प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 अगस्त p. १
  • सकारात्मक मनोवृत्ति राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सकारात्मक मनोवृत्ति राख्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • साक्षीकार्यप्रति सकारात्मक दृष्टिकोण कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • ख्रीष्टको मनोवृत्ति प्रतिबिम्बित गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • पर्खने मनोवृत्ति प्रकट गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • साक्षीकार्यमा येसुजस्तै जोसिलो हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 अगस्त p. १

सकारात्मक मनोवृत्ति राख्नुहोस्‌

१ थुप्रै मुलुकहरूमा भइरहेको अद्‌भुत वृद्धिबारे पढ्‌दा हामी कति हर्षित हुन्छौं! यद्यपि, केही क्षेत्रहरूमा हाम्रो प्रचार-कार्यप्रति राज्य प्रकाशकहरूले प्रायजसो भावशून्यता, बेवास्ता अथवा प्रत्यक्ष विरोधको सामना गर्नु परेको पनि हामीलाई थाहा छ। हाम्रो इलाका पनि यस्तै छ भने हामी कसरी सकारात्मक मनोवृत्ति राख्न सक्छौं? हाम्रो आनन्द हरण गर्ने अथवा चेला बनाउने कार्यमा हाम्रो जोशलाई घटाउने नकारात्मक मनोवृत्तिलाई हामी कसरी रोक्न सक्छौं?

२ हाम्रो सन्तुलन कायम राख्न सकारात्मक मनोवृत्तिले मदत दिनेछ। कठिन परिस्थितिहरूमा समेत हाम्रो सोचाइलाई नकारात्मक विचारहरूले जित्न दिनु हुँदैन। हाम्रो लागि येशूले एउटा सिद्ध उदाहरण बसाल्नुभयो। उहाँले सिकाउनुभएको कुरा थोरैले मात्र स्वीकारे। उहाँको शिक्षाप्रति धेरैले ठोकर खाए। उहाँको धीरजलाई कठोर परीक्षामा पार्ने परिस्थितिहरू उहाँले सामना गर्नुपऱ्‍यो। धार्मिक नेताहरूले उहाँको कामको आलोचना गरे र उहाँलाई मार्ने षडयन्त्र रचे। उहाँलाई थुकियो, थप्पड हानियो, गिज्याइयो, पिटियो अनि अन्ततः मारिनु भयो। यद्यपि, आफूले गरिरहनुभएको कामबाट उहाँले आनन्द उठाउनुभयो। किन? परमेश्‍वरको इच्छा गर्नुको महत्त्व उहाँले बुझ्नुभएको थियो र उहाँले हिम्मत हार्नु भएन।—यूह. ४:३४; १३:१७; हिब्रू १२:२.

३ हाम्रो सेवकाईप्रति उचित दृष्टिकोण राख्नुहोस्‌: यसो गर्न हामीले थुप्रै कुराहरू मनमा राख्नुपर्छ। धेरैले इन्कार गर्ने अथवा विरोध गर्ने समाचार हामीसित छ भनेर नबिर्सनुहोस्‌। (मत्ती १३:१४, १५) येशूको नाउँमा शिक्षा दिन प्रेरितहरूलाई औपचारिक रोक लगाइएको भए तापनि तिनीहरू प्रचार-कार्यप्रति विश्‍वासी नै रहे र फसल आउँदै गऱ्‍यो। (प्रे. ५:२८, २९; ६:७) कुनै कुनै इलाकामा निकै थोरैले मात्र सुन्‍नेछन्‌ भनेर हामीलाई पहिलेदेखि थाहा भएकै कुरा हो। (मत्ती ७:१४) यसर्थ, हामीले काम गर्ने इलाकामा एक जनाले मात्र हाम्रो समाचार सुने पनि आनन्दित हुने कारण छ। यो पनि याद गर्नुहोस्‌, विरोध गर्नेहरूले पनि सुन्‍ने मौका पाउनु पर्छ। (इजकि. ३३:८) केही विरोधीहरू अन्तमा गएर परिवर्तन हुन्छन्‌ र यहोवाका उपासकहरू बन्छन्‌। थारैले मात्र सुने तापनि उचित दृष्टिकोण राख्दा हाम्रो सेवकाईले सफलता हासिल गरेको महसुस गराउँछ। परमेश्‍वरको राज्यको समाचार लिएर ढोकामा उपस्थित हुनु मात्र पनि एउटा साक्षी हो।—इजकि. २:४, ५.

४ हाम्रो सोचाइलाई सकारात्मक राख्ने हामीसित पर्याप्त कारणहरू छन्‌। विश्‍वव्यापी कार्यको समुन्‍नति र महासङ्‌कष्टको निकटताको बढ्‌दो प्रमाणले ईश्‍वरीय भक्‍तिमा यथासक्दो गर्न हामीलाई उत्प्रेरित गर्नु पर्ने हो। (२ पत्रु. ३:११, १४) अगस्त महिनामा जोशिलो भाग लिनु हामीले सिकेका कुराहरूको मूल्याङ्‌कन जाहेर गर्ने राम्रो तरिका हुनेछ। भर्खरै सङ्‌गत गर्न थालेकाहरूले पनि आफूले सिकेका कुराहरूप्रति सकारात्मक मनोवृत्ति प्रदर्शन गरेको हामी चाहन्छौं। यदि हाम्रा केही बाइबल विद्यार्थीहरू बप्तिस्मा अप्राप्त प्रकाशकहरू हुन तयार भइसकेका छन्‌ भने त्यसको सुरुआत गर्न अगस्त महिना अत्युत्तम हुन सक्छ।

५ चाहे प्रकाशकहरू अथवा अग्रगामीहरूको हैसियतमा सेवा गरिरहेका हौं, यहोवाले हामीबाट माग गर्नुभएका कुराहरू बोझिला छैनन्‌ भनी मनमा राख्यौं भने हामी सबैले मदत पाउँछौं। (१ यूह. ५:३) उहाँले हामीलाई सह्‍माल्ने प्रतिज्ञा गर्नुभएको छ। (हिब्रू १३:५ख, ६) जनसाधारणको बेवास्ता, भावशून्यता अथवा विरोधको बावजूद हामी सकारात्मक हुनुपर्छ र प्रचार गरी नै रहनुपर्छ किनभने हामीले त्यसो गर्नु परमेश्‍वरको इच्छा हो।—१ तिमो. २:३, ४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने