प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 जनवरी p. २
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • किन बप्तिस्मा लिने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • बप्तिस्मा—ख्रीष्टियनहरूले चाल्नै पर्ने कदम
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • तपाईंको बप्तिस्माको अर्थ
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९२
km92 जनवरी p. २

प्रश्‍न पेटी

▪ वप्तिस्माको अवसरमा त्यहाँ उपस्थित भएकाहरुले आनन्द कसरी व्यक्‍त गर्न सक्छन्‌?

वप्तिस्मा एउटा आनन्दमय अवसर हो। नयाँ जनहरु यहोवाको पक्षमा खडा भएर, तिनीहरुले आफ्नो विश्‍वासको जन प्रदर्शन गरेको देख्न हामी रमाउँछौं। (भजन० ४०:८) येशूले भन्‍नुभयो कि स्वर्गमा यो अवसर ठूलो हर्षको कारण हुनजान्छ। (लू० १५:१०) नयाँ जनहरुले यो अत्यावश्‍यक कदम चालेको देखेर बप्तिस्मा लिनेहरुसँग अध्ययन गर्ने परिवार सदस्यहरु र प्रकाशकहरु विशेषतः आनन्दित हुन्छन्‌। तर, यस्तो आनन्दलाई उचित प्रकारले कसरी व्यक्‍त गर्न सकिन्छ?

येशूको बप्तिस्माले आजको मसीही बप्तिस्माको लागि एउटा उदाहरण छोडेको छ। उहाँले मूल्याङ्‌कन गर्नुभयो कि उहाँले चाल्न आँटेको पाइला एउटा गम्भीर अनि विधियुक्‍त पाइला हो। बप्तिस्मा लिंदालिंदै पनि उहाँ प्रार्थना गरिरहनु भएको थियो। (लूका ३:२१, २२) उहाँलाई थाहा थियो कि बप्तिस्माको समय चिंतन अनि स्थिरमति लिएर विचार गर्ने समय हो। उहाँका चेलाहरुले पनि बप्तिस्माको महत्त्वलाई चिनेका थिए। सा० यु० ३३ मा पेन्तिकोसको दिनमा पवित्र आत्मा खनिएपश्‍चात, लगभग ३,००० ले बप्तिस्मा लिए। त्यो घट्‌नालाई साक्षात देख्ने चेलाहरुको प्रतिक्रिया के थियो? “तिनीहरु प्रेरितहरुको शिक्षा अनि संगति, संयुक्‍त भोज र प्रार्थनामा लागिरहे।” (प्रे० २:४१, ४२) चेलाहरु अध्यात्मिक थोकमाथि विचार गर्ने गर्थे र एकाअर्काको सत्कारमा सहभागी हुने गर्थे।

आधुनिक समयका मसीही सम्मेलनहरुलाई बप्तिस्माले उत्कृष्ट पारेको हुन्छ। हुनः त व्यक्‍तिविशेषले यहोवाको पक्ष लिएको देखेर ताली बजाएर अनि प्रशंसाद्वारा हाम्रो आनन्द व्यक्‍त गर्नु ठीकै हो। अर्को हातमा, अनियन्त्रित हर्षध्वनि, सुसेल्नु, टाउकोमाथि हात लगेर हल्लाउनु, अनि नामबाट बोलाउनु अनुचित हुनेछ। यस्ता आचरणले विश्‍वासको यो अभिव्यक्‍तिको गम्भीरता र पवित्रताको मूल्याङ्‌कन नभएको देखाउँछ। न ता यो समय बप्तिस्मा लिनेहरुलाई तलाउबाट निस्किन्दा फूल वा अरु अन्य भेटहरु दिने देखावटी प्रदर्शनको समय नै हो। बप्तिस्माले उद्धारको लागि दौडको शुरुवात जनाउँछ। यहोवासँगको नजिकको सम्बंध बप्तिस्माले तिनीहरुको निम्ति खोलिदिएको कुरो मूल्याङ्‌कन गर्न मदत दिएर हामी ती बप्तिस्मालिनेहरु सँगसँगै आनन्दित एवम्‌ प्रोत्साहवर्धक हुन सक्छौं।

बप्तिस्मालिने ठाँऊ न ता जिस्किन, खेल्न, पौडी खेल्न, वा यस अवसरको गम्भीरताबाट अल्मल्याउँने अन्य प्रकारका आचार व्यवहारको निम्ति उचित ठाँऊ नै हो। हाम्रो आनन्द आदरणीय भावद्वारा व्यक्‍त गरिएको हुनुपर्छ। हाम्रा काइदा र गम्भीरताले त्यहाँ उपस्थित भएकाहरुको आनन्दमा योगदान पुऱ्‍याउनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने