प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 डिसेम्बर p. ३०
  • के तपाईँलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • मिल्दोजुल्दो सामग्री
  • तनावपूर्ण अवस्थामा समेत नम्रता कायम राख्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • यहोवालाई प्रगाढ प्रेम गरेको देखाइरहनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • सत्यनिष्ठ रहन त्रुटिरहित हुनै पर्छ भन्‍ने छैन
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • नैतिक स्वच्छता कायम राख्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 डिसेम्बर p. ३०

के तपाईँलाई सम्झना छ?

के तपाईँ २०१९ को प्रहरीधरहरा-मा आधारित यी प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ?

“तिमीविरुद्ध उठाइने जुनसुकै हतियार बेकामको हुनेछ” भन्‍ने प्रतिज्ञाको अर्थ के हो? (यसै. ५४:१७)

परमेश्‍वरले हामीलाई “अत्याचारीहरूको क्रोध”-जस्तो विनाशकारी शक्‍तिबाट जोगाउनुहुन्छ भनेर भरोसा गर्न सक्छौँ। (यसै. २५:४, ५) हामीलाई सदाको लागि हानि पुऱ्‍याउन हाम्रा शत्रुहरू कहिल्यै सफल हुनेछैनन्‌।—w१९.०१ पृ. ६-७.

यहोवाले कनानीहरू र उहाँलाई त्यागेका इस्राएलीहरूसित गर्नुभएको व्यवहारमा कसरी न्याय देखियो?

घिनलाग्दा यौन क्रियाकलापहरूमा लागेकाहरू वा पत्नी र छोराछोरीमाथि अत्याचार गर्नेहरूलाई परमेश्‍वरले सजाय दिनुभयो। उहाँप्रति आज्ञाकारी हुनेहरूलाई र अरूसित निष्पक्ष व्यवहार गर्नेहरूलाई उहाँले आशिष्‌ दिनुभयो।—w१९.०२ पृ. २२-२३.

बेग्लै धर्म मान्‍ने व्यक्‍तिले प्रार्थना चढाइरहेको बेला हामी पनि त्यहाँ उपस्थित छौँ भने के गर्नुपर्छ?

हामी चुप लागेर आदरपूर्वक बस्छौँ तर “आमिन” भन्दैनौँ वा सँगै भएको व्यक्‍तिको हात समाउँदैनौँ। हामी मनमनै प्रार्थना गर्न सक्छौँ।—w१९.०३ पृ. ३१.

बाल यौन दुर्व्यवहार किन गम्भीर कुरा हो?

बाल यौन दुर्व्यवहार भनेको सिकार हुने व्यक्‍तिविरुद्ध, मण्डलीविरुद्ध, सरकारी अख्तियारवालाहरूविरुद्ध अनि परमेश्‍वरविरुद्धको पाप हो। बाल यौन दुर्व्यवहारको अभियोगबारे अख्तियारवालाहरूलाई रिपोर्ट गर्नुपर्ने नियम भएको देशमा एल्डरहरू ती नियमहरू पालन गर्छन्‌।—w१९.०५ पृ. ९-१०.

हामी कसरी आफ्नो भित्री मनुष्यत्वलाई परिवर्तन गर्न वा सुधार्न सक्छौँ?

महत्त्वपूर्ण कदमहरू हुन्‌: प्रार्थना गरेर यहोवासित कुरा गर्नुहोस्‌। आफैलाई जाँच्ने उद्देश्‍य राखेर मनन गर्नुहोस्‌। बुद्धिमानीपूर्वक साथीसङ्‌गत छान्‍नुहोस्‌।—w१९.०६ पृ. ११.

खेदोको सामना गर्न अहिल्यै तयारी गर्न के गर्नुपर्छ?

हामीले यहोवासित बलियो सम्बन्ध गाँस्नुपर्छ। उहाँ हामीलाई माया गर्नुहुन्छ र हामीलाई कहिल्यै त्याग्नुहुनेछैन भनेर भरोसा गर्नुहोस्‌। दिनहुँ बाइबल पढ्‌नुहोस्‌ र नियमित प्रार्थना गर्नुहोस्‌। परमेश्‍वरको राज्यबारे गरिएका प्रतिज्ञाहरू पक्कै पूरा हुनेछन्‌ भनेर विश्‍वस्त हुनुहोस्‌। आफूलाई मन पर्ने शास्त्रपदहरू र यहोवाको प्रशंसा गर्ने गीतहरू कण्ठ पार्नुहोस्‌।—w१९.०७ पृ. २-४.

आफन्तहरूले उद्धार पाऊन्‌ भनेर के गर्न सक्छौँ?

समानुभूति देखाउनु महत्त्वपूर्ण छ। हामी आफ्नो असल चालचलनद्वारा राम्रो साक्षी देऔँ। धीरजी हुनुहोस्‌ अनि कौशलता अपनाउनुहोस्‌।—w१९.०८ पृ. १५-१७.

मत्ति ११:२८ मा येसुले प्रतिज्ञा गर्नुभएझैँ हामी कसरी स्फूर्ति पाउँछौँ?

हामीले मायालु निरीक्षकहरू, सबैभन्दा असल मित्रहरू र सर्वोत्तम काम पाएका छौँ।—w१९.०९ पृ. २३.

यहोवाले कसरी हामीमा इच्छा पैदा गर्नुहुन्छ र त्यो पूरा गर्ने शक्‍ति पनि दिनुहुन्छ? (फिलि. २:१३)

परमेश्‍वरको वचन पढेर मनन गर्दा उहाँले हामीमा इच्छा पैदा गर्न अनि त्यो पूरा गर्ने शक्‍ति दिन सक्नुहुन्छ। यसरी हामी बलियो हुन्छौँ। उहाँको पवित्र शक्‍तिले हाम्रो क्षमतालाई बढाइदिन सक्छ।—w१९.१० पृ. २१.

गम्भीर निर्णय गर्नुअघि हामीले बुद्धिमानीपूर्वक कस्ता कदमहरू चाल्नुपर्छ?

पाँच वटा कदम हुन्‌: विस्तृत अनुसन्धान गर्नुहोस्‌। बुद्धिको लागि प्रार्थना गर्नुहोस्‌। आफ्नो मनसाय केलाउनुहोस्‌। सुस्पष्ट लक्ष्य राख्नुहोस्‌। व्यावहारिक हुनुहोस्‌।—w१९.११ पृ. २७-२९.

अमर आत्माको शिक्षाको सुरुवात के सैतानले हव्वासित कुराकानी गरेको बेलादेखि भएको हो?

होइन। सैतानले हव्वालाई उनी मर्नेछैनन्‌ भन्यो, अरूको नजरमा उनी मरेसरह हुनेछिन्‌ भनेन। नुहको समयको जलप्रलय हुँदा कुनै पनि झूटो धार्मिक शिक्षाको अस्तित्व रहेन। परमेश्‍वरले बाबेलको धरहरा बनाउने मानिसहरूलाई तितरबितर पार्नुअघि अमर आत्माको शिक्षाको सुरुवात भएको हुनुपर्छ।—w१९.१२ पृ. १५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने