प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 जनवरी p. ८
  • अरूलाई सिकाउन सिपालु र सुसज्जित

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अरूलाई सिकाउन सिपालु र सुसज्जित
  • हाम्रो राज्य सेवकाई—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • साँचो परमेश्‍वरको ज्ञानले जीवनतर्फ डोऱ्‍याउँछ
    हाम्रो राज्य सेवकाई—१९९६
  • परमेश्‍वरबाटको ज्ञानले थुप्रै प्रश्‍नको जवाफ दिन्छ
    हाम्रो राज्य सेवकाई—१९९७
  • “अनन्त जीवन यही [हो]”
    हाम्रो राज्य सेवकाई—१९९६
  • अनन्त जीवनतर्फ डोऱ्‍याउने ज्ञान फैलाउने
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९७
km97 जनवरी p. ८

अरूलाई सिकाउन सिपालु र सुसज्जित

१ मोशालाई यहोवाको प्रतिनिधि नियुक्‍त गरिंदा तिनले फिरऊनसम्म परमेश्‍वरको खबर पुऱ्‍याउन आफूलाई अयोग्य ठाने। (प्रस्थ. ४:१०; ६:१२) यर्मियालाई पनि यहोवाले अगमवक्‍ताको रूपमा सेवा गर्न नियुक्‍त गर्नुहुँदा तिनले आफूलाई बोल्नै आउँदैन भनेर आत्मविश्‍वासको कमी देखाए। (यर्मि. १:६) सुरुमा साहसी नभए पनि ती दुवै अगमवक्‍ता यहोवाका निडर साक्षीहरू कहलिए। यहोवाले नै तिनीहरूलाई चाहिंदो मात्रामा सिपालु बनाउनुभयो।

२ अहिले हाम्रो समयमा निर्धक्क भएर सेवकाई पूरा गर्न आवश्‍यक सामग्रीहरू जुटाइदिनुभएकोमा यहोवालाई धन्यवाद छ! (२ कोरि. ३:४, ५; २ तिमो. ३:१७) सिपालु कालिगड आफ्ना सबै औजारहरूले सुसज्जित भएझैं हामीलाई सुम्पिएको सेवकाई दक्षतापूर्वक पूरा गर्न हामी सुसज्जित छौं। हामी जनवरी महिनामा विशेष मूल्यमा प्रस्तुत गर्ने सूचीमा भएका १९२ पृष्ठका पुराना पुस्तकहरू प्रस्तुत गर्नेछौं। यी आध्यात्मिक औजारहरू नयाँ त होइनन्‌ तापनि यसका धर्मशास्त्रीय विषयहरू भने ताजा नै छन्‌ र यी पुस्तकहरूले मानिसहरूलाई सत्य सिक्न मदत गर्नेछन्‌। जुन पुस्तक प्रस्तुत गर्नुहुने हो, त्यसलाई मिल्नेगरि निम्न प्रस्तुतिहरू छाँटकाँट गर्न सक्नुहुन्छ।

३ परमेश्‍वरको वचनमा चासो जगाउन शिक्षाको विषयलाई चलाउन सक्नुहुन्छ। उपयुक्‍त लागेमा यसो भन्दै कुराकानी सुरु गर्न सक्नुहुन्छ:

▪“अचेल, मानिसहरू स्तरीय शिक्षामा निकै जोड दिन्छन्‌। तपाईंको विचारमा आनन्दित अनि सफल हुन कस्तो शिक्षाको खोजी गर्नुपर्छ होला? [जवाफ दिने मौका दिनुहोस्‌। ] परमेश्‍वरको ज्ञान सिक्नेले सधैंभरि लाभ उठाउन सक्नेछ। [हितोपदेश ९:१०, ११ पढ्‌नुहोस्‌।] यो सानो पुस्तक [दिन लाग्नुभएको पुस्तकको शीर्षक पढ्‌नुहोस्‌ ] बाइबलमा आधारित छ। यसले बाइबल ज्ञानको अद्‌भुत खानी हो भनेर बयान गर्छ। त्यो ज्ञानले हामीलाई अनन्त जीवनतर्फ डोऱ्‍याउनसक्छ।” पुस्तकमा भएको कुनै एक विशेष विषय उदाहरणस्वरूप देखाउनुहोस्‌। साँच्चैको चासो देखाएको जस्तो लागेमा पुस्तक छोडेर पुनःभेट गर्ने कुरा मिलाउनुहोस्‌।

४ बाइबलले दिने शिक्षाको महत्त्वबारे छलफल गर्नुभएको घरधनीसँग अर्को भेटमा तपाईं यसो पनि भन्‍न सक्नुहुन्छ:

▪ “हामीले पहिलो भेटमा हाम्रो शिक्षाको स्रोत, बाइबलले अनन्त भविष्यबारे सही जानकारी दिन्छ भनेर छलफल गरेका थियौं। हामीलाई चाहिएको विषयमा धर्मशास्त्रबाट जानकारी लिन प्रयास त गर्नैपर्छ। [हितोपदेश २:१-५ पढ्‌नुहोस्‌।] धेरै मानिसहरूले बाइबलका केही भागहरू बुझ्न गाह्रो अनुभव गरेका छन्‌। मानिसहरूलाई बाइबलका मुख्य मुख्य शिक्षाहरू हामी प्रायः कसरी सिकाउँछौं, म तपाईंलाई छोटकरीमा देखाउन चाहन्छु।” तपाईंले छोड्‌नुभएको पुस्तकको कुनै एउटा सुहाउँदो पाना पल्टाएर बाइबल अध्ययन गर्ने तरिका छोटकरीमा बताउनुहोस्‌। यदि ती व्यक्‍ति नियमित अध्ययन गर्न इच्छुक छन्‌ भने, अर्को पटक आउँदा अध्ययन गर्न सघाउने ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक ल्याउनेछु भनी बताउनुहोस्‌।

५ संसारका लाखौं बच्चाहरूले दुःख पाइरहेकोमा धेरै मानिसहरू चिन्तित छन्‌। परमेश्‍वरले यस्तो दुःखद अवस्थालाई कुन दृष्टिले हेर्नुहुन्छ भन्‍ने कुरा घरधनीलाई बताउन तपाईंले यसो भनेर कुरा सुरु गर्नु पर्ला:

▪ “संसारका विभिन्‍न भागमा कैयौं बच्चाहरू खान नपाएका, बिरामी भएका र हेरचाह नपाएका समाचारहरू तपाईंले अवश्‍य पनि थाह पाउनु भएकै होला। यस्ता केटाकेटीहरूको हेरचाह गर्ने संगठनहरूले यस समस्यालाई किन सुल्झाउन नसकेका होलान्‌? [जवाफ दिने मौका दिनुहोस्‌।] परमेश्‍वर सधैं मानिसको भलो चाहनुहुन्छ। केटाकेटी र अरू मानिसहरूबारे बाइबलमा उहाँले कस्तो प्रतिज्ञा गर्नुभएको छ, हेर्नुहोस्‌ त। [प्रकाश २१:४ पढ्‌नुहोस्‌।] परमेश्‍वरले तयार गर्नुहुने दुःखकष्ट नभएको पृथ्वीबारे यो पुस्तकले [शीर्षक बताउनुहोस्‌ ] अझ बढी जानकारी दिन्छ।” उपयुक्‍त भएमा प्रमोदवनको चित्र भएको पाना पल्टाउनुहोस्‌ र त्यसबारे छलफल गर्नुहोस्‌। पुस्तक प्रस्तुत गर्नुहोस्‌ र अर्को भेटको लागि कुरा मिलाउनुहोस्‌।

६ यदि तपाईंले सुरुको भेटमा बच्चाहरूले पाइरहेका दुःखकष्टबारे बताउनुभएको भए अर्को भेटमा यसो भन्दै छलफल अघि बढाउन सक्नुहुन्छ:

▪ “मैले तपाईंलाई पहिलो पटक भेट्‌दा परिवार टुक्रिएर, खान नपाएर, बिरामी भएर अनि कुटपिटको कारणबाट दुःख पाइरहेका केटाकेटीहरूबारे तपाईं चिन्तित हुनुहुन्थ्यो। केटाकेटी हुन्‌ वा वयस्क, रोग, कष्ट अथवा मृत्यु भोग्न नपर्ने संसारबारे बाइबलमा पढ्‌दा हामी धेरै नै ढाडस पाउँछौं। बाइबलमा यशैयाको पुस्तकले भविष्यमा हुने उत्तम जीवनबारे वर्णन गर्छ।” यशैया ६५:२०-२५ पढेर छलफल गर्नुहोस्‌। तर बाइबल अध्ययन भने ज्ञान पुस्तकबाटै गर्ने प्रयास गर्नुहोस्‌।

७ धर्ममा आस्था राख्ने मानिसहरूले प्रार्थना गर्ने नै भएकोले यस विषयमा तपाईं यसो भन्दै वार्तालाप थाल्न सक्नुहुन्छ:

▪ “हामीले जीवनमा कुनै न कुनै बेला समस्या भोगेका छौं जसले गर्दा त्यस्तो बेला हामीले सहयोगको लागि भगवान्‌सँग प्रार्थना गरेका र्छौं। तर धेरैले भने आफ्नो प्रार्थनाको जवाफ नपाएको महसुस गर्छन्‌। शान्तिको लागि सार्वजनिक रूपमा प्रार्थना गर्ने धार्मिक नेताहरूको प्रार्थनाको जवाफ पनि नपाइएको जस्तो देखिन्छ। किनभने युद्ध र मारपिटले अहिलेसम्म मानिसजातिलाई पिरोल्न छाडेको छैन। के परमेश्‍वर साँच्चै प्रार्थना सुन्‍नुहुन्छ? सुन्‍नुहुन्छ भने यत्तिका प्रार्थनाहरूको जवाफ किन नदिनुभएको त? [जवाफ दिने मौका दिनुहोस्‌।] हाम्रो प्रार्थनाको जवाफ पाउने हो भने के गर्नुपर्छ भनेर भजन १४५:१८ मा बताइएको छ। [शास्त्रपद पढ्‌नुहोस्‌।] एउटा कुरा भने पक्का छ, मनमा कुनै छलकपट नराखी भगवान्‌सँग प्रार्थना गर्नुपर्छ र हाम्रो प्रार्थना उहाँको वचनमा पाइने सत्यसँग पनि मेल खाने हुनुपर्छ।” आफूले दिन लाग्नुभएको पुस्तक देखाउनुहोस्‌ र प्रार्थनाको महत्त्वबारे यसले बताएको कुरा देखाउनुहोस्‌।

८ प्रार्थनाबारे कुरा गरेको व्यक्‍तिसँग छलफल अघि बढाउँदै यो प्रस्तुति चलाउन सक्नुहुन्छ:

▪ “तपाईंसँग प्रार्थनाको विषयमा छलफल गर्न पाउँदा मलाई खुशी लाग्यो। कसरी प्रार्थना गर्ने भन्‍नेबारे तपाईंलाई येशूको निर्देशन पक्कै पनि मदतकारी लाग्छ होला।” येशूले आफ्नो नमुना प्रार्थनामा के के कुरामा ध्यानकेन्द्रित गर्नुभयो सो बुझाउन मत्ती ६:९, १० पढ्‌नुहोस्‌। ज्ञान पुस्तकको अध्याय १६, “तपाईं कसरी परमेश्‍वरको नजीक हुनसक्नुहुन्छ” देखाउनुहोस्‌ र अध्ययन गर्ने तरिका देखाऊँ कि भनेर सोध्नुहोस्‌।

९ परमेश्‍वरको ज्ञान अरूलाई बाँड्‌ने सन्दर्भमा यो प्रश्‍न सोध्नु बेस होला, “यी कुराको प्रशस्त को छ त?” धर्मशास्त्रले यस्तो जवाफ दिन्छ: “हामीहरू।”—२ कोरि. २:१६, १७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने