प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 फेब्रुअरी p. १
  • फेरि कहिल्यै नदोहरिने काममा भाग लिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेरि कहिल्यै नदोहरिने काममा भाग लिनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले गर्नुहुने न्याय—के उहाँले सधैँ समयमै चेतावनी दिनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • महा संकष्टबाट बचाइएका मानिसहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • हामी अझ बढी जागा हुनु जरुरी छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
हाम्रो राज्य सेवकाई—१९९७
km97 फेब्रुअरी p. १

फेरि कहिल्यै नदोहरिने काममा भाग लिनुहोस्‌

१ सम्पूर्ण मानव इतिहास केलायौं भने, यहोवाले बेला बेलामा आफ्ना शत्रुहरूलाई दण्ड दिनु परेको पाउँछौं। तथापि, उहाँ दयालु परमेश्‍वर हुनुभएकोले सही हृदय भएका मानिसहरूले छुटकारा पाउने मौकाको प्रबन्ध गर्नुभयो। (भज. १०३:१३) अनि मानिसहरूको भलो हुने हो कि कुभलो हुने हो, यहोवाको यस्तो दयाप्रति तिनीहरूले देखाएको व्यवहारले निर्धारण गर्थ्यो।

२ उदाहरणका लागि, सा.यु.पू. २३७०, जलप्रलयअघि नूह “धर्मका प्रचारक” थिए। त्यतिबेला परमेश्‍वरको चेताउनी नसुन्‍नेहरू मात्र नष्ट भए। (२ पत्रु. २:५; हिब्रू ११:७) सा.यु. ७० मा यरूशलेम नष्ट हुनुअघि येशूले त्यस शहरमाथि आउन लागेको विपत्तिबाट बच्न चाहनेजति सबैले के गर्नुपर्छ, स्पष्ट पारिसक्नुभएको थियो। त्यतिबेला पनि उहाँको चेताउनीमूलक समाचार सुन्‍न इन्कार गर्नेहरूले नराम्रो नतिजा भोग्नुपऱ्‍यो। (लूका २१:२०-२४) यस्ता ईश्‍वरीय चेताउनी तथा न्यायदण्डहरू मानव इतिहासमा पटक पटक दोहरिए।

३ वर्तमान चेताउनी कार्य: यहोवाले आजको दुष्ट रीतिरिवाजमाथि आफ्नो क्रोध पोखाउनेछु र नम्र मानिसहरू मात्र त्यसबाट उम्कनेछन्‌ भनेर धेरै समयअघि नै घोषणा गरिसक्नुभयो। (सप. २:२, ३; ३:८) यो चेताउनीमूलक सन्देश प्रचार गर्ने समय अहिले चाँडचाँडो बित्दै गइरहेको छ! “महा संकष्ट” संघारमै छ र नम्र जनहरू अहिले जम्मा गरिंदैछन्‌। निस्सन्देह, “खेतबारीहरू . . . कटनीको लागि पहेंला भएका छन्‌।” यो जत्तिको महत्त्वपूर्ण र जरुरी अरू कुनै काम छैन।—मत्ती २४:१४, २१, २२; यूह. ४:३५.

४ मानिसहरूले “सुने पनि वा सुन्‍नलाई अस्वीकार गरे तापनि” अहिले यो चेताउनी दिने काममा हामीले भाग लिनैपर्छ। यो परमेश्‍वरले दिनुभएको काम हो, जसलाई हामी कुनै हालतमा पनि पन्छाउन सक्दैनौं। (इज. २:४, ५; ३:१७, १८) तनमनदेखि नै यो काममा भाग लियौं भने, त्यसले परमेश्‍वरप्रतिको हाम्रो गहिरो प्रेमको बलियो प्रमाणका साथै छिमेकीहरूप्रतिको निष्कपट चासो अनि हाम्रो उद्धारक, येशू ख्रीष्टमाथिको अटल विश्‍वास प्रकट गर्नेछ।

५ कम्मर कस्ने समय अहिल्यै हो: बितेको समयमा यहोवाले न्यायदण्ड दिनुभए तापनि फेरि फेरि पनि दुष्टता बढ्‌ने क्रम कायमै रह्‍यो। किनकि त्यतिबेला शैतान तथा त्यसका प्रेतहरूलाई निष्क्रिय पारिसकिएको थिएन। तथापि, अब भने त्यस्तो हुनेछैन। शैतानका प्रभावहरू निर्मूल पारिनेछन्‌। रोकेर रोक्नै नसकिने “महा संकष्टको” विश्‍वव्यापी चेताउनी पनि फेरि कहिल्यै दिनुपर्नेछैन। (प्रका. ७:१४; रोमी १६:२०) हामीले फेरि कहिल्यै नदोहरिने यो काममा भाग लिने विशेष सुअवसर पाएका छौं। त्यसकारण, यो मौकाको पूरापूर फाइदा उठाउने समय अहिल्यै हो।

६ आफ्नो प्रचार कार्यबारे प्रेरित पावलले पूर्ण विश्‍वासका साथ यसो भने: “म सबै मानिसहरूको प्राणको निम्ति निर्दोष छु।” (प्रेरि. २०:२६) चेताउनी दिन कहिल्यै पछि नहटेको हुँदा तिनले रक्‍तदोषी महसुस गरेनन्‌। किन? किनकि तिनले आफ्नो सेवकाईबारे यसो भन्‍न सके: “उहाँको कार्यअनुसार प्रयत्न गरेर जो ममा जोरसँग काम गर्दछु।” (कल. १:२९) आउनुहोस्‌, फेरि कहिल्यै नदोहरिने यस काममा आफूले सकेजति धेरै भाग लिएर हामी पनि त्यस्तै सन्तुष्टि महसुस गरौं!—२ तिमो. २:१५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने