प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 सेप्टेम्बर
  • अरूहरूलाई एउटा ठूलो धन पता लाउने मदत दिन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अरूहरूलाई एउटा ठूलो धन पता लाउने मदत दिन
  • हाम्रो राज्य सेवकाई—१९९३
  • मिल्दोजुल्दो सामग्री
  • सही निर्देशन प्रदान गर्ने पुस्तक
    हाम्रो राज्य सेवकाई—१९९३
  • सँधैभरि कसरी बाँच्न सकिन्छ भनेर सिकाउन मानिसहरूकहाँ फर्केर जानुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
  • परमेश्‍वरको शान्तिमय राज्यप्रति जिज्ञासा बढाउनु होस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
  • अरूहरूलाई परमेश्‍वरको पुत्र येशू ख्रीष्टबारे सिक्ने मदत दिनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९३
km93 सेप्टेम्बर

अरूहरूलाई एउटा ठूलो धन पता लाउने मदत दिन

१ हामीले राज्यको सुसमाचार अरूहरूलाई सुनाउने एउटा मुख्य लक्ष्य हो इमानदार हृदय हुनेहरूलाई परमेश्‍वरको वचनको सर्वश्रेष्ठ मूल्य बुझ्ने मदत दिनु। (फिलि० ३:८) बाइबलमा आधारित हाम्रो साहित्यले राज्यको सन्देश फैलाउने काममा महत्त्वूपर्ण भूमिका निभाउँछ। उदाहरणका लागि सधैंभरि बाँच्न पुस्तकले हजारन हजार मानिसहरूलाई बाइबलका सत्य कुराहरू सिकाएर यहोवाको सेवा गर्ने मदत दिएको छ।

२ इच्छुक मानिससित साहित्य छाडेर आउनु बाहेक अरू कुराहरू पनि हाम्रो सेवाकाईमा समावेश छन्‌। हामीले समाचार आकर्षक ढङ्‌गमा प्रस्तुत गर्नुपर्छ, घरधनीको कुरालाई गहरिएर बुझ्ने कोशिश गर्दै सुन्‍नु पर्छ र उनीसित ‘शास्त्रबाट बहस गर्न’ पनि तयार हुनुपर्छ।—प्रेरित १७:२.

३ यो कसरी गर्न सकिन्छ? बाइबल र त्यसको सन्देशमा घरधनीको चासो छ वा छैन भनी उनैलाई प्रकट गर्न दिने मौका हाम्रा परिचयहरूले खोल्न सक्छन्‌।

तपाईंले यसो भन्‍न सक्नुहुन्छ:

◼ “आज हाम्रा वरिपरि संसारमा भइरहेका केही कुराहरूको अर्थबारे हामी छलफल गर्न आएका छौं। थुप्रै मानिसहरूले परमेश्‍वर र बाइबलमा उल्लिखित हाम्रा जीवनका लागि उहाँले दिनु भएका स्तरहरूमा चासो लिन छाडेका छन्‌। यसको असर मानिसहरूबीच आपसको व्यवहारमा देखिन थालेको छ। के तपाईंले पनि यो विचार गर्नु भएको छ? [टिप्पणीका लागि पर्खनु होस्‌। तपाईंले केही वास्तविक उदाहरणहरू दिन सक्नु हुन्छ।] कृपया यहाँ २ तिमोथी ३:१-५-मा चर्चा गरिएकाहरूको मनोवृत्तिलाई विचार गर्नुहोस्‌। र भन्‍नु होस्‌, के यो वर्तमान संसारकै बारेमा लेखिएको जस्तो देखिन्दैन र? [पढ्‌नुहोस्‌ र टिप्पणीका लागि पर्खनु होस्‌] भविष्यमा स्थिति सुध्रिनेछ भनी आशा गर्ने के कुनै ठोस कारण छ र?” चासो प्रकट गरिएमा सधैंभरि बाँच्न पुस्तकको पाना १२ र १३-मा दिएको नक्सा देखाउनु होस्‌ र अनुच्छेद १२ र १३ तिर ध्यान आकर्षित गराउनु होस्‌। सीमित चासो छ भने चाहिं, शान्तिमय नयाँ संसार भन्‍ने पर्चा दिन सकिन्छ।

४ आमा वा बाबु ढोकामा आएको खण्डमा हामीले आफ्नो वार्तालाप यसप्रकार सुरु गर्न सक्छौं:

◼ “आज हामी पारिवारिक जीवनका समस्याहरूलाई अझ राम्ररी समाधान गर्ने विषयमा चासो राख्ने व्यक्‍तिहरूसित कुरा गरिरहेका छौं। हुन त, हामी सबैले सक्दोभर कोशिश गरी नै रहेका हुन्छौं। तापनि, अझ बढी सफलता हासिल गर्ने कुनै उपाय छ भने त्यसमा हामी निश्‍चय नै चासो लिन्छौं, होइन र? [प्रत्युत्तरमा केही भन्‍ने मौका दिनुहोस्‌] यस सम्बन्धमा बाइबलमा निर्देशन दिएको छ। यहाँ कलस्सी ३:१२-१४-मा। [पढ्‌नु होस्‌] यसकारण, एउटा सफल पारिवारिक जीवन बिताउनका लागि के आवश्‍यक रहेछ त? हेर्नुहोस्‌, यस प्रकाशनमा ‘पारिवारिक जीवनलाई सफल पारौं’ भन्‍ने अध्याय अन्तर्गत के भनिएको छ।” यसपछि सधैंभरि बाँच्न पुस्तकको पाना २३८-को अनुच्छेद ३ पढ्‌नुहोस्‌। घरधनी व्यस्त छन्‌ अथवा विशेष ध्यान नदिएमा परिवार सम्बन्धी विषय भएको कुनै पत्रिका अथवा सुखी पारिवारिक जीवन पर्चा दिने कोशिश गर्नुहोस्‌।

५ राज्यबारे पूरा साक्षी दिने हाम्रो उद्देश्‍य हामी कहिले बिर्सन चाहन्दैनौं। (मत्ती २४:१४) यसकारण हामी बाइबल र ईश्‍वरतान्त्रिक साहित्यहरूको अद्‌भुत प्रबन्धलाई राम्ररी प्रयोग गरौं। र यी निर्णायक दिनहरूमा यहोवाको इच्छा पूरा गर्ने काम गर्दै हामी विश्‍वस्त भएर उहाँबाट आशिष पाउने प्रतीक्षा गर्न सक्छौं।—गला० ६:९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने