प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 जुलाई p. १
  • दिन प्रतिदिन आफ्नो भाकल पूरा गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दिन प्रतिदिन आफ्नो भाकल पूरा गर्ने
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • ‘आफ्नो भाकल पूरा गर्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • विवाह वाचाअनुरूप जीवन बिताउने!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • वफादार मानिसहरू आफ्नो भाकल पूरा गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 जुलाई p. १

दिन प्रतिदिन आफ्नो भाकल पूरा गर्ने

१ भजनरचयिता दाऊद यहोवालाई यसो भन्‍न उत्प्रेरित भए: “यसैले दिनहुँ मेरा भाकलहरू पूरा गर्नलाई म तपाईंको नाउँको सदा सर्वदा प्रशंसा गर्नेछु।” (भज. ६१:८) भाकल गर्नु पूर्णतया स्वैच्छिक कुरा हो भनेर दाऊदलाई थाह थियो। तथापि, भाकल गरिसकेपछि त्यसलाई पूरा गर्नुपर्ने जिम्मेवारी पनि तिनले बुझेका थिए। तैपनि, दिन प्रतिदिन आफ्ना भाकलहरू पूरा गर्न पाएको अवसरका लागि तिनले यहोवाको प्रशंसा गरे।

२ हामीले आफूलाई यहोवाप्रति समर्पण गर्दा उहाँको इच्छा गर्छौं भनेर स्वैच्छिक भाकल गरेका थियौं। हामीले आफूलाई नकाऱ्‍यौं र यहोवाको सेवा गर्नु नै जीवनको मुख्य लक्ष्य बनायौं। (लूका ९:२३) यसर्थ, हामीले दिन प्रतिदिन आफ्नो भाकल पूरा गर्नैपर्छ। (उप. ५:४-७) हामीले पानीमा बप्तिस्मा लिंदा गरेको आम घोषणालाई जीवनको प्रत्येक खुड्‌किलोमा उतार्नैपर्छ किनभने हामीलाई थाह छ, “मुखबाट उद्धारको निम्ति स्वीकार गरिन्छ।” (रोमी १०:१०) यसो गर्नुमा सुसमाचार प्रचार गर्नु समावेश छ। (हिब्रू १३:१५) व्यक्‍तिगत परिस्थितिहरूमा आकाश-जमीनको अन्तर भए तापनि हामीले अरूलाई सुसमाचार बताउनुपर्ने महत्त्वप्रति दिन प्रतिदिन विशेष ध्यान पुऱ्‍याउनसक्छौं।

३ दिनहुँ प्रचार गर्न अवसरहरू निकाल्नुहोस्‌: अरूलाई सुसमाचार सुनाउँदा आनन्द आउँछ। दिनहुँ यसो गर्न परिस्थितिअनुसार अवसरहरू निकाल्नुपर्छ। कार्यस्थल वा पाठशाला तथा छरछिमेकका व्यक्‍तिविशेषहरू वा हरेक दिन भेटिने मानिसहरूलाई अनौपचारिक साक्षी दिन अग्रसर भएका थुप्रैले आनन्दायी अनुभवहरू बटुलेका छन्‌। चिठी वा टेलिफोन पनि अरूलाई साक्षी दिने साधन हुनसक्छ। यी सबै माध्यमहरूको फाइदा उठाउनुका साथै घर-घरमा नियमित तवरले साक्षी दिने र पुनःभेटहरू गर्ने समय मिलाएर बाइबल अध्ययन सञ्चालन गर्नाले विशेष आनन्द प्राप्त हुन्छ। हो, सम्भवतः हामी हरेक दिन प्रचार गर्न अवसरहरू निकाल्नसक्छौं।

४ एउटी बहिनीले कार्यस्थलमा मध्यान्तरको बेला दिनहुँ धर्मशास्त्र जाँच्ने पढ्‌न सुरु गरिन्‌। तिनले एक सहकर्मीलाई दैनिक पद सँगै पढ्‌न आमन्त्रित गरिन्‌। त्यसो गर्दा चाँडै त्यस स्त्रीसित बाइबल अध्ययन सुरु भयो। तिनीहरूले हप्तामा पाँच दिन आधा आधा घण्टा अध्ययन गर्थे। तिनीहरूले दैनिक अध्ययन गरेको अर्को सहकर्मीले देखे। अन्ततः तिनले निष्क्रिय मसीही भाइ हुँ भनेर आफ्नो परिचय दिए। त्यस बहिनीको जोशद्वारा उत्प्रेरित भई त्यस भाइले पुनः सक्रिय हुन प्राचीनसित सम्पर्क राखे। त्यस बहिनीले दिनहुँ आफ्नो भाकललाई तनमनले पूरा गरेर सकारात्मक तरिकामा अरू दुइ व्यक्‍तिको हृदय छुन सफल भइन्‌।

५ जब हामी यहोवाले हाम्रोनिम्ति गर्नुभएका सबै असल कुराहरूको मूल्यांकन गर्दै हृदयदेखि उत्प्रेरित हुन्छौं तब हामी हरेक दिन आफ्नो समर्पणको भाकल यथासक्दो पूरा गरेर आनन्द र सन्तुष्टि प्राप्त गर्नेछौं। भजनरचयिताले जस्तै हामी पनि यसरी भन्‍नसक्छौं: “हे परमप्रभु मेरा परमेश्‍वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु। र म तपाईंको नाउँको महिमा सदाको निम्ति गर्नेछु।”—भज. ८६:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने