यहोवाको सेवाको लागि आध्यात्मिक तवरमा बलियो रहनु होस्, स्वच्छ बस्नु होस्
१ यशैया ६०:२२–मा, यहोवाले एउटा प्रतिज्ञा गर्नु भएको थियो जुन अहिल्ये हाम्रै आँखाको अगाडि पुरो हुँदैछन्: “थौरै चाहिं हजार हुनेछ, र तुच्छ चाहिं एउटा सामर्थी जाति हुनेछ। म, यहोवा [न्यु व०] त्यसको समयमा त्यो चाँडै पूरा गर्नेछु।” जब हामी कुनै राष्ट्रको कल्पना गछौं, तब हाम्रो दृष्टिमा मानिसहरु भएको विशाल समूहको चित्र आउँछ जुन मानिसहरु सामान्य चासोहरुद्वारा खिचिएर एकजुट भएका छन् तथा जो संवैधानीक सरकारको प्रभुत्व अन्तर्गत कारवाई गर्दछन्।
२ सन् १९९१–को क्षेत्र सेवा रिपोर्टले विश्वभरि सुसमाचारका ४२,७८,८२० प्रकाशकहरुको शिखर देखायो, जुन चाहिं त्यसको अघिल्लो वर्षभन्दा ६.५–प्रतिशतको वृद्धि थियो। साँच्चै नै यहोवाले इमानदार मानिसहरु भएको एउटा विशाल भीडलाई एकत्रित गर्नुभएको छ जुन भीड यो अत्याचारी रीतिरिवाजबाट आफूलाई अलग्ग पारेर उहाँको छोरो, येशू मसिह मार्फत आउँने मसिही अधिराज्य सरकारका वफादार प्रजा हुन इच्छुक छन्। बटुलिएका जनहरुको सङ्खया वर्षै पिच्छे बढ्दो छ। हामीहरु यो राष्ट्रको भाग हुन रमाउँछौ जुन राष्ट्रलाई वास्तविक अर्थमा नौलो विश्व समाज भन्न सकिन्छ। सन् १९९१–मा भएको स्मरणार्थको उत्सवमा, उपस्थिति १,०६,५०,१५८ थियो, जुन सन् १९९० उपर ७–प्रतिशतको वृद्धि हो। यसले देखाउँछ कि हामीसँग अधिराज्यको प्रजा हुनका लागि अरु धेरै जना लाग्ने संभावना छ।
३ हुनः त हो, हामी यो कुरो मानी लिन्छौं, कि उक्त स्मरणार्थको उपस्थितिमा समावेश सबै व्यक्ति विशेषले यहोवाका जनको रुपमा पूर्णतया स्वीकारयोग्य हुनको लागि यथासक्दो प्रकारले आफूलाई यो संसारबाट अलग्ग पारेका छैनन्। सबै राष्ट्रहरुबाट मानिसहरु ‘यहोवाको भवनतर्फ ओइरिएर आउँदैछन्’, तरैपनि “उहाँको बाटोमा हिंडन”–को लागि तिनीहरुलाई उहाँको “मार्गबारे” पूर्णतया निर्देशन चाहिंन्छ। (यशै० २:२-४) स्मरणार्थमा उपस्थित हुने चालीस लाखभन्दा पनि बढ्ता मानिसहरुले परमेश्वरको निर्देशनलाई स्वीकारेका छन्, जस वापत तिनीहरुले आध्यात्मिक बल पाएर स्वच्छ आचरण कायम राख्न प्रेरित भएका छन् र अहिले सम्पन्न भइरहेका राज्य–प्रचारको कार्यमा सहभागी हुन सुयोग्य छन्। (मत्ती २४:१४) यहोवाका अगाडि यस्ताहरुको आचरणस्तर राम्रो छ तथा तिनीहरुको लागि उहाँले उपलब्ध गराउँनु भएका सबै विलक्षण प्रबन्धहरुबाट लाभ उठाउँनु पाएकोमा आनन्दित छन्। यसै अनुरुप यहोवाको सेवाको लागि आध्यात्मिक तवरमा बलियो तथा स्वच्छ हुनको लागि ती बाँकी साट्ठी लाखभन्दा पनि बढीको सङ्खयाले के गर्नु पर्छ?
४ तिनीहरुले “विश्वासको निम्ति उत्कटसाथ कम्मर कस्नु” पर्छ। (यहू० ३) एक चोटी तिनीहरु यहोवाका मार्गमा हिंड्न रोजे पछि, परीक्षाहरु, प्रलोभनहरु, तथा कुप्रभावहरु द्वारा तिनीहरु दियावलको दवावमा पर्दछन्। पावल जस्तै, धैर्य धारण गर्न सक्नुको लागि बल प्राप्त गर्न तिनीहरुले यहोवातर्फ हेर्नु पर्छ। (फिलि० ४:१३) यहोवाले यस्ताहरुलाई विश्वासमा बलिया भइसकेकाहरु मार्फत बल प्रदान गर्नु हुन्छ। पावलले मन्त्रणा दिनु भयो कि “हामी बलियाहरुले निर्धाहरुका निर्बलतालाई सहनु पर्छ।” (रो० १५:१, २) जब बलिया र निर्धा एकजुट हुन्छन्, तब सुदृढ रहनको लागि बल मिल्दछ। “एकभन्दा दुइ असल हो। . . . यदि मानिस एकलै छ भने कुनै आक्रमणकारीले त्यसलाई जित्नसक्छ, तर दुइ जनाले त रोक्नसक्छन्।”—उप० ४:९, १२.
५ यसको अर्थ यो हो कि तिनीहरुको लागि यहोवाबाट बल प्राप्त गर्ने स्रोत हामीहरु नै भएको हुनाले नौलो जन हामी माथि ठीकै कारणले भर पर्छन्। यदि नौलो जनलाई हामीले मदत् दिनु छ भने हामी समर्पित मसिहीहरुले आफूलाई आध्यात्मिक तवरमा बलियो राख्नु पर्छ। जो बलिया छन् ती मसिहीहरु ‘आत्मिक वरदान’ दिन सक्छन् जसको फलस्वरुप ‘आपसमा . . . सान्त्वना’ दिन सक्ने छन्। (रो० १:११, १२) हामीलाई एकजुट पारेर हामी सबैलाई ‘स्थिर र बलियो’ गराउनुको लागि यहोवाले चलाउनु हुने मौलिक तरिकाहरु मध्ये यो एउटा हो।—१ पत्रु० ५:९-११।
६ यी नौलो जनलाई मदत् दिने विषयलाई हामीले आफ्नो लक्ष्य बनाउँनु पर्छ र सँगसँगै हाम्रो आफ्नो आध्यात्मिक खाँचोहरु प्रति पनि संवेदनशिल हुनु पर्छ। (मत्ती ५:३) हाम्रो बलको साँचो आध्यात्मिकता हो। यो यस्तो गुण हो जसलाई नियमित रुपले आध्यात्मिक भोजन दिएर पुष्ट बनाउनु पर्छ तथा सुदृढ गराउँनु पर्छ। यहोवाले आफ्नो सङ्गठन मार्फत, उहाँको वचन सम्बन्धी अध्ययनको लागि सन्तुलित कार्यक्रमहरुको प्रबन्ध गर्नु हुन्छ। साप्ताहिक रुपमा हुने मण्डलीका पाँच सभाहरुले हामीलाई बलियो बनाउन, ‘प्रेम र सुकर्ममा उत्तेजित गराउँन’–को लागि महत्त्वपूर्ण भूमिका खेल्दछ।—हि० १०:२४.
७ यी सभाहरुबाट आउने लाभहरु धेरै गुणा बढ्न पुग्दछन् जब हामीले यसलाई व्यक्तिगत तथा परिवार अध्ययन गर्ने राम्रो बानीसँग संमिलन गर्दछौं। एउटा अल्पतम लक्ष्यको रुपमा, हामी सबैले दैनिक पद पढ्नु र त्यसमाथि विचार गर्नु पर्छ, ईश्वरीय सेवकाइ पाठशालाको तालिकामा दिइएका बाइबल पढाई कार्यक्रम सँगसँगै रहनु पर्छ, तथा मण्डली पुस्तक अध्ययन र प्रहरीधरहरा–को निमित्त तयारी गर्नु पर्दछ। सो कुरोको संयोजना कसरी हुने हो सो प्रत्येक परिवारले निर्धारण गर्नेछन्, पक्का गर्दै कि यो नियमित रुपमा हुनेछ। साथै, परिवार मूलीलाई ध्यान दिनु पर्छ कि अध्ययनको कार्यक्रमलाई परिवारको विशेष आध्यात्मिक आवश्यकताहरु पूर्ति गर्ने हेतुले बनाइएको छ। यसप्रकार “घर बनिने छ। . . . त्यसलाई सुरक्षित राख्ने छ।” (हितो० २४:३) व्यक्ति विशेष र परिवारको रुपमा यदि हामी आफ्नो अध्ययन गर्ने बानीबारे संवेदनशील छौं भने, हामी निश्चित हुन सक्छौं कि यहोवाले हामीलाई आशिष दिनु हुनेछ तथा विमिन्न परीक्षाहरु आइ पर्दा त्यसलाई सफलतापूर्वक सामना गर्नको लागि उहाँको आत्माले हामीलाई धैर्य धारण गर्ने मदत् दिने छ।—या० १:२, ३; १ पत्रू० ४:११.
८ स्वच्छ तथा निन्दाउप्पर रहने: जबकि यहोवाले हामीलाई उहाँको नजिक आउने निमन्त्रणा दिनु हुन्छ, उसै बेला, उहाँले स्पष्ट पार्नु हुन्छ कि यो चाहिं “हामीलाई सबै पापबाट शुद्ध” पार्ने येशूको बगेको रगतमाथि विश्वास गरेको आधारमा गरिन्छ। (१ यू० १:७; साथै हि० ९:१४ पनि हेर्नु होला।) हामीले आफ्नो विश्वासलाई परमेश्वरको वचनको व्यक्तिगत अध्ययनद्वारा तथा सिकेका कुरोहरुलाई प्रयोगमा ल्याएर बलियो पार्न सक्छौं। कतिपय त पछि गएर हार्छन् किनभने तिनीहरु किता आध्यात्मिक भोजन लिन बिराउँछन् वा यसलाई आफ्नो जीवनमा प्रयोग गर्नको निमित्त कमै प्रयत्न गर्दछन्। यसो हुनाले तिनीहरु शैतानको प्रहारको अगाडि अड्न सक्दैनन्। कैयन् त आध्यात्मिक तवरमा निर्धो भएका छन्, जसको परिणामस्वरुप निष्क्रियता हुन्छ। दुःखको कुरो, अरुहरुले आफूलाई गम्भीर दुराचरणमा फस्न दिएका छन्, जसले गर्दा तिनीहरु बहिष्कृत हुन पुगे। पावलले चेतावनी दिनुभयो: “म खडा छु भन्ने जसले विचार गर्दछ, त्यो होशियार रहोस् नत्रता त्यो लड्छ।” (१ कोरि० १०:१२) यदि हामीले अध्ययनलाई, सभामा उपस्थिति, तथा सेवाको जानाजानी हेलचेक्य्राइँ गऱ्यौं भने, सजिलैसँग हामीहरु अपवित्र प्रभावहरु र प्रलोभनहरुको पासोमा पर्न सक्छौं।—हि० २:१; २ पत्रु० २:२०-२२.
९ हामीले आफूलाई हर प्रकारले स्वच्छ राख्नु अत्यावश्यक छ: शारीरिक, मानसिक, आध्यात्मिक तथा नैतिक तवरमा। (२ कोरि० ७:१) हाम्रो वरिपरि भएको संसार दिनदिनै अझ छाडा र तुच्छ हुँदै जाँदैछ। हामीलाई फसाउँनको लागि दियावलले झन्झन् छली तरिकाहरु उपयोग गर्दै जाँदै छ। आफूलाई आध्यात्मिक तवरमा बलियो राख्नाले हामीलाई सुनिश्चितता मिल्नेछ कि हामीलाई त्यसको केही ‘दाउ लाग्ने छैन, किनकि त्यसका युक्तिहरुका विषयमा हामी अजान छैनौं।’ (२ कोरि० २:११) यहोवाको सङ्गठनबाट हामीले प्राप्त गरेका निर्देशनहरु र सल्लाहहरुले हामीलाई कुप्रभावहरुलाई चिन्न तथा त्यसको विरोध गर्न सामर्थ्य दिन्छ।
१० बलियो तथा स्वच्छ रहने विषयमा अरुको निमित्त असल उदाहरण स्थापना गर्ने जिम्मेवारी मण्डलीको नेतृत्व गर्नेहरु माथि छ। पावलले यसै जिम्मेवारीमाथि जोर दिनु हुँदै थियो जब उहाँले भन्नु भयो: “तिमीहरुका अगुवाहरुलाई सम्झ . . . र तिनीहरुको जीवनको नतिजालाई विचार गरेर तिनीहरुको विश्वासको देखा–सिकी गर।” (हि० १३:७) नियुक्त प्राचीन तथा सेवकाइ दासहरु आफ्नो व्यक्तिगत आचरण लगायत परिवार मूलीको रुपमा तिनीहरुको जिम्मेवारी वहन गर्नुमा उदाहरणीय हुनु पर्छ। तिनीहरु जवान तिमोथी सरह हुनु पर्दछ, जसलाई “तिनीहरुका उदाहरण होऊ, . . . वचन, चाल–चलन, प्रेम, विश्वास, शुद्धतामा” भनेर कर लगाइयो। (१ तिमो० ४:१२; १ पत्रु० ५:३) बाँकी रहेका हामी सबै जना पनि आदरणीय आचरण कायम राखेर राम्रो उदाहरण हुने यो जिम्मेवारीमा सहभागी छौं। नौलो जनहरुले सत्य, साथै यहोवाको सङ्गठनलाई, हामीमा देखेका कुरोहरु मार्फत जाँच्दछन्। हामी सुनिश्चित गर्न चाहन्छौं कि तिनीहरुले देखेका कुरोहरुबाट तिनीहरुलाई यहोवाका स्वच्छ सङ्गठनमा आफ्नो ठाउँ लिने प्रोत्साहन मिल्ने छ।
११ “महासंकष्ट”–मा बाँच्नको लागि भित्राउँने कार्यले आफ्नो गति बढाउँदै छ। (प्रका० ७:१४) अन्ततोगत्वा, आध्यात्मिक तवरमा बलिया हुने तथा आफूलाई स्वच्छ राख्नेहरु मात्र बाँच्ने छन्। धेरै जसो त यी तथ्यहरु माथि निर्भर छन्: (१) परमेश्वरको वचनको अध्ययन गर्ने राम्रो व्यक्तिगत बानीलाई कायम राख्ने तथा त्यसको मनन् गर्ने; (२) प्रोत्साहन दिने अभिलाषा लिएर एकअर्कामा व्यक्तिगत सक्कली चासोको प्रर्दशन गर्ने; तथा (३) यहोवाको नाउँमाथि आदर ल्याउँने स्वच्छ आचरण कायम राख्नको लागि सबै जना संयुक्त रुपमा कार्य गर्ने। यी थोक गर्नाले यो संसारको अन्त हुँदा हामीले यहोवाको आशिष तथा संरक्षणबारे सुनिश्चितता पाउँनेछौं। हामी विश्वस्त हुन सक्छौं कि “विश्वास गर्नेहरुलाई यहोवाले (न्यु व०) रक्षा गर्नु हुने”–हरुमा हामी पनि सम्मलीत हुने छौं।—भजन० ३१:२३.