हाम्रो संगठनतर्फ विद्यार्थीहरूलाई डोऱ्याउने
१ “यो सन्देश २०० भन्दा बढी भाषाहरूमा बताइँदैछ। यो सन्देश २१० भन्दा बढी मुलुकहरूमा सुनाइँदैछ। मानिसहरूलाई भेट्न सकिने जुनसुकै ठाउँमा यो सन्देश बताइँदैछ। संसारमा अघि कहिल्यै थाह नपाइएको यस बृहत् प्रचार अभियानले विश्वभरि लाखौंलाई एकताको सूत्रमा बाध्दैछ। यस कामलाई पूरा गर्न यहोवाका साक्षीहरू सय वर्षभन्दा अघिदेखि संगठित छन्!”
२ यी शब्दहरूद्वारा यहोवाका साक्षीहरूको संगठन नामक भिडियो सुरु हुन्छ। यसले यी प्रश्नहरूको जवाफ दिन्छ: यहोवाका साक्षीहरू वास्तवमा को हुन्? तिनीहरूको क्रियाकलाप कसरी सञ्चालन र निर्देशित गरिन्छ? आर्थिक टेवा कहाँबाट पाउँछ? “विश्वभरिका यहोवाका साक्षीहरू आफ्ना छिमेकीहरूलाई बाइबलप्रति विश्वास जगाउन मदत दिने संगठनको रूपमा प्रशिक्षित छन्” भन्ने कुरा देखेर दर्शकहरू प्रभावित हुन्छन्। अनि यसले यहोवाका साक्षीहरूको संगठनलाई आफै बुझ्ने प्रोत्साहन तिनीहरूलाई दिन्छ। यो भिडियो हेरिसकेपछि अध्ययन गर्दै गरेकी एउटी स्त्रीले हर्ष र मूल्यांकनको आँसु झार्दै यसो भनिन्: “यो संगठन साँचो परमेश्वर यहोवाको हो भनेर कसले बुझ्न सक्दैन र?”—१ कोरिन्थी १४:२४, २५ तुलना गर्नुहोस्।
३ अल्याङटल्याङ गर्दै लामो समयदेखि अध्ययन गरिरहेकी अर्की स्त्रीले चाहिं त्रिएक झूटो सिद्धान्त हो भनेर मानेकी थिइनन्। तिनी र तिनका पतिलाई त्यो भिडियो देखाइयो। भिडियो प्रस्तुतिले तिनीहरू साह्रै प्रभावित भए र त्यसै रात तिनीहरूले त्यो दुइ पल्ट हेरे। अर्को पालीको अध्ययनमा पत्नीले साक्षी बन्ने इच्छा प्रकट गरिन्। तिनले पहिला त्रिएकमा पूर्णतया ध्यान केन्द्रित गरेकीले हाम्रो संगठन र त्यसभित्रका मानिसहरूप्रति ध्यान लगाउन नसकेको भनेर बताइन्। भिडियो मार्फत तिनले परमेश्वरको साँचो संगठन भेट्टाएकी कुरा बुझिन्। तिनी तुरुन्तै घर-घरको सेवकाई सुरु गर्न चाहन्थिन्। बप्तिस्मा अप्राप्त प्रकाशक हुन चाल्नुपर्ने आवश्यक कदमहरूबारे तिनलाई अवगत गराइसकेपछि तिनले यसो भनिन्: “म त्यसै गरिहाल्छु।” साँच्चै तिनले चर्चबाट आफ्नो सदस्यता हटाइन् र क्षेत्र सेवामा जान थालिन् अनि त्रिएकको सिद्धान्तलाई गलत साबित गर्नमा सिपालु भइन्।
४ यहोवाको संगठनलाई चिनेपछि र त्यससित संगत गरेपछि बाइबल विद्यार्थीहरूले राम्रो आध्यात्मिक प्रगति गर्छन् र परिपक्वतातिर चाँडचाँडो लम्कन्छन् भनेर प्रष्ट भएको छ। उल्लेखनीय कुरा, पेन्तिकोसको दिन ३,००० ले बप्तिस्मा लिएपछि “तिनीहरू प्रेरितहरूका शिक्षा संगति, संयुक्त भोज र प्रार्थनामा लागिरहे।” (प्रेरि. २:४२) आज पनि हामीले विद्यार्थीहरूलाई त्यसै गर्न मदत दिनु अत्यावश्यक छ। हामी कसरी त्यसो गर्नसक्छौं?
५ जिम्मेवारी वहन गर्नुहोस्: बाइबल विद्यार्थीलाई परमेश्वरको संगठनतर्फ डोऱ्याउनु आफ्नो जिम्मेवारी हो भनेर चेला बनाउने प्रत्येक व्यक्तिले बुझ्नैपर्छ। (१ तिमो. ४:१६) प्रत्येक पटकको अध्ययनलाई खुशियालीको त्यस क्षणतिर डोऱ्याउने खुड्किलो ठान्नुपर्छ, जुन क्षणमा ती नयाँ व्यक्तिले पानीको बप्तिस्माद्वारा यहोवाप्रति समर्पणको चिनारी दिन्छन्। बप्तिस्मा लिने समयमा तिनलाई सोधिने प्रश्नहरूमध्ये एउटा यो पनि सोधिनेछ: “के तपाईंको समर्पण र बप्तिस्माले तपाईंलाई परमेश्वरको आत्माद्वारा निर्देशित संगठनसँग संगत गर्ने यहोवाको साक्षीको रूपमा चिनाउँछ भनेर बुझ्नुभएको छ?” यसरी, साँचो मसीही मण्डलीसित संगत नगरी परमेश्वरको सेवा गर्न सकिंदैन भनेर तिनले बुझ्नु महत्त्वपूर्ण छ।—मत्ती २४:४५-४७; यूहन्ना ६:६८; २ कोरि. ५:२०.
६ स्थानीय मण्डली र यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय संगठनबारे विद्यार्थीहरूलाई शिक्षा दिन नछाड्नुहोस्। अध्ययन थालेदेखि नै हरेक पल्टको अध्ययनमा यसो गर्नुहोस्। सुरुदेखि नै विद्यार्थीलाई सभाहरूमा बोलाउनुहोस् र बोलाइरहनुहोस्।—प्रका. २२:१७.
७ प्रबन्ध गरिएका सामग्रीहरू प्रयोग गर्नुहोस्: गृह बाइबल अध्ययन सञ्चालन गर्न चलाइने उत्कृष्ट प्रकाशनहरूमध्ये परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका र ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तक पनि हुन्। दुइटै प्रकाशनले मण्डलीसित संगत गर्नुपर्ने खाँचोलाई प्रकाश पार्छ। चाहनुहुन्छ पुस्तिकाको पाठ ५ को अन्तमा यस्तो बताइएको छ: “यहोवाको ज्ञान लिन अनि उहाँका आवश्यकताहरू पूरा गर्न नछाड्नुहोस्। यहोवाका साक्षीहरूको स्थानीय राज्य भवनमा हुने सभाहरू धाउनुभयो भने तपाईंले त्यसो गर्ने मदत पाउनुहुनेछ।” ज्ञान पुस्तकले विद्यार्थीलाई सभाहरू धाउन घरिघरि प्रोत्साहन दिन्छ। अध्याय ५ को अनुच्छेद २२ मा यस्तो निम्तो छ: “ ‘आत्मा र सत्यतामा’ परमेश्वरको उपासना गर्न तिनीहरूले तपाईंसित पनि मायालु आग्रह गर्छन्। (यूह. ४:२४)” अध्याय १२ को अनुच्छद १६ मा बताइएको छ: “यसरी अध्ययन गर्दै जानुभयो र यहोवाका साक्षीहरूका सभाहरूमा नियमित तवरले उपस्थित हुने बानी बसाल्नुभयो भने, तपाईंको विश्वास झन् झन् बलियो हुनेछ।” अध्याय १६, अनुच्छेद २० ले भन्छ: “तपाईं पनि यहोवाका साक्षीहरूका सभाहरू धाउने बानी बसाल्नुहोस्।” यसले अझ यसो भन्छ: “यसबाट तपाईंले बुझ्ने तथा परमेश्वरको ज्ञानलाई जीवनमा प्रयोगसमेत गर्ने मदद पाउनुहुनेछ। तपाईं आनन्दित हुनुहुनेछ। विश्वव्यापी मसीही भ्रातृत्वको हिस्सा भएर बस्नुभयो भने यहोवाको नजीक हुने मदद पाउनुहुनेछ।” परमेश्वरका जनहरूबीच कसरी साँचो सुरक्षा पाइन्छ भनेर अध्याय १७ मा विस्तृत छलफल गरिएको छ। अरूसित अध्ययन गर्दा यी भागहरूलाई जोड दिनु हाम्रो जिम्मेवारी हो।
८ यहोवाका साक्षीहरू—विश्वभरि एक भएर परमेश्वरको इच्छा गरिरहेका छन् पुस्तिका उत्तम सामग्री हो। यहोवाले आज आफ्नो इच्छा पूरा गर्न प्रयोग गरिरहनुभएको एक मात्र दृश्य संगठनसित मानिसहरूलाई परिचित गराउन यो प्रकाशित गरिएको हो। यसमा भएको हाम्रो सेवकाई, सभाहरू र संगठनबारे विस्तृत जानकारीले पाठकलाई परमेश्वरको उपासनामा हामीसित सामेल हुन प्रोत्साहन दिनेछ। अध्ययन स्थापित भएपछि विद्यार्थीलाई एक प्रति पढ्न दिने सिफारिस गरिएको छ। पहिलाजस्तो तिनीसित यसबाट अध्ययन गरिरहनु पर्दैन।
९ विद्यार्थीहरूलाई हाम्रो संगठनतर्फ डोऱ्याउनको लागि सोसाइटीले निकालेका भिडियोहरू उत्कृष्ट सामग्रीहरू हुन्। तिनीहरूले यी भिडियोहरू हेरे बेस हुनेथियो, (१) यहोवाको संगठनमा पाइने शान्त, निपुण र मायालु मनोवृत्तिलाई समेटेको १९५४ को चलचित्रलाई पुनरावृत्ति गरिएको क्रियाशील नयाँ विश्व समाज (अंग्रेजी); (२) पृथ्वीको कुनाकाप्चासम्म (अंग्रेजी); यसले वाचटावर बाइबल स्कूल अफ गिलियडको ५० औं वार्षिक उत्सवलाई सूचित गर्दै मिसनरीहरूले विश्वव्यापी प्रचार कार्यमा पारेको प्रभावलाई देखाउँछ; (३) नाजी आक्रमण विरुद्ध यहोवाका साक्षीहरू दृढ रहन्छन् (अंग्रेजी); यसमा हिटलरले साक्षीहरूमाथि क्रूर सतावट ल्याएको बेला तिनीहरूको साहस र विजयको रोमाञ्चकारी कथा छ; (४) ईश्वरीय शिक्षाद्वारा एकताबद्ध (अंग्रेजी) नामक भिडियोले पूर्वी युरोप, दक्षिण अमेरिका, अफ्रिका र एसियामा सम्पन्न हाम्रा अधिवेशनहरूमा प्रदर्शित शान्तिमय एकतालाई देखाउँछ; अनि (५) यहोवाका साक्षीहरूको संगठन (अंग्रेजी)। अन्तिम दुइ भिडियोहरू भारतमा उपलब्ध छन् र मण्डली मार्फत मगाउन सकिन्छ। तर थुप्रै भाइहरूले अन्य तीन भिडियोका प्रतिहरू अन्य मुलुकबाट प्राप्त गरेका छन्। ती भिडियो क्यासेटहरू विद्यार्थीहरूलाई संगठनतर्फ डोऱ्याउने काममा सदुपयोग गर्न सकिन्छ।
१० सभाहरूका लागि प्रगतिशील लक्ष्यहरू राख्नुहोस्: हामीलाई गृह बाइबल अध्ययनद्वारा दिइने निजी शिक्षाका साथै मण्डली सभाहरूमा प्रदान गरिने कक्षागत छलफलको पनि खाँचो पर्छ भनेर विद्यार्थीहरूलाई बताउनुपर्छ। (यूह. ६:४५) नयाँ व्यक्तिहरूले धर्मशास्त्रका साथसाथै संगठनबारे पनि ज्ञान हासिल गर्नुपर्छ। त्यसको लागि सभाहरू धाउनुबाहेक अरू विकल्प छैन। (हिब्रू १०:२३-२५) त्यस्ता व्यक्तिलाई मण्डली सभाहरूमा उपस्थित हुन तुरुन्तै निमन्त्रणा दिन थाल्नुहोस्। कतिपय इच्छुक व्यक्तिहरू नियमित गृह बाइबल अध्ययन सुरु नगर्दै पनि सभाहरू धाउन थाल्छन्। निस्सन्देह, हामी आफै पहिला नियमित उपस्थित भएर उचित उदाहरण कायम गर्न चाहन्छौं।—लूका ६:४०; फिलि. ३:१७.
११ सभाहरूबारे र ती कसरी सञ्चालन गरिन्छन् भनेर विद्यार्थीलाई प्रशस्त जानकारी दिनुहोस् ताकि पहिलो पटक सभामा आउँदा तिनलाई सजिलो महसुस होस्। कोही कोही प्रथम पटक कुनै नयाँ ठाउँमा जाँदा अप्ठ्यारो मान्ने हुनाले राज्यभवनमा आफ्नो बाइबल विद्यार्थी पहिलो पटक आउँदा तिनको साथमा रहनु उत्तम हुनसक्छ। मण्डलीका अरू सदस्यहरूसित भेट्दा तपाईं तिनको साथमा हुनुहुन्छ भने तिनलाई निकै सजिलो लाग्नेछ। हर तरहमा आफूले निम्त्याएका व्यक्तिको असल आतिथेय बन्दै तिनलाई त्यहाँ सत्कार गरिएको महसुस गराउनुका साथै कुनै अप्ठ्यारो भान हुन नदिनुहोस्।—मत्ती ७:१२; फिलि. २:१-४.
१२ हार्दिक मूल्यांकन गर्न लगाउनुहोस्: हाम्रो सेवकाई पूरा गर्न संगठित (अंग्रेजी), पुस्तकको पृष्ठ ९२ ले यसरी बताउँछ: “तपाईंले इच्छुक मानिसहरूसित वार्तालाप गर्दा यहोवाको संगठनप्रति गहिरो मूल्यांकन झल्काउनुभयो भने, तिनीहरूलाई पनि मूल्यांकन गर्न सजिलो लाग्नेछ र त्यसले तिनीहरूलाई यहोवाबारे अझ सिक्न उत्प्रेरित गर्नेछ।” आफ्नो मण्डलीको सधैं सकारात्मक कुरा गर्नुहोस्। (भज. ८४:१०; १३३:१, ३ख) बाइबल अध्ययनको दौडान प्रार्थना गर्दा मण्डली र मण्डलीसित विद्यार्थीले नियमित सम्पर्क राख्नुपर्छ भनेर उल्लेख गर्नुहोस्।—एफि. १:१५-१७.
१३ परमेश्वरका जनहरूबीच पाइने आनन्ददायी संगति र आध्यात्मिक सुरक्षाप्रति नयाँ व्यक्तिहरूले हार्दिक मूल्यांकन गरोस् भन्ने हामी अवश्य चाहन्छौं। (१ तिमो. ३:१५; १ पत्रु. २:१७; ५:९) यहोवाका साक्षीहरूको हैसियतमा परमेश्वरको वचन अध्ययन गर्ने विद्यार्थीहरूलाई जतिसक्दो हाम्रो संगठनतर्फ डोऱ्याऔं।
[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]
विद्यार्थीहरूले संगठनबारे बुझेमा चाँडचाँडो आध्यात्मिक उन्नति गर्छन्
[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]
विद्यार्थीहरूलाई सभाहरू धाउने निमन्त्रणा दिन ढिलो नगर्नुहोस्