येसुलाई स्वर्गबाट पृथ्वीमा शासन गर्नको लागि राजाको रूपमा नियुक्‍त गर्नुभएको छ। यस्तो शासनलाई बाइबलमा परमेश्‍वरको राज्य भनेर बताइएको छ। (दानिएल २:४४) बाइबलमा येसुबारे यस्तो कुरा लेखिएको छ: “परमेश्‍वरले उहाँलाई . . . सिंहासन दिनुहुनेछ। उहाँले राजाको रूपमा . . . शासन गर्नुहुनेछ।”—लुका १:३२, ३३.

पृथ्वीमा हुनुहुँदा येसुले थुप्रै शक्‍तिशाली कामहरू गर्नुभयो। यसबाट उहाँले आफू राजा भएपछि मानिसजातिलाई अहिलेको भन्दा उत्तम जीवन दिनेछु भनेर प्रमाणित गर्नुभयो।

आज्ञाकारी मानिसजातिको लागि येसुले थुप्रै असल कुराहरू गर्नुभयो

  • उहाँले हरप्रकारका रोगबिमार निको पार्नुभयो। यसबाट उहाँ मानिसजातिलाई पिरोलिरहेको सबै रोगबिमार हटाउन सक्षम हुनुहुन्छ भन्‍ने देखिन्छ।—मत्ति ९:३५.

  • उहाँले समुद्रलाई शान्त पार्नुभयो। यसबाट उहाँले प्राकृतिक प्रकोपलाई नियन्त्रण गर्न सक्नुहुन्छ भन्‍ने देखिन्छ।—मर्कुस ४:३६-३९.

  • उहाँले हजारौँलाई खुवाउनुभयो। यसबाट उहाँ मानिसहरूको आधारभूत आवश्‍यकता पूरा गर्न सक्नुहुन्छ भन्‍ने देखिन्छ।—मर्कुस ६:४१-४४.

  • एउटा विवाह भोजमा उहाँले पानीलाई मद्यमा परिणत गर्नुभयो। यसबाट उहाँ जीवनको आनन्द उठाउन मानिसलाई मदत गर्नुहुन्छ भन्‍ने देखिन्छ।—युहन्‍ना २:७-११.

तपाईँ कसरी परमेश्‍वरले चाहनुभएजस्तो जीवन पाउन सक्नुहुन्छ? त्यसको लागि तपाईँले एउटा कदम चाल्नै पर्छ। त्यसबारे बाइबल यसो भन्छ, “जीवनतर्फ लैजाने ढोका साँघुरो र बाटो अप्ठेरो हुन्छ अनि यो भेट्टाउने थोरै हुन्छन्‌।”—मत्ति ७:१४.

उत्तम जीवन पाउन तपाईँ हिँड्‌नै पर्ने बाटो

जीवनतर्फ लैजाने बाटो के हो? परमेश्‍वर यसो भन्‍नुहुन्छ: “म यहोवा तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरूकै भलाइ होस्‌ भनेर म तिमीहरूलाई सिकाउँछु। तिमीहरू हिँड्‌नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्‍याउँछु।” (यसैया ४८:१७) यदि तपाईँ परमेश्‍वरले देखाउनुभएको बाटोमा हिँड्‌नुभयो भने तपाईँले उत्तम जीवन बिताउन सक्नुहुनेछ।

येसुले यसो भन्‍नुभयो: “बाटो, सत्य र जीवन मै हुँ।” (युहन्‍ना १४:६) येसुले सिकाउनुभएको बाटोमा हिँड्यौँ अनि उहाँले बसाल्नुभएको उदाहरण अनुकरण गऱ्‍यौँ भने हामी परमेश्‍वरसँग नजिक हुन सक्नेछौँ र हाम्रो जीवन उत्तम हुनेछ।

तपाईँ कसरी जीवनतर्फ लैजाने बाटो भेट्टाउन सक्नुहुन्छ? अहिले संसारमा थुप्रै धर्महरू छन्‌, तर येसुले यस्तो चेतावनी दिनुभयो: “मलाई ‘प्रभु, प्रभु’ भन्‍नेहरूमध्ये सबै जना स्वर्गको राज्यमा पस्नेछैनन्‌ तर स्वर्गमा बस्नुहुने मेरो बुबाको इच्छाअनुसार चल्नेहरू मात्र त्यहाँ पस्नेछन्‌।” (मत्ति ७:२१) उहाँले अझै यसो भन्‍नुभयो: “तिनीहरूका फलबाटै तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौँ।” (मत्ति ७:१६) बाइबलले तपाईँलाई साँचो धर्म चिन्‍न मदत गर्छ।—युहन्‍ना १७:१७.

तपाईँ कसरी जीवनतर्फ लैजाने बाटोमा हिँड्‌न सक्नुहुन्छ? जीवनतर्फ लैजाने बाटोमा हिँड्‌न हामीले जीवन दिनुहुने व्यक्‍तिलाई चिन्‍नुपर्छ। उहाँलाई चिन्‍नुमा उहाँ को हुनुहुन्छ? उहाँको नाम के हो? उहाँ कस्तो हुनुहुन्छ? उहाँ के गर्दै हुनुहुन्छ? र उहाँ हामीले के गरेको चाहनुहुन्छ? त्यो बुझ्नु आवश्‍यक छ।a

यहोवाले मानिसजातिलाई काम गर्ने, खानेपिउने, खेल्ने अनि परिवार बसाल्ने उद्देश्‍यले मात्र सृष्टि गर्नुभएको थिएन। हामी सृष्टिकर्तालाई चिनेर उहाँको साथी बन्‍न सक्छौँ। उहाँको इच्छाअनुसार चलेर हामी उहाँलाई माया गरेको देखाउन सक्छौँ। येसुले यसो भन्‍नुभयो: “अनन्त जीवन पाउन तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्‍वरलाई अनि तपाईँले पठाउनुभएको येसु ख्रिष्टलाई चिन्‍नुपर्छ।”—युहन्‍ना १७:३.

‘तपाईँहरूकै भलाइ होस्‌’ भनेर परमेश्‍वर बाइबलमार्फत सिकाउनुहुन्छ।—यसैया ४८:१७

तपाईँको यात्राको पहिलो कदम

एक मात्र साँचो परमेश्‍वरलाई खुसी पार्न हामीले जीवनमा केही कुरा परिवर्तन गर्नुपर्ने हुन सक्छ। त्यस्तो परिवर्तन गर्न गाह्रो हुन सक्छ। तर यसरी जीवनतर्फ लैजाने बाटोमा हिँड्‌नुभयो भने तपाईँको जीवन अझै उत्तम हुनेछ। तपाईँ परमेश्‍वरबारे आधारभूत प्रश्‍नहरूको जवाफ पाउन चाहनुहुन्छ भने यहोवाका साक्षीहरू तपाईँलाई मदत गर्न इच्छुक हुनेछन्‌। तपाईँ आफूलाई पायक पर्ने ठाउँ र समयमा निश्‍शुल्क बाइबल अध्ययन गर्न सक्नुहुन्छ। तपाईँ हाम्रो वेबसाइट www.jw.org/ne मार्फत हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।

a प्रहरीधरहरा, सङ्‌ख्या १ २०१९ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने