प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 अगस्त p. १
  • आफ्ना भाइहरूलाई राम्ररी चिन्‍नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्ना भाइहरूलाई राम्ररी चिन्‍नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • “आपसमा प्रगाढ प्रेम राख”
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • “आपसमा प्रगाढ प्रेम राख”
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • भ्रातृप्रेममा बढ्‌दै जानुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • भाइबहिनीहरूलाई राम्ररी चिन्‍नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 अगस्त p. १

आफ्ना भाइहरूलाई राम्ररी चिन्‍नुहोस्‌

१ सङ्‌गी उपासकहरूसित हाम्रो सम्बन्ध भनेको तिनीहरूसित राज्य भवनमा सभाहरूको लागि उपस्थित हुनु मात्रै होइन। हामीहरू परमेश्‍वरको इच्छा गर्ने व्यक्‍तिहरू हौं र त्यसले येशूसित हामीलाई आध्यात्मिक सम्बन्धमा गाँस्छ। (मर्कू. ३:३४, ३५) फलस्वरूप हाम्रो मसीही मण्डलीका आध्यात्मिक भाइ तथा बहिनीहरूसित त्यसले आध्यात्मिक पारिवारिक सम्बन्धमा गाँस्छ र तिनीहरूलाई प्रेम गर्न हामीलाई आज्ञा दिइएको छ। (यूह. १३:३५) तसर्थ, “परमेश्‍वरका घरानाका मानिसहरू” सित सङ्‌गतमा भएकाहरूले एकअर्कालाई राम्ररी चिन्‍ने प्रयास गर्नुपर्छ।—एफि. २:१९.

२ आफ्ना भाइहरूलाई तिनीहरूको नाउँले चिन्‍नुहोस्‌: तपाईंको मण्डली पुस्तक अध्ययनको सबै भाइ बहिनीहरूको नाउँ के तपाईंलाई थाहा छ? मण्डली पुस्तक अध्ययनको समूह प्रायजसो सानो हुन्छ, जसले गर्दा उपस्थित हुने सबैको नभए पनि धेरैजसोको नाउँ थाहा पाउन सजिलै हुन्छ। यदि तपाईंलाई तिनीहरूको नाउँ समेत थाहा छैन भने के तिनीहरूलाई राम्ररी चिन्छु भनेर भन्‍न सक्नुहुन्छ र?

३ राज्य भवनमा उपस्थित हुने बच्चाहरू लगायत अन्य व्यक्‍तिहरूलाई चिन्‍ने गरे कसो होला? साथीहरूको सानो समूहसित मात्र सङ्‌गत गर्ने हाम्रो प्रवृत्ति हुन सक्छ। खास व्यक्‍तिहरूसित नियमित तवरमा सङ्‌गतिको आनन्द उठाउनु गलत कुरा होइन तर हामी न्यानो अभिवादन र उत्थानदायी वार्तालाप थोरैसित मात्र सीमित गर्न चाहँदैनौं। हाम्रा सबै भाइ बहिनीहरूलाई राम्ररी चिन्‍ने प्रयास गर्दै हामी “ठूलो मनको” हुनुपर्छ। (२ कोरि. ६:११-१३) त्यसो गर्न अवश्‍य पनि तिनीहरूको नाउँले चिन्‍नु पर्छ।

४ मण्डलीका सभाहरू सञ्चालन गर्ने भाइहरूले उपस्थित हुने सबैको नाउँ थाहा पाउने प्रयास गर्नुपर्छ। मञ्चबाट नाउँ लिएर बोलाउँदा तिनीहरूलाई आफ्ना टिप्पणीहरूको मूल्याङ्‌कन भएको महसुस हुन्छ र साथै अरूले तिनीहरूको नाउँ थाहा पाउन सक्छन्‌। निस्सन्देह, जहिले पनि श्रोतागणहरूमध्ये कोही न कोही नयाँ व्यक्‍ति अथवा आगन्तुकहरू हुन्छन्‌ जसले गर्दा जोसुकैलाई पनि प्रत्येकको नाउँ थाहा पाउन गाह्रो हुन्छ। तापनि, निरन्तर लगनशील प्रयास गर्नु अरूको निम्ति प्रोत्साहनदायी हुन्छ र त्यसले साँचो व्यक्‍तिगत चासो पनि प्रदर्शन गर्छ।—रोमी १:११, १२.

५ राम्ररी परिचित हुन आफै अग्रसर हुनुहोस्‌: परिभ्रमण निरीक्षकहरू थुप्रै भाइ बहिनीहरूसित प्रायजसो राम्ररी परिचित हुन सक्षम हुन्छन्‌। त्यो तिनीहरूले कसरी गर्छन्‌? तीन मुख्य तरिकाहरूमा: (१) तिनीहरूसित क्षेत्र सेवकाईमा नियमित तवरमा काम गर्छन्‌; (२) परिस्थितिले भ्याएसम्म तिनीहरूलाई घरमा भेट्‌ने निमन्त्रणा स्वीकार गर्छन्‌; र (३) सभाहरूमा वयस्कहरू र केटाकेटीहरू दुवैलाई अभिवादन गर्न अग्रसर हुन्छन्‌।

६ तपाईंको सङ्‌गति बढाउन र आफ्ना भाइहरूलाई अझ राम्ररी चिन्‍न के तपाईं ठूलो मनको हुन सक्नुहुन्छ? हामीले अवश्‍य पनि अरूलाई क्षेत्र सेवकाईमा सङ्‌गै जान निमन्त्रणा दिन सक्छौं। घर-घर जानु, पुनःभेटहरू गर्नु, बाइबल अध्ययनहरूमा जानु अथवा पत्रिकाहरू चलाएर सडक साक्षी दिनु सबै नै राम्ररी परिचित हुने तरिकाहरू हुन्‌। कहिलेकाहीं सङ्‌गै बसेर खाना अथवा हल्का खाजा खान तपाईंको घरमा आउने निमन्त्रणा दिनु पनि राम्रो हो। नयाँ अथवा लज्जालु व्यक्‍तिहरूसित कुरा गर्न अग्रसर हुँदा तिनीहरूलाई आध्यात्मिक तवरमा बढ्‌न मात्र मदत पुग्ने नभई प्रशस्त आशिष्‌हरू पनि ल्याउँछ।—प्रे. २०:३५; १ थिस्स. ५:११.

७ पावलले आफ्ना भाइहरूलाई राम्ररी चिन्थे। तिनले आफ्ना पत्रहरूमा ती थुप्रै व्यक्‍तिहरूको नाउँ लिएर व्यक्‍तिगत तवरमा उल्लेख गर्नु तिनको निःस्वार्थ चासो र साँचो प्रेमको प्रमाण हो। (१ थिस्स. २:१७; २ तिमो. ४:१९, २०) हाम्रा भाइहरूलाई राम्ररी चिन्‍ने प्रयास गर्नुको अर्थ हामी सबैको निम्ति आशिष्‌हरू हुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने