प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 अप्रिल p. २
  • स्वच्छताले परमेश्‍वरको आदर गर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वच्छताले परमेश्‍वरको आदर गर्छ
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • सफा मानिसलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • सरसफाइ वास्तवमा यसको अर्थ के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • सरसफाइ कत्तिको महत्त्वपूर्ण छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मन र शरीरमा शुद्ध हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 अप्रिल p. २

स्वच्छताले परमेश्‍वरको आदर गर्छ

१ मोशाको व्यवस्थामा स्वच्छता कायम गर्न कडा नियमहरू थिए। त्यसले गर्दा इस्राएल अरूभन्दा भिन्‍नै शारीरिक तथा आध्यात्मिक स्वच्छता माग गरिएको जाति बन्‍न पुग्यो। (लेवी ११:३५, ३६; १५:१-११; यशै. ५२:११) यस स्वच्छ अवस्थाले परमेश्‍वरको आदर गऱ्‍यो र त्यस राष्ट्रलाई स्वस्थ राख्न पनि मदत पुऱ्‍यायो।

२ त्यस्तैगरि आज पनि स्वच्छता यहोवाका जनहरूको चिनारी हो। यसले यहोवाका जनहरूलाई सामूहिक तवरमा त चिनाउँछ तर व्यक्‍तिगत तवरमा पनि के यो हाम्रो चिनारी हो? सफा-सुग्घर र व्यक्‍तिगत सरसफाइप्रति हामीले कत्तिको ख्याल राख्छौं, त्यसले यहोवाका आवश्‍यकताहरूप्रति हामी कत्तिको मूल्याङ्‌कन गर्छौं भन्‍ने कुरा जाहेर गर्छ।

३ हाम्रो घरको रूपरङ्‌गबारे के भन्‍न सकिन्छ? के त्यसले गर्दा अरू व्यक्‍तिहरूले हामीले सुनाउने राज्य समाचारप्रति नकारात्मक दृष्टिकोण राख्छन्‌? पृथ्वीलाई प्रमोदवनमा परिवर्तन गर्ने कुरा त गर्छौं तर हाम्रो घर लथालिङ्‌ग र हाम्रो बगैंचामा जथाभावी झारपात तथा घाँसहरू बढिरहेको देखेर के कसै कसैले हाम्रो समाचारमा शङ्‌का गर्न सक्छन्‌? हाम्रो घरको रूपरङ्‌ग अस्तव्यस्त अथवा अस्वस्थकर बानीहरूले गर्दा दुर्गन्धित छ भने के हामीले “परमेश्‍वरको राज्य अन्तर्गत नयाँ संसारलाई सुहाउने खालका बानीहरू” विकास गर्दैछौं भन्‍न मिल्छ?—om pp. 130-1.

४ हामीले क्षेत्र सेवकाईमा प्रयोग गर्ने सवारी-साधनबारे के भन्‍न सकिन्छ? हाम्रो सवारी साधनको रूपरङ्‌गले हाम्रो प्रचार कार्यलाई बाधा नपुऱ्‍याओस्‌ भनेर के राम्ररी सफा गरिएको छ? हाम्रो वेशभूषा, किताब राख्ने झोला र व्यक्‍तिगत कोरीबाटी कस्तो छ? के ती सुग्घर र भद्र छन्‌ ताकि त्यसले कुनै अपमान नल्याओस्‌? बराबर नुहाएर र लुगाफाटो धोएर आफू तथा आफ्ना कपडाहरूलाई स्वच्छ राख्नु व्यावहारिक कुरा हो।—w89 6⁄1 pp. 16-19.

५ एक जना भाइको लापर्वाहीले गर्दा उनको व्यक्‍तिगत स्वास्थ्य वा वरिपरिको वातावरण मण्डलीको लागि बदनामीको कारण भएमा के गर्न सकिन्छ? शायद उनको उमेर र अशक्‍तताले गर्दा उनलाई मायालु सहयोग मात्र चाहिएको हुन सक्छ। यदि त्यसो हो भने तिनलाई मदत दिनु दया देखाएको हुनेछ। कसै-कसैले आफ्नो समस्या चालै नपाएको हुन सक्छ; दयालु सल्लाहले उनलाई आफ्नो परिस्थिति सुधार्न उत्प्रेरित गर्न सक्छ। सफाइको सन्दर्भमा सधैं नै नराम्रो उदाहरण कायम गर्ने व्यक्‍तिहरू मण्डलीमा विशेष अवसरहरू प्राप्त गर्न योग्य हुन सक्दैनन्‌। तर यस सिलसिलामा आफ्नै व्यक्‍तिगत स्तर अथवा प्राथमिकताहरू स्थापना गर्नदेखि प्राचीनहरू होशियार हुनुपर्छ।

६ हाम्रो राज्य भवनमा नयाँ इच्छुक व्यक्‍तिहरूलाई आध्यात्मिक भोजको आनन्द उठाउन निम्तो दिइन्छ। प्राय, हामी निम्तो दिन इच्छुक हुन्छौं किनभने भवन एकदमै आकर्षक र सुग्घर हुन्छ। यद्यपि त्यस्तै सफा राख्न सफाइ गर्नुपर्ने हुन्छ। तपाईंको भवनमा यताउता हेर्नुहोस्‌। के मेचहरू, भुईं र भित्ताहरू सफा छन्‌? के शौचालयमा सधैं पुछपाछ गरिन्छ? फोहोर भुईं अथवा रङ्‌गहरू उप्केको भित्ता सधैं हेर्ने बानी लाग्यो भने छिट्टै नै त्यस्ता कुराहरू हाम्रो लागि ग्रहणयोग्य हुन थाल्छ। तर प्रथम पटक आउने आगन्तुकहरूलाई यसले अप्रिय छाप पार्न सक्छ। मनमोहक र आकर्षक भवन बनाइ राख्न हामीले यथाशक्य गर्नुपर्छ र सफाइ वा पुनर्निर्माण गर्नु पर्दा हामीले सकेजति गर्नुपर्छ।

७ एक वचन पनि नबोलिकन हाम्रो व्यक्‍तिगत रूपरङ्‌ग, हाम्रो घर, सवारी-साधन र राज्य भवनको सरसफाइले हामी परमेश्‍वरको महिमा गर्न सक्छौं। हाम्रो असल उदाहरण ठोकरको कुनै कारण हुनेछैन बरु त्यसले हाम्रो उपासना स्वच्छ र सत्य छ भन्‍ने प्रमाण दिनेछ।—१ कोरि. १०:३१, ३२; याकू. १:२७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने